काठमाडौं- काठमाडौंबाट ४१ जनाको मेडिकल टोली जाजरकोट तथा रुकुमका भूकम्प प्रभावित क्षेत्रमा गएको छ।
सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका लागि त्यसतर्फ गएको हो।
हाडजोर्नी, एमडिजिपी, पारामेडिक्स, नर्स लगायतको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
नेपाली सेनाबा६ १६ जना, वीर अस्पतालबाट ६, नेपाल प्रहरीबाट ११ जना र सशस्त्रबाट ८ जनाको स्वास्थ्यकर्मीको टोली आवश्यक मेडिकल सामग्री लिएर हेलिकोप्टरमार्फत चौरजहारी गएको हो।
शुक्रबार मध्यराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने त्यो भन्दा बढी घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।