काठमाडौं– नेकपा माओवादी केन्द्रले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गरेको छ।
पार्टीका महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै तीनै तहका संयन्त्रहरु प्रयोग गरी राहत तथा उद्धारमा परिचालन गर्न अपिल गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा घाइतेहरुको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितहरुलाई पुनर्स्थापना गर्न, खाद्यान्न लगायतका आवश्यक बन्दोवस्तीका सामग्रीहरुको यथासिघ्र व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ।’
-1699073661.jpg?timestamp=1699073660574)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।