चितवन- चितवन जिल्लामा परेका अनुचित लेदनेद (मिटर ब्याजी) विरुद्धका उजुरीमध्ये ६९ उजुरीमाथि छलफल भएको छ। तीसमध्ये १९ उजुरीको फर्स्योट भएको छ। जिल्ला प्रशासन कार्यालयमा विसं २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ मिटर ब्याजीका उजुरी परेका थिए।
कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार जिल्लामा दर्ता भएका मिटर ब्याजका निवेदन फर्स्योट भएका निवेदनमा पीडित पक्ष र पीडक पक्ष दुवैको छलफल गरी मिलापत्र गरिएको हो। छलफलका क्रममा कतिपय निवेदनमा सावाँ मात्रै लिने, कतिपयमा चलनचल्तीको दरमा ब्याज लिने सहमति भएको छ। दुवै पक्षको सहमतिमा मिलापत्र भएको उनले बताए।
सो अवधिमा मिटरब्याजी सम्बन्धी परेका निवेदनमध्ये रु एक करोड ३४ लाख ६ हजार आठ सय ५० बराबरको उजुरीको मिलापत्र गरिएको हो। निवेदकले लिएको रकम र साहुले लिएको रकम हेरेर बैंकको ब्याजका हिसाबले सो रकम बराबरको मिलापत्र गरिएको हो। एकजना पीडितले दुई कठ्ठा जग्गा फिर्ता पाएका छन्। अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको थियो।
परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका छन्। पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको जनाउँदै उजुरी परेको हो। अधिकांशले जग्गा फिर्ता गरीपाउ भनी निवेदन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।