काठमाडौं– सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्बोधनको तयारीबारे जानकारी लिएका छन्।
सभामुखले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका हुन्।
सभामुख घिमिरेलेलाई संसद सचिवालयका महासचिव डा भरतराज गौतम, प्रतिनिधि सभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव डा सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी दिएका थिए।
सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरुलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।