• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १, २०८२ Mon, Nov 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जब ‘सेल्स गर्ल’ स्मारिका न्यूरोडको सुन पसलबाट ६० लाखको गहना र कार लिएर फरार भइन्

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १५, २०८०  १२:१६
1140x725

काठमाडौं- सेल्स गर्लको रुपमा सुनचाँदी पसलमा काम गर्न राखिएकी एक युवती ६० लाख भन्दाबढीको गरगहना र कार लिएर फरार भएपछि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ।

बैतडीको सिगास गाउँपालिका–८ घर भई काठमाडौं तारकेश्वर–३ जितपुर बस्दै आएकी २४ वर्षीया युवती स्मारिका बोहरालाई पक्राउ गरेर प्रहरीले चोरी सम्बन्धी मुद्दा चलाएको हो। कोलकत्ता घर भएका भारतीय नागरिक बुद्धदेव मैतीको जाहेरीको आधारमा पक्राउ परेकी बोहराविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको छ।

आफू कलकत्ता गएको बेला पसलको चाबी हराएको भन्दै अर्को चाबी बनाउन लगाएर पसल फोडेर सेफमा राखिएका गरगहना र नगद तथा आफ्नो कार समेत चोरी भएको भन्दै मैतीले प्रहरी वृत्त जनसेवामा जाहेरी दिएका थिए। 

न्यूरोडमा रहेको न्यू दीप ज्वेलर्सका मालिक मैती गत वैशाखमा कोलकत्ता गएका बेला उनको पसलमा चोरी भएको थियो। कोलकत्तामा रहेका बेला मैतीलाई आफ्नो पसलका एक कामदारले सटर खोलेर सेफ समेत फोडेर गरगहना तथा नगद लिएर स्मारिका बोहरा भागेको भन्दै जानकारी दिएपछि जाहेरी दिएको मैतीले बताएका थिए।

प्रहरी अनुसन्धानबाट स्मारिकाले चाबी बनाउने मान्छे पसलमा ल्याएर अर्को चाबी बनाउन लगाई सटर खोलेर सेफ समेत फोडेर गरगहना र नगद चोरी गरी लगेको खुलेको छ।

स्मारिकाले नगद र गरगहना गरी ६७ लाख र ४० लाख रुपैयाँ पर्ने मैतीको कार समेत गरी १ करोड ७ लाख रुपैयाँ बराबरको धनमाल लिएर फरार भएको जाहेरी परेपछि प्रहरी वृत्त जनसेवाले करिब १ महिनाअघि स्मारिकालाई पक्राउ गरेको थियो। 

अनुसन्धानको क्रममा स्मारिकाले चोरी गरेको पुष्टि भएपछि उनीविरुद्ध अहिले चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। कार भने चोरी गरेको नदेखिएको र स्मारिकालाई चढ्न दिएका दिएकाले गरगहना मात्रै चोरी भएको निष्कर्ष निकाल्दै ६७ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ। 

यता स्मारिकाले भने आफूले चोरी नरेको दाबी गर्दै प्रहरीसमक्ष बयान दिएकी छिन्। भारतीय नागरिक मैतीसँग आफ्नो विवाह समेत भएको र पछि कुटपिट गर्न थालेपछि बस्न नसक्ने भएर जिल्ला अदालत काठमाडौंमा डिभोर्सको मुद्दा समेत हालेको बताएकी छिन्। 

Ncell 2
Ncell 2

उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा रहेको उनको भनाइ छ। डिभोर्सको प्रक्रिया चलेपछि भन्सार छलीको आरोपमा केही समयअघि मैती आफैं वीरगञ्जमा पक्राउ परेका थिए। आफू पक्राउ पर्नुमा स्मारिकाको हात रहेको आशंका गर्दै सोही दुश्मनीको बदला लिन आफूमाथि झुटो आरोप लगाइएको स्मारिकाको दाबी छ। 

यद्यपि, इन्कारी बयान लिएपछि विभिन्न घटनाक्रम तथा प्रमाणहरुको आधारमा स्मारिकाले चोरी गरेको निष्कर्ष प्रहरीले निकाल्दै उनीविरुद्ध मुद्दा चलाएको छ। स्मारिकाको लक्ष्मी बैंकको खातामा समेत स्रोत नखुलेको ४० लाख रुपैयाँ देखिएपछि उक्त खाता समेत अहिले रोक्का गरिएको छ। 

स्मारिकाले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४१ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै सोही अनुसारको सजाय मागदाबी गरिएको छ। जसअनुसार चोरीको बिगो बराबरको मागदाबी र तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क समेत भराउन माग गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासमा अहिले स्मारिकाको बयान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाईंदै
कोरियन भाषा परीक्षा आज
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने
सम्बन्धित सामग्री
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ हाउजिङमा बस्ने उनीहरुको व्यावसायिक भिसा भएपनि आफ्नो व्यवसायबारे उनीहरुले बताउन सकेका छैनन् । आरोपीहरूले नेपाली किशोरीहरुलाई टिकटक बन... शनिबार, कात्तिक २९, २०८२
थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश अहिराजले आफूलाई पुर्पक्षमा राख्ने आदेश बदर गर्न माग गर्दै कात्तिक २३ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। यसअघि उनलाई उच्च अदालत प... शुक्रबार, कात्तिक २८, २०८२
जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई नेपालको आग्रह नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भागेका कैदीबन्दी र लुटिएका हतियारले... बुधबार, कात्तिक २६, २०८२
ताजा समाचारसबै
नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाईंदै सोमबार, मंसिर १, २०८२
कोरियन भाषा परीक्षा आज सोमबार, मंसिर १, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने सोमबार, मंसिर १, २०८२
आजदेखि सुरु हुँदै दोस्रो एनपिएल सोमबार, मंसिर १, २०८२
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत आइतबार, कात्तिक ३०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्