• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दशैं सांस्कृतिक र समन्वयको पर्व हो, बहिष्कार अभियान आयातित

डा जगमान गुरुङ सोमबार, कात्तिक ६, २०८०  २०:३३
1140x725

दशैंलाई भारत र नेपालको मधेसमा विजयादशमी भन्छन्। विजयादशमी भनेको रामले रावणलाई जितेको पर्व हो। तर नेपालको पहाडी खण्ड र नेपाल मण्डलमा विजयादशमी भनिँदैन, बडा दशैं भनिन्छ। 

हामी चैते दशैं र बडा दशैं भनेर दुई वडा दशैं मनाउने गर्छौं। यो बडा दशैं हो। बडा दशैंमा रामलिलाको कुरा हुँदैन। दुर्गाको पूजा हुन्छ। त्यो कुरा सबैले बुझ्न जरुरी छ। त्यसैले हामीले विजयादशमी होइन बडा दशैं भन्नुपर्छ। 

दशैं नेपालको राष्ट्रिय चाड हो। किनभने, सम्पूर्ण मधेस र नेपालको पहाडी खण्डमा जमरा राखेर, टीका लगाएर दशैं मनाउने प्रचलन छ। तर हिमाली क्षेत्रमा पहाडको जस्तो जमरा राखेर टीका लगाउने प्रचलन छैन। तर त्यहाँ पनि देवीको पूजा गरिन्छ। लामा भाषामा देवीलाई पल्द्यान लामु भनिन्छ। पल्द्यान भनेको नेपाली भाषामा श्रीदेवी हुन्छ। उनीहरुले श्रीदेवीको पूजा गर्छन्। 

अर्को शब्दमा दशैं भनेको सोल्टी उपसना हो। सोल्टी उपसना भनेको विभिन्न नेपाली सम्प्रदायहरुले आआफ्नो सनातन अनुसार दशैं मान्ने गर्छन्। प्रकृतिको पूजा हुन्छ। पुराना खुँडा, खुकुरी, कृषि औजार कुटो, कोदालो, आँसी (हँसिया) तान बुन्ने साधन सबैको पूजा हुन्छ। 

अहिले दशैं सद्भावको रुपमा विकास भएको छ। विदेश गएकाहरु पनि दशैंमा घर आउने गर्छन्। नेपाल सरकारले पनि यसलाई विधिवत रुपमा मानेको छ। उहिले हाम्रो पालामा कर्म–कार्यमा दशैं पेस्की भनेर पनि दिने गरिन्थ्यो। पछि त्यसलाई कटाइयो। तर अहिले दशैं खर्च भनेर दिइन्छ। दशैं खर्च भनेर अहिले दर्जा अनुसार एक महिनाको तलब दिने गरिन्छ। दशैंमा सबैभन्दा लामो बिदा पनि हुन्छ।

दशैं धार्मिक पर्व कि सांस्कृतिक? 
दशैं धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो। धर्म भनेको कोही हिन्दु धर्म मान्ने छन्। कोही बौद्ध धर्म मान्ने छन्। तर धर्म जे माने पनि हाम्रो संस्कृति एउटै हो। त्यसैले यो सांस्कृतिक पर्व हो। अहिले यो सद्भावको रुपमा विकास भएको छ। 

दशैंले सबै नेपालीलाई मानसिक रुपमा मिलन गराएको छ। भारत र नेपालको मधेसमा दशैंलाई विजयादशमी रामलिला मनाउने गरिन्छ। त्यो भारतीय परम्परा हो। भारतमा परम्परागत चरित्र छैन। भारतमा आरायन छ। किनभने, त्यहाँ आरानले राज गर्यो। अंग्रेजले राज गर्यो। त्यहाँ कतिपय हिन्दु परम्परा हरायो। 

भारतमा लोप भएका मान्यताहरु नेपालमा अहिले पनि यथावत छन्। हाम्रो खासगरी दुर्गा पूजा हो– जमरा राख्ने, टीका लगाउने अनि बली दिने। बलि दिएको पशुको मासु प्रसादको रुपमा ग्रहण गर्ने चलन छ। दशैंमा रमाइलो गर्ने, पिङ खेल्ने मानसिक सद्भावको रुपमा विकास भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

युद्धको मौलो
संसारमा अहिले पनि युद्ध रोकिएको छैन। नेपालमा पनि कुनै बेला युद्धको जमाना थियो। युद्धका योद्धाहरुलाई तालिम दिनुपथ्र्यो। अहिले पनि नेपाली सेनामा तालिम दिइन्छ। त्यो तालिम भनेको अहिले युद्धको मौलोलाई बुझ्नुपर्छ।

दशैंको मौलोमा विभिन्न पशुहरुको बध हुन्छ। त्यहाँ रक्तपात हुन्छ। त्यो रक्तपातलाई देखेर कोही पनि युद्धको मैदानबाट पिठ फर्काएर हिँड्दैनन्। शारिरीक रुपले, मानसिक रुपले उनीहरु तयार हुन्छन्। त्यहाँ पूजाका साथै बाजा पनि बजाइन्छ। नवराज लगाइन्छ। संगीतमय वातावरणमा युद्धको अभ्यास हुन्छ। 

दशैं सकिएपछि नेवार समुदायमा पाया हुन्छ। पाया भनेको चालन हो। चालन भनेको शस्त्र चालन हो। बडा दशैंमा भोज खाएर जामा, फूलको माला लगाएर खड्ग लिएर आआफ्नो इलाकासम्म घुम्छन्। पहाडमा चाहिँ सराया खेल्ने चलन हुन्छ। सरायाको केन्द्रविन्दु अहिले अर्घाखाँची भएको छ। त्यहाँ बडा दशैं पछाडिको पूर्णिमाको दिनमा विशाल जनसागर हुन्छ सराया खेल्नेहरुको। बाजा बजाएर, हातमा तरबार लिएर युद्धको अभ्यास गरिन्छ। 

यसलाई बहुपक्षीय रुपमा व्याख्या गर्न सकिँदैन। विविध पक्षलाई लिएर त्यसलाई व्याख्या गर्न सकिन्छ। 

Xtrem

Xtrem

अन्तरसांस्कृतिक रुपमा दशैं
पहिला-पहिलाका सरकारी सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन हुन्। यी दुवै माध्यमले दशैंलाई हिन्दुहरुको एक मात्रै महान चाड भनेर भाष्य स्थापित गरे। तर अहिले रेडियो नेपाल र नेपाल टेलिभिजनले हिन्दुहरुको एक मात्र चाड दशैं भन्दैनन्। अहिले नेपालीहरुको चाड भन्छन्। दशैं त हिन्दु धर्मावलम्बीले पनि मानेको छ। 

बौद्ध धर्म लगायत अन्य धर्मावलम्बीहरुले पनि मानेको हुन्छ। धर्म आ-आफ्नो भए पनि सांस्कृतिक र समन्वयको पर्व हो दशैं। 

अहिले त कहाँबाट के कुरा आयो, कसैले दशैं बहिष्कार भन्ने अभियान चलाएका छन्। त्यसका लागि संगठन बनाएका छन्। यस्तो प्रकारको भावना आयातित हो।

(संस्कृतिविद् डा गुरुङसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  २०:३३
  • #दशैं_२०८०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्