• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

एक हप्ताका लागि घुम्ने योजना छ? यी हुन सक्छन् उपयुक्त गन्तव्य

64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक ९, २०८०  ०६:३९
1140x725

काठमाडौं– पछिल्लो समय नेपालीहरुमा घुम्ने प्रचलन बढ्दो छ। अझ भन्नुपर्दा दशैं बिदा यसका लागि उपयुक्त हुन्छ। तर दशैंमा सबै परिवारसँग बस्नुपर्ने भएको हुँदा त्यो बिदामा नजिकका गन्तव्यस्थलसम्म मात्र पुग्न सक्छन्। टाढा र केही दिनको यात्रामा निस्कनुपर्ने गन्तव्यस्थलका लागि भने दशैं र तिहारको बीचको अवधि नै पार्छन्। 

दशैं लगत्तै तिहार आउने भएकाले यो बीचमा सरकारी कर्मचारी र श्रमिकहरुलाई कामकाजको धेरै बोझ पनि हुँदैन। त्यसैले यो समयमा आफूलाई मन लागेको ठाउँमा घुम्ने अवसर बन्छ। 

पछिल्लो एक दशकयता दशैंको बिदा र दशैंपछि तिहारको बीचमा घुम्ने जाने प्ररचन बढ्दो छ। अझ हुने खानेहरु त यही बिदाको मौकामा विदेश सयर गर्दछन्। 

कोही पूरै परिवारका साथ विभिन्न रमणीय ठाउँको अवलोकन गर्दछन् त कोही साथीभाइको समूह बनाएर बिदाको समयलाई सदुपयोग गर्दछन्। 

के तपाईं पनि यो अवसरको मौका पारेर घुम्न निस्किँदै हुनुहुन्छ? यदि यसो हो भने देशभित्रकै परिचित ठाउँहरु छन् जहाँ तपाईंले परिवार तथा साथीभाइका साथमा रमाइलो महशुस गर्न सक्नुहुनेछ। 

त्यसका लागि हामीले केही ठाउँका बारेमा जानकारी पस्केका छौं। जहाँ तपाईं परिवार र साथीभाइको समूह बनाएर आनन्द लिन सक्नुहुनेछ। 

मोहरे डाँडा
तीन हजार तीन सय १० मिटर उचाईमा रहेको मोहरे डाँडा म्याग्दी जिल्लामा पर्दछ। अन्नपूर्ण क्षेत्रको अवलोकनका लागि यो ठाउँ निकै उपयुक्त मानिन्छ। 

यो गन्तव्य बेनी र जोमसोमको माझमा धौलागिरी र अन्नपूर्ण हिमालबीचमा पर्ने विश्वकै सबैभन्दा गहिरो खोँचसँगै पर्दछ। 
पोखरादेखि त्यहाँ जान बेनीसम्म गाडीमा पुग्न सकिन्छ। त्यसपछि बाँसखर्क हुँदै नाङ्गी र मोहरे हुँदै जाने घोरेपानीसम्म पुग्न पैदल यात्रा गर्नुपर्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb

कटुस, लालिगुँरासका रुखहरु, अन्नपूर्ण र सगरमाथा हिमालश्रेणीको मन लोभ्याउँदो दृश्यको अवलोकनको अनुभव यस पैदल यात्राका क्रममा पाउन सकिन्छ। अन्नपूर्ण हिमालको दक्षिण क्षेत्रको दृश्यावलोकनका साथै पूर्वतिर माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ। 

यो मोहरे डाँडाको बाटो एकदमै रमणीय छ। प्राकृतिक सौन्दर्य भएता पनि भौगोलिक रुपले यो एकदमै विकट थियो। महाविर पुनले यहाँसम्म वाइफाईको पुहँच पुर्‍याएका थिए। जसका कारण यहाँ गुग्ने पर्यटकले इन्टरनेट पनि उपभोग गर्न पाउनेछन्। 

पछिल्लो समय पर्यटकको आवतजावत बढेसँगै यहाँ बस्न र खानका लागि स्तरीय होटल तथा लज बनेका छन्। मोहरेसम्म पुग्नका लागि बेनीबाट तीन दिनको पैदल यात्रा गर्नुपर्छ। 

