काठमाडौं– गायक आशिष सचिनको ‘घिन घिन मादल घिन’ गीतको भिडिओ सार्वजनिक भएको छ।
गायक सचिनसँगै गायिका बेनिशा पौडेलको स्वर रहेको सार्वजनिक गीतमा गायक सचिन स्वयम र पछिल्लो पुस्ताकी लोकप्रिय मोडल शनिशा भट्टराइको रोमान्टिक अभिनय भिडियोमा देख्न सकिन्छ।
पछिल्लो पुस्ताका चचित संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी र मन भित्र पलाएको मायालाई लुकाएरै राख्ने मायालुको स्वभावलाई निर्देशक मौसम हिमालीले फिल्मी शैलीमा भिडियो मार्फत देखाएका छन्।
नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको छायाँकन नवराज उप्रेतीले गरेका हुन् भने भिडिओको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन्।
निर्देशक हिमालीकै कन्सेप्ट र कोरियोग्राफी रहेको भिडिओको निर्माण ओम अग्रवालले गरेका हुन्।
भिडिओ ओएसआर डिजिटलबाट बजारमा आएको हो। गायक सचिनका यसअघि ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीतले राम्रो चर्चा पाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।