काठमाडौं- इजरायली सेनाले हमासविरुद्ध जारी संघर्षका क्रममा गाजा शहरलाई पूर्ण रूपमा घेरेको दाबी गरेको छ। इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले सेनाले हमासका धेरै स्थानमा आक्रमण गरिरहेको बताएका छन्।
गाजा स्ट्रिपको उत्तरी क्षेत्रमा अवस्थित गाजा शहर युद्ध सुरु हुनुअघि सबैभन्दा घना जनसंख्या भएको क्षेत्र थियो। यहाँ सात लाखभन्दा बढी मानिस बस्दै आएका थिए। तर अक्टोबर १३ मा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई दक्षिणी क्षेत्रमा जान चेतावनी दिएको थियो।
गाजा शहरमा कति मानिस बसिरहेका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन, तर प्राप्त तस्वीरहरूले शहरमा जताततै विनाश देखाएको छ र सडकहरू खाली छन्। इजरायली सेनाले गाजा शहर हमास गतिविधिको प्रमुख आधार रहेको बताउँदै उनीहरूलाई सखाप पार्ने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।