डडेल्धुरा- डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो। उनी पूर्व प्रहरी नायव निरीक्षक(सई) रहेको बताइएको छ।
मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तर्गत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी धामीको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
अनियिन्त्रत भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको सुपप्र०१००१च २९५५ नम्बरको कारमा समेत ठोक्किएको थियो। उक्त कार बैतडीको सुर्नया गाउँपालिका- २ का ३५ बर्षीय कृष्ण बिष्टले चलाइरहेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
कार चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।