काठमाडौं– शुक्रबार राती गएको भूकम्पले क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा नेपाली सेनाको तीन हेलिकोप्टर र नेपाल वायु सेवा निगमको एक जहाज परिचालन गरिएको छ।
उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर र नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ गएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक, स्वास्थ्यकर्मी लिएर अर्को हेलिकोप्टर जाजरकोट र रुकुम पश्चिम प्रभावित क्षेत्रमा उडिसकेको छ।
त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विन अटर जहाज चौरहजहारी विमानस्थलतर्फ उडेको छ। प्रधानमन्त्री, मन्त्री र सांसद प्रभावित क्षेत्रमा पुगेका छन् भने प्रधानमन्त्रीले आवश्यक सबै काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोट बिहान गएका थिए।
त्यस्तै कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि बोकेर एक हेलिकप्टरसहित मुख्यमन्त्री राजकुमार शर्मा रुकुम गएका छन्।
अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा १३२ जनाको मृत्यु भएको छ। धेरै घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। सुरक्षाकर्मीहरुले उद्धार कार्य जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।