काठमाडौं– दसैं विशेष गीत ‘लाहुरे म त सोल्टिनी’ युट्युवमा सार्वजनिक भएको छ। गीतमा नेपाली सुरक्षाकर्मीको दसैंलाई प्रस्तुत गर्न खोजिएको छ।
गीतमा नरेश एमसीको शब्द तथा ऋषि खड्काको संगीत रहेको छ। गीतमा सागर आले मगर र अस्मिता अधिकारीले स्वर दिएका छन्। गीतलाई केशव बडुले एरेन्ज गरेका छन्।
भिडिओलाई स्मृति तिमल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छन्। भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारीको नृत्य तथा अभिनय छ।
भिडिओलाई अजय रेग्मीले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।