काठमाडौं- जाजरकोटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको छ। यसैगरी भूकम्पमा परी घाइते हुनेको संख्या संख्या १०८ पुगेको कर्णाली प्रदेशका डीआईजी भीम ढकालले जानकारी दिए।
भूकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु र ८५ जना घाइते भएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले बताएका छन्।
शुक्रबार राति जाजारकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ। भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ।
भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।