मोहरे डाँडासम्म पुग्न बेनीदेखि प्रतिदिन दुई हजार रुपैयाँ जति खर्च लाग्ने ट्रेकिङ एजेन्सी लक्जरी होलिडेज नेपालका सञ्चालक शिशिर बन्जरा बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मार्दी हिमाल 
कास्कीको मााछापुच्छ्रे गाउँपालिकामा मार्दी हिमाल छ। यसको बेसक्याम्प चार हजार पाँच सय मिटरको उचाईमा रहेको छ। 

व्यवस्थित ट्रेकिङ रुट भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ झुम्मिने गर्दछन्। विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो मार्दी हिमाल बेसक्याम्प जाने बाटो। बेसक्याम्पबाट चाँदीझै टल्किेने हिउँको लेपनले मार्दी हिमाल निकै मनमोहक देखिन्छ। 

यहाँको यात्रा गर्दा अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायतका हिमालहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ। 

साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरुसमेत अवलोकन गर्न पाइन्छ। पाँच दिनको पैदल दूरीपछि मार्दीको बेसक्याम्पसम्म पुग्न सकिन्छ। 

कास्कीको काँडेबाट यसको पैदल यात्रा सुरु हुन्छ। काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ। त्यसपछि फरेष्ट क्याम्प र फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ पुगिन्छ। बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ। हाइक्याम्पबाट मार्दी हिमालको बेसक्याम्प पुग्न सकिन्छ। 

मार्दीको अवलोकनपछि पैदल हिँडेर लो क्याम्प हुँदै सिदिङ आइपुगिन्छ। सिदिङबाट जीपमा पोखरा आउन सकिन्छ। 
यहाँ बास बस्ने होटल तथा लजहरु हाइक्याम्प पुगेपछि भेटिन्छन्। यो हिमालको यात्रा गर्न पोखरा देखि ५ दिनमा सकिन्छ। यहाँको यात्राका लागि प्रतिदिन एक जना बराबर दुई हजार रुपैयाँ खर्च लाग्ने शिशिर बताउँछन्। 

पोखरा–बेनी–जोमसोम हुँदै मुक्तिनाथ
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तीर्थस्थल हो। मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ। यो मन्दिर ३८ सय मिटर उचाईमा रहेको छ। यहाँ बर्सेनि स्वेदशी तथा विदेशी पर्यटक हजारौंको संख्यामा धार्मिक भ्रमणका लागि पुग्छन्। 

मुक्तिनाथ पनि अन्नपूर्ण सक्रिटभित्रै पर्छ। त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ। पोखराबाट हिँडेको ५ देखि ७ दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ। तर, ट्राभल एजेन्सीमार्फत् जाँदा ५ दिनमा घुमेर सकिन्छ। 

मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ। काठमाडौंबाट सार्वजनिक बस वा आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातोपानीसम्म पुग्न सकिन्छ। धार्मिक मान्यताअनुसार मुक्तिनाथ जानुअघि तातोपानीमा स्नान गरेर जानु उपयुक्त मानिन्छ। 

यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ तथा ग्याष्ट्रिक निको हुने विश्वास छ।

पहिलो दिन तातोपानी पुगेर बास बस्नुपर्छ। भोलिपल्ट बिहानै उठेर तातो पानीमा स्नान गरी सोही दिन घाँसा बास बस्न पुगिन्छ। घाँसा तातोपानीबाट ५ घण्टा पैदल दूरीमा छ।

तेस्रो दिन घाँसाबाट ७ घण्टा हिँडेर मार्फा पुगिन्छ। मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र पनि हो। यहाँ स्थानीय लघु जलविद्युत् भएकाले लोडसेडिङको तनाव यात्रुले झेल्नुपर्दैन। 

पर्यटकको चहलपहल बढेसँगै केही वर्षदेखि यहाँ खान र बस्नका लागि समान्यदेखि लक्जरी होटलहरु सञ्चालित छन्। 
चौथो दिन बिहान मार्फाबाट हिँडेर बास बस्न कागवेनी पुगिन्छ। कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो। 

