काठमाडौं– आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० आई विश्वकपका लागि छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टोलीलाई बधाई दिएका छन्।
शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल प्रतियोगिताको फाइनल तथा विश्वकपमासमेत छनोट भएको हो।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारका तर्फबाट उच्च सम्मान गर्दै सफलताको यात्रामा सरकार सधैं साथमा रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।