काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको भन्दै सवैलाई घाइतेहरुको तत्काल उद्धारका लागि आग्रह गरेका छन् । त्यस्तै प्रधानमन्त्रीले सुरक्षाका तीनवटै निकाय परिचालन भएका र उद्धार एवं राहतमा जुट्न सबैमा पनि अपील गरे ।
भूकम्पमा परी जाजरकोट र रुकुममा ५० जनाको मृत्यु भइसकेको छ भने थप विवरण आउने क्रम जारी रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।