• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो रह्यो गुटेरेसको चार दिने नेपाल भ्रमण?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १५, २०८०  १८:३०
1140x725

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने भ्रमण पूरा गरेर फर्किएका छन्। गत आइतबार बिहान १ बजे त्रिभुवन विमानस्थल उत्रिएका उनी बुधबार बिहान फर्किएका हुन्। गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए भने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाई गरेका थिए।

आइतबारबाट राजनीतिक भेटघाट सुरु गरेका उनले मंगलबारसम्म त्यसलाई जारी राखेका थिए। आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा केही मन्त्रीहरूलाई भेटेका थिए। मंगलबार उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए।

guteresh-(18)-1698840933.jpg

भ्रमणका क्रममा गुटेरेस सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण आधार शिविर, लुम्बिनी पनि पुगेका थिए। सगरमाथा क्षेत्र र अन्नपूर्ण आधार शिविरमा उनले स्थानीयहरूसँग कुराकानी पनि गरेका थिए। त्यसक्रममा उनले जलवायु परिवर्तनका असरका सन्दर्भमा स्थानीयको अनुभव सुनेका थिए। आफ्नो सम्बोधनमा उनले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक रहेको बताएका छन्। त्यस्तै विश्वशान्तिका विषयलाई पनि उनले प्राथमिकताका साथ उठाएका थिए। साथै, नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको बताएका थिए। दुईबीचको सहकार्य गहन भएको उनको भनाइ थियो। उनले नेपाल सानो देश भएता पनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको बताए। ‘विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्रको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो’, उनले भनेका थिए।

कात्तिक १२
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस २०८० कात्तिक ११ गते राति (१२ गते बिहान) चार दिने नेपाल भ्रमणमा आएका थिए। उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०२३ सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा दिएको नेपाल भ्रमणको निम्तो स्वीकार गर्दै उनी नेपाल आएका हुन्।

guteresh-(1)-1698840933.png

 

nimb
nimb
Ncell 2
Ncell 2

महासचिव गुटेरेसले १२ गते दिउँसो सिंहदरबारबाट उच्चस्तरीय राजनीतिक भेटवार्ताको सुरुवात गरेका थिए। त्यहाँ उनले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका थिए। गुटेरेसले प्रत्येक मन्त्रीलाई १५ मिनेटका दरले भेटेका थिए।

महासचिव गुटेरेसले १२ गते दिउँसो नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। उनलाई प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए।

guteresh-(17)-1698840932.jpg

भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्याउन महासचिव गुटेरेसको महत्वपूर्ण भूमिका हुने कुरा गरेको बताए। त्यस्तै गुटेरेसले बाँकी रहेको शान्ति प्रक्रियाको काम पूरा गर्न संयुक्त राष्ट्रसंघले नेपाललाई सघाउन तयार रहेको बताए।

महासचिव गुटेरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको थियो। उनीहरूबीच नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भेट भएको हो। भेटमा घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका थिए। उनले निकट समयमै दुवै आयोगसम्बन्धी ऐन निर्माण गर्ने बताए। गुटेरेसले भने नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई सहयोग गर्न राष्ट्रसंघ तयार रहेको बताएका थिए।

guteresh-(16)-1698840932.jpg

महासचिव गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। उनीहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा भेट भएको हो। भेटमा देउवाका अतिरिक्त कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, नेता शेखर कोइराला लगायत सहभागी थिए। भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको थियो। नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाप्रति सभापति देउवाले प्रशंसा गर्नुका साथै जलवायु परिवर्तनले नेपाल जस्तो अल्पविकसित मुलुकलाई पारेको गहिरो असरबारे अवगत गराएका थिए।

guteresh-(15)-1698840932.jpg

महासचिव गुटेरेस र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उनीहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा भेट भएको हो। भेटमा ओलीका अतिरिक्त एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई लगायत सहभागी थिए। भेटमा गुटेरेसले शान्तिका संवाहक गौतम बुद्धको जन्मस्थल, शान्ति सेना योगदान गर्ने दोस्रो ठूलो योगदानकर्ता र शान्ति प्रक्रिया सफलतापूर्वक अगाडि बढाएकोमा नेपालको प्रशंसा गरेका थिए। ओलीले भने नेपालको शान्ति प्रक्रिया मौलिक र देशभित्रकै शक्तिहरूको अगुवाइमा भएको बताउँदै संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन चाहेको, तर यो ‘संक्रमणकालीन अन्याय’ चाहिँ हुन नहुनेमा जोड दिएका थिए।

