काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्। इजरायल एक्लो छैन भन्ने सन्देश दिन आफू इजरायल आएको बाइडेनको भनाइ छ।
बुधबार त्यहाँ पुगेका बाइडेनले करिब ४ घण्टा बिताएका थिए। सो क्रममा उनले भने,‘म इजरायल आउनुको एउटै सन्देश छ। तपाईंहरु एक्लै हुनुहुन्न। तपाईंहरु एक्लै हुनुहुन्न। अमेरिका तपाईंहरुसँगै उभिएको छ।’
पछिल्ला २ साताबाट प्यालेस्टिन समर्थित विद्रोही समूह हमास र इजरायलबीच चर्केको द्धन्दमा करिब ५ हजारको हाताहाती भएको अनुमान छ। र युद्ध अद्यापि जारी रहेको छ। यस्तो अवस्थामा बाइडेन इजरायल पुगेका हुन्।
यस्तै, बाइडेनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका बीबीसीले बताएको छ। बीबीसी भन्छ,‘राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन्। यसले १० लाख प्यालेस्टिनीहरु प्रत्यक्ष लावान्भित हुन्छन्। तर त्यसको पूर्व सर्त भनेको बन्दी नागरिकहरुलाई हमासले रिहा गर्नुपर्ने हुन्छ।’
बाइडेनले बहुसंख्यक प्यालेस्टिनीहरु हमास नरहेको भन्दै हमास समूहलाई सखाप पार्ने इजरायलले हक राख्ने दाबी गरेका छन्। उनले अघि भनेका छन्,‘हमासले प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।