काठमाडौं– बागमती प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार राती कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्धार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बसेको आपतकालीन बैठकले कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।
उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।