काठमाडौं- नेपालमा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
शनिबार बिहान 'एक्स'मा लेख्दै उनले भारत नेपाली जनताको साथमा रहेको बताएका हुन्। मोदीले सम्भव भएका सबै सहयोग गर्न भारत तयार रहेको पनि बताएका छन्।
शुक्रबार राति जाजरकोटमा गएको भूकम्पका कारण पश्चिम नेपालमा मानवीय र भौतिक क्षति पुगेको छ। अस्पतालहरूमा घाइतेको उपचार जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।