guteresh-(14)-1698840932.jpg

महासचिव गुटेरेसले १२ गते नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरे। गुटेरेस राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपतिले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।

guteresh-(13)-1698840931.jpg

१२ गते साँझ गुटरेस ललितपुरस्थित पाटन दरबार स्क्वायर पुगेका थिए। त्यहाँ उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गरेका थिए। उनको स्वागतमा सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो।

guteresh-(12)-1698840931.jpg

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजमा उनी सहभागी भए। रात्रिभोज होटल सोल्टीमा आयोजना गरिएको हो। भोजमा विभिन्न राजनीतिक दलहरुका शीर्ष नेताहरू पनि सहभागी थिए। 

guteresh-(11)-1698840931.jpg

कात्तिक १३
महासचिव गुटेरेस बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रतर्फ प्रस्थान गरेका थिए। त्यहाँ उनले जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गरेका थिए।

सगरमाथा क्षेत्रबाट फर्किएर महासचिव गुटेरेसले ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा त्यहाँको टोलीसँग बैठक गरेका थिए। त्यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै गुटेरेसले नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्ने बताए।

guteresh-(10)-1698840931.jpg

महासचिव गुटेरेस पोखरा भ्रमणका लागि प्रस्थान गरेका थिए। नेपाली सेनाको विमानमार्फत् पोखरा पुगेका उनलाई पुरानो विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पोखरा महानगरका प्रमुख धनराज आचार्यसहितको टोलीले स्वागत गरेको थियो। उनलाई खादा, माला र ढाका टोपी लगाएर स्वागत गरिएको थियो।

guteresh-(8)-1698840929.jpg

कात्तिक १४
महासचिव गुटेरेस कात्तिक १४ गते बिहान अन्नपूर्ण आधार शिविर पुगेका थिए। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका हुन्। त्यहाँ उनलाई स्थानीयले स्वागत गरेका थिए। उनी जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न त्यहाँ पुगेका हुन्। उनले अन्नपूर्ण गाउँपालिका–११ का स्थानीयसँग अन्तरक्रिया गरेका थिए। फर्किएर पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक रहेको बताएका थिए।

guteresh-(7)-1698840928.jpg

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरबाट फर्किएर बुद्धको जन्मस्थल लुम्बिनी पुगेका थिए। लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले स्वागत गरेका थिए।

guteresh-(1)-1698840933.jpg

गुटेरेसले लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा खुशी लागेको बताए। उनले संसारभर भइरहेका युद्ध अन्त्यका लागि आह्वान पनि गरे। त्यहाँको बगैंचामा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा बिरुवा पनि रोपेका थिए।

guteresh-(6)-1698840928.jpg

महासचिव गुटेरेस र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच कात्तिक १४ गते दिउँसो सिंहदरबारस्थित गृहमन्त्रालयको सभाकक्षमा शिष्टाचार भेटवार्ता भयो। भेटवार्तामा गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम्  अभियानहरू परिपुरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरेका थिए।

guteresh-(4)-1698840927.jpg

महासचिव गुटेरेसले कात्तिक १४ गते दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई सिंहदरबारस्थित उनको शिष्टाचार भेट गरे। भेटमा गुटेरेसले शान्ति प्रक्रियामा नेपालले पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले जलवायु परिर्वतनबाट परेको प्रभाव प्रत्यक्ष अनुभूत गरेको बताउँदै यसका असर न्यूनीकरणका लागि र पीडित राष्ट्रहरुले भोगिरहेको समस्याप्रति जानकार रहेको बताए।

guteresh-(5)-1698840928.jpg

महासचिव गुटेरेसले कात्तिक १४ गते अपराह्न बसेको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरे। त्यसक्रममा उनले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको बताए। दुईबीचको सहकार्य गहन भएको उनको भनाइ थियो।

guteresh-(3)-1698840927.jpg

कात्तिक १५
महासचिव गुटेरेस चार दिने नेपाल भ्रमण पूरा गरी कात्तिक १५ गते बिहान अमेरिकाको न्यूयोर्क प्रस्थान गरे। त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतले बिदाई गरेका थिए।

guteresh-(2)-1698840927.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ)
सम्बन्धित सामग्री
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन् । सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दै आगामी वर्षका लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख विनियोजन... सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत... सोमबार, असार १, २०८३
ताजा समाचारसबै
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने सोमबार, असार १, २०८३
लुम्बिनी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृति सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्