• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दूषित पानीका कारण धानबाली नष्ट भएपछि...

64x64
शेरबहादुर ऐर शनिबार, असोज २०, २०८०  १२:३०
1140x725

धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा लगाएको धान फलेन। धानका बोट सुकेका छन्। केही बोट रातो र पहेँलो भएका छन्।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुकेको उनको भनाइ छ। ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’, उनले भने, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि बाली लागेको छैन।’

पुनर्वास नगरपालिका वडा नम्बर ५ का मोहन रानाले तीन बिघा जमिनमा धान खेती गरेका छन्। तर, अहिले धानमा बाली नलागेपछि उनले क्षतिपूर्तिको माग गरिरहेका छन्। साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो। डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुकेको उनको भनाइ छ।

‘बाढी पसेको दुई–तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने, ‘तीन बिघाको पूरै धानमा बाली छैनन्।’ खेतमा जमेको पानीबाट गन्ध आउनु र पानी पनि कालो हुनुले दूषित पानीका कारण धानमा क्षति पुगेको उनको भनाइ छ। अन्नबाली नै उब्जनी नभएपछि अब खाद्यान्नको जोहो कसरी गर्ने उनको मनमा चिन्ता छ। 

‘धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भने, ‘अब के खाने रु कसरी बालबच्चा पाल्ने? समस्या छ।’ उनले डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको बताए।

उनले अन्य वर्षमा पनि बाढी आउने गरेको तर, यसरी धानबालीमा नष्ट नपुर्याएको स्मरण गर्दै भने, ‘अरुबेला पनि बाढी आउँथ्यो, तर यस्तो क्षति गरेको थिएन। यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन।’

पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ। खेत नजिकै रहेको भागेश्वर सुगर मिलमा रहेकाले किसानहरुले मिलका कारण धानबालीमा क्षति पुगेको आशंका गरिरहेका छन्। सुगर मिलले सिमरी नाला छेउमै फोहोर राखेको र त्यही फोहोर नालामा मिसिएर खेतमा क्षति पुगेको हुन सक्ने किसान रमेश राना थारूले बताए।

dhan21696654292.jpg

nimb
nimb
Ncell 2
Ncell 2

कृषि ज्ञान केन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो।

‘परीक्षण रिपोर्टमा दुषित पानीका कारण धानबाली नष्ट भएको भन्ने उल्लेख छ’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘तर, त्यो दुषित पानी कहाँबाट आएको हो भन्ने यकिन हुन सकेको छैन्। पुनर्वास नगरपालिकाले रिपोर्टसहित जिल्ला विपद व्यवस्थापन समितिमा पठाएको छ। सोही आधारमा संघ तथा प्रदेशबाट कृषकलाई राहात वितरण गरिने छ।’

उनका अनुसार दुषित पानीका कारण कृषकहरुको करौंडौ लगानीमा क्षति पुगेको छ।

क्षतिपूर्ति पाऊँ भन्दै नगरपालिकामा तालाबन्दी
धानबाली नष्ट भएपछि कृषकहरुले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै पुनर्वास नगरपालिकामा तालाबन्दी गरेका छन्। बाढी पीडित तथा किसान संघर्ष समितिले नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेकाे हाे। स्थानीय भागेश्वर चिनीमिलको केमिकलबाट किसानको धान खेती नष्ट भएको भन्दै उचित छानबिन गरि किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै तालाबन्दी गरेको जनाइएको छ।

उनीहरूले पालिकामा तालाबन्दीसहित मुल गेटमै शान्तिपूर्ण धर्ना जारी राखेका छन्।

मिलबाट कुनै केमिकल खोलामा जाँदैनः भागेश्वरी
भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिका कारण धानबालीमा क्षति पुगेको आरोप किसानहरूकाे छ। तर, कम्पनीले भने आफना कुनै उत्पादन सामाग्रीहरु खोलामा नजाने गरेको प्रतिक्रिया दिएको छ।

कम्पनीबाट