सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा भूकम्प प्रभावित रुकुम पश्चिम उडेका छन्।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले उक्त क्षेत्रमा धेरै क्षति पुर्याएको छ। हालसम्म रुकुम पश्चिममा ३७ जनाले ज्यान गुमाएका छन्।
भूकम्पको सबैभन्दा धेरै असर जाजरकोटमा परेको छ। जाजरकोटमा हालसम्म ९२ जनाले ज्यान गुमाएका छन्।
कर्णाली प्रदेशका दुई जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत जाजरकोट पुगेका छन्।
त्यस्तै सुर्खेत विमानस्थलमा घाइतेको उद्धारका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको छ।
रुकुम पश्चिमका केही घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।