काठमाडौं- मन्त्रिपरिषद्को बैठकले संसद्काे अधिवेशन अन्त्य गर्ने तयारी गरेकाे छ। मन्त्रिरिषद्काे नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारका नियमित काम-कारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने एक मन्त्रीले बताए।
सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने व्यवस्था छ। हिउँदे अधिवेशन बाेलाउन समयमा पनि सरकारले बजेट अधिवेशन चलाइरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।