काठमाडौं– जाजरकोटको भूकम्पमा रुकुम पश्चिम र जाजरकोटमा १२९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। यस्तै दुवै जिल्लामा ठूलो संख्यामा घाइते भएका छन्।
प्रहरी र सेनाको टोली तथा स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार भइरहेको छ। मध्यराति गएको भूकम्पका कारण भौतिक क्षति पनि धेरै भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रमा पुगेका छन्। घाइतेहरुको उपचारका लागि सरकारले स्वास्थ्य टोली र मेडिकल सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ।
त्यस्तै नेपालगञ्ज र सुर्खेतमा पनि उपचारको लागि तयारी गरिएको छ। नेपालगन्जको अस्पताललाई त भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि डेडिकेट अस्पताल तोकिएको छ।
१२९ जनाको मृत्यु भएकामा अहिलेसम्म केहीको पहिचान भएको छ।
यी हुन् पहिचान भएका मृतकहरु
सानीभेरी गाउँपालिका अन्तर्गत मृत्यु भएका मानिसहरुको विवरणः-
1) जिल्ला रुकुम पश्चिम सानीभेरी–२ परियार टोल बस्ने १२ वर्षीया मनिषा परियार
2) ऐ. १ चाईनाबगर बस्ने वर्ष ३१ को धनबिर पुन
3) ऐ. १ बस्ने वर्ष २८ कि चुम्निमा पुन
4) ऐ.१ बस्ने वर्ष ८ को यमराज पुन
5) ऐ. १ बस्ने वर्ष २ को सितम पुन
6) ऐ.४ बस्ने वर्ष ८ को निर्जल चन्द
7) ऐ.४ बस्ने वर्ष २५ की सकुन्तला दमाई
8) ऐ.४ बस्ने वर्ष ६ को कृष्ण परियार
9) ऐ.१ बस्ने १० महिनाको बालक रेजन वली
आठबिसकोट नगरपालिका अन्तर्गत मृत्यु भएका मानिसहरुको विवरणः-
1) आठबिसकोट–१२ सानिबार्को बस्ने वर्ष १४ को रमेश पुन
2) ऐ.१२ बस्ने वर्ष १३ को डिल बहादुर के.सि.
3) ऐ.१४ बस्ने वर्ष ३ को बासु बुढा
4) ऐ.१४ बस्ने वर्ष ३० की अमृता जैसी
5) ऐ.१४ बस्ने वर्ष ५ की भावना जैसी
6) ऐ.१४ बस्ने वर्ष २ को दिपेन जैसी
7) ऐ.१४ बस्ने वर्ष १२ की सरिता बि.क.
8) ऐ.१४ बस्ने वर्ष १३ को मदन गौतम
9) ऐ.१४ बस्ने वर्ष ८३ को करे नेपाली
10) ऐ.११ गैरी बस्ने वर्ष ३५ की शिला कामी
11) ऐ.११ गैरी बस्ने बस्ने वर्ष १३ की सृजना कामी
12) ऐ.११ गैरी बस्ने वर्ष ९ की रिया कामी
13) ऐ.११ गैरी बस्ने वर्ष ६ की दिया कामी
14) ऐ.११ गैरि बस्ने वर्ष ४ की आशा कामी
15) ऐ.११ गैरि बस्ने १८ महिना की एलिसा कामी
16) पूर्वी रुकुम घर भई हाल आ.न.पा.१४ बस्ने कृष्ण जैसीको घरमा कोठा लिई बस्ने पुन: निर्माण कम्पनीको गाडी चालक वर्ष ३० को किस्मत पुन मगर
17) आ.न.पा.१४ छेपारे स्थित जिल्ला बर्दिया घर भई कामको शिलसिलामा आएको वर्ष ४७ को खड्क बि.क.
18) आ.न.पा.१४ छेपारे स्थित जिल्ला बर्दिया घर भई कामको शिलसिलामा आएको वर्ष ३६ को अनिल बि.क.
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।