पाँचौं दिन कागवेनीबाट मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ। यो ६ घण्टाको बाटो हो। अन्नपूर्ण सक्रिटमा थोरङ्ला क्रस गरेपछि बस्ने ठाउँ भनेको मुक्तिनाथ मन्दिरमा हो। यहाँ खान बस्नका लागि राम्रो सुविधा रहेका होटलहरु छन्। 

छैठौं दिन मुक्तिनाथबाट जोमसोम फर्किन सकिन्छ। त्यही दिन नै जोमसोमबाट जहाज वा बसमार्फत् पोखरा फर्किन पनि सकिन्छ। त्यो दिन जोमसोम नै बसे पनि हुन्छ। त्यहाँ  निलगिरी र धौलागिरी हिमाल अवलोकन गर्न सकिन्छ। 

यहाँसम्मको यात्रा गर्न धेरै जनाको समूहमा जाँदा एक जना बराबर २५ हजार रुपैयाँ भए पुग्छ। एक्लै जाँदा अलि महंगो पर्छ। 

कालिञ्चोक  
दोलखाको कालिञ्चोक भगवतीको मन्दिर पछिल्लो समय पर्यटनका लागि निकै प्रख्यात ठाउँ हो। हरेक हिउँदमा यहाँ हजारौंको संख्यामा पर्यटकहरु घुम्न पुग्छन्। दोलखाको सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोकस्थित कुरी पुग्न सकिन्छ।

कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न झण्डै एक घण्टा उकालो चढ्नुपर्छ। ३ हजार ८ सय ४२ मिटर उचाईको कालिञ्चोक भगवतीको मन्दिर अवस्थित छ।

प्रायः शुक्रबार र शनिबार बढी पर्यटक तथा दर्शनार्थीहरु यहाँ पुग्ने गर्दछन्। काठमाडौंबाट बोलेरो जीप रिजर्ब गर्नेदेखि मोटरसाइलक र निजी गाडी लिएर पनि यहाँ पुग्न सकिन्छ। काठमाडौंदेखि सबैभन्दा नजिकको प्रशिद्ध पर्यटकिय स्थलका रुपमा यसलाई लिने गरिएको छ। 

पहिलो दिन कुरी बजारमा पुगेर होटलमा रात बिताएर भोलिपल्ट कालिञ्चोक मन्दिरको दर्शन पनि गर्न सकिन्छ। पुगेकै दिनमा पनि मन्दिरको दर्शन गर्न सकिन्छ। 

कुरी बजारबाट कालिञ्चोक मन्दिरसम्म केबुलकारबाट जान मिल्छ। पैदल हिँडेर पनि जान सकिन्छ। यस क्षेत्रमा जाडो अत्याधिक हुन्छ। यसपाली दशैं अगाडि नै भएका कारण हिउँदको जस्तो जाडो भने यसपटक महशुस हुँदैन। 

कालिञ्चोक भगवती मन्दिरबाट गौरीशंकर हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। टाकुराबाट चारैतिर देखिने हिमाल, डाँडाकाँडा, घनाजंगलले मोहित पार्छ। कुरीपूर्वका ठूल्ठूला घाँसे मैदान अवलोकन गर्न सकिन्छ। 

काठमाडौंदेखि कालिञ्चोक र त्यहाँबाट पुन काठमाडौं फर्किन तीन दिनको समय लाग्ने अल्फालाइन कैलाश ट्रेक प्रालिले जनाएको छ। जीपमा जाँदा ९ देखि १० हजार रुपैयाँसम्म प्रतिव्यक्ति खर्च हुने गर्छ। 

रारा ताल
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालकै ठूलो ताल हो। राराको मनमोहकताबाट मोहित भएका स्वर्गिय राजा महेन्द्र शाहले २०२० सालमा यसलाई रारा ताललाई स्वर्गकी अप्सरा भनि चित्रण गरेका थिए। यसलाई महेन्द्र तालका नामले पनि चिनिन्छ। 

