काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन्।
बुधवार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। उनले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजना हुने चियापान कार्यक्रमले पार्टीहरुबीच सद्भाव बढाउन मद्दत गर्ने बताए।
सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफल हुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
उनले सबै पार्टीका साझा मुद्दाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।