काठमाडौं- तरकारी बोकेको गाडीले ठक्कर दिँदा दाङमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु३च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा२प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर– २ की २६ वर्षीया सविना यादव घाइते छिन्। उनको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।