कर्णालीमा सडक सञ्जालको पहुँच पुगेसँगै यसको महत्व बढ्दै गएको छ। छायाँनाथ रारा नगरपालिकामा पर्ने यो ताल समुद्र सतहदेखि २९ सय ९० मिटर उचाईमा अवस्थित छ। यो तालको लम्बाई करिब पाँच किलोमिटर रहेको छ भने चौडाई करिब तीन किलोमिटर छ। यसको गहिराई १६७ मिटर छ। 

यसको वरिपरी रारा राष्ट्रिय निकुञ्ज छ। निकुञ्जमा कस्तुरी मृग, रतुवा, हिमाली कालो भालु, बँदेल, कालिज, डाँफे, च्याखुरा जस्ता पक्षी पाइन्छन्। 

सूर्योदय र सूर्यास्तका बेला यस तालको दृश्य निकै मनमोहक देखिन्छ। यस्तै चंखेली र कान्जिरोवा हिमालको छाँया तालमा पर्दा त झनै रोमाञ्चक देखिन्छ। राराबाट पश्चिमतर्फ तीन घण्टा हिँडेपछि पुगिने मुर्माटपबाट राराको पूरा दृश्य देख्न सकिन्छ। साथै मुर्माटपबाट सैपाल हिमालको समेत अवलोकन गर्न सकिन्छ। 

रारा जान जहाज र बस दुवैको प्रयोग गर्न सकिन्छ। काठमाडौंबाट बसमा ३२ घण्टामा जुम्लाको सदरमुकाम खलंगा पुगिन्छ। खलंगाबाट बस चढेर ऐतिहासिक उपत्यका सिञ्जा हुँदै मुगुको सदरमुकाम गमगडी पुग्न सकिन्छ। गमगडीबाट दुई घण्डाको पैदल यात्रापछि रारासम्म पुग्न सकिन्छ। यता जुम्लाबाट डाँफे लेक हुँदै पैदल जान पनि सकिन्छ। जसमा स्थानीय एक दिनमै पुग्छन् भने बाहिरबाट जाने पर्यटकले विस्तारै हिँड्दा करिब दुई दिन लगाउँछन्। 

काठमाडौंदेखि रारासम्म पुग्न र काठमाडौं फर्किन स्कार्पियोमार्फत् जाँदा भने करिब एक साताको समय लाग्छ। पछिल्लो समय साथीभाइको समूहमा रारासम्म मोटर साइकलमा जानेहरुको संख्या पनि उच्च छ। राराको दृश्यावलोकनका साथै तालमा पाइने असला माझा पनि हेर्न सकिन्छ। यहाँसम्म पुग्न र फर्किन प्रतिव्यक्ति करिब २५ हजार रुपैयाँ खर्च लाग्दछ।

तिलिचो ताल
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो तिलिचो ताल। जुन समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाईमा अवस्थित छ। यो ताल वरिपरि रहेका मुक्तिनाथ, तिलिचो हिमाल र नीलगिरि हिमशृंखलाले मनमोहक बनाएका छन्। 

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटर दूरीमा पर्छ। काठमाडौंबाट लमजुङको बेँसीसहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ।

खाङसारमा बास बसी पाँचौं दिन तारे गुम्बा र श्रीखर्क हुँदै लगभग ८ घण्टा पैदल हिँडेपछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ। बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालोपछि छैठौं दिनमा तिलिचो ताल पुग्न सकिन्छ। त्यसदिन त्यहिँ बास बसेर भोलिपल्ट फर्किने तरखर गर्नु पर्छ।

तिलिचोको यात्रा लगभग ७ दिनको हुन्छ। तर दमको समस्या भएका मानिसका लागि भने यहाँ केही समस्या उत्पन्न हुन्छ। तर स्थानीय र प्रहरीले समस्यामा परेका यात्रीको उद्धार भने गर्दै आएका छन्। यहाँको यात्राका लागि प्रतिव्यक्ति करिब ४० हजार रुपैयाँसम्म खर्च लाग्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्