काठमाडौं- काठमाडौं विश्वका ५५ वटा सिर्जनशील शहरको सूचीमा पर्न सफल भएको छ। विश्व शहर दिवसको अवसर पारेर युनेस्कोले काठमाडौंलाई सिर्जनशील शहरको सूचीमा राखेको हो।
युनेस्कोको ‘सिर्जनशील शहर संजाल’ कार्यक्रम अन्तर्गत काठमाडौं फिल्मको शहरको सूचीमा छनोट भएको हो।
युनेस्कोले विश्वभरका सहरलाई सात वटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियो– शिल्प र लोककला, डिजाइन, चलचित्र, खाना, साहित्य, मिडिया कला र संगीत।
यी सबै क्षेत्रलाई लिएर युनेस्कोले केही समयअघि काठमाडौंमा कार्यशाला पनि गरेको थियो। सोहीअन्तर्गत काठमाडौं फिल्मको सूचीमा छनोट भएको छ।
फिल्मकै सूचीमा नाइजेरियाको असाबा, अर्जेन्टिनाको भिसेन्ट लोपेज, मोरोक्कोको वरजाजात र ब्राजिलको पेनेडो शहर परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।