काठमाडौं- जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कम्तीमा चार पटक भूकम्पको धक्का महसुस गरिएको पाइएको छ। सुरुमा शुक्रबार राति ११:४७ बजे पहिलो भूकम्पको धक्का महसुस भएको थियो।
त्यसपछि क्रमश: १२:०८, १२:२९, १२:३५ गरी ४ पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए। उक्त भूकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका कम्तीमा ९२ जनाको मृत्यु भइसकेको छ भने भने १०८ जना घाइते भएका छन्।
मृत्यु भएका व्यक्तिको खोजी र घाइतेहरुको उद्धार चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीसहित प्रस्थान गरेका छन्। आवश्यक मेडिकल टोली पनि पठाइएको प्रधानमन्त्री कार्यालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।