• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दशैं घरमा यसरी राखियो जमरा [तस्बिरहरु]

64x64
निमेषजंग राई आइतबार, असोज २८, २०८०  १२:१८
1140x725

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व दशैं आज (आइतबार)देखि सुरु भएको छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैंको पहिलो दिन आज (आइतबार) घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। आइतबार घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा काठमाडौंको वसन्तपुरस्थित दशैंघरमा पूजाआजा गरी जमरा राखियो।

Ghatasthapana_Dashain_Kathmandu (6)1697351437.jpg

आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ। यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। 

Ghatasthapana_Dashain_Kathmandu (12)1697351435.jpg

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

नवरात्रमा नवदुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ। दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ।

Ghatasthapana_Dashain_Kathmandu (9)1697351437.jpg

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ  दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ।  बडादशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

Ghatasthapana_Dashain_Kathmandu (10)1697351438.jpg

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। 

आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। 

 

Ghatasthapana_Dashain_Kathmandu (1)1697351435.jpg

Ghatasthapana_Dashain_Kathmandu (2)1697351436.jpg

Ghatasthapana_Dashain_Kathmandu (3)1697351436.jpg

Ghatasthapana_Dashain_Kathmandu (4)1697351436.jpg

 

Ghatasthapana_Dashain_Kathmandu (8)1697351437.jpg

 

Ghatasthapana_Dashain_Kathmandu (11)1697351438.jpg

 

Ghatasthapana_Dashain_Kathmandu (7)1697351437.jpg

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निमेषजंग राई
निमेषजंग नेपाललाइभका फोटो पत्रकार हुन्।
लेखकबाट थप
काठमाडौंमा होलीको रौनक [फोटोफिचर]
पशुपतिमा शिवरात्रिको रौनक [तस्बिरहरु]
यसरी मनाइयो तमु ल्लोसार [तस्बिरहरु]
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
पहिलो पावर प्ले सकिँदा विराटनगर किङ्सको ४६ रन मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्