काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले हराउँदै टी–२० विश्वकपमा छनोट भएको हो।
सामाजिक सञ्जालमार्फत् नेपाललाई बधाई दिँदै ओलीले भनेका छन् , ‘निरन्तर कोसिसपछिको जित! बधाई टीम नेपाल। अबको यात्रा विश्वकप । चियर्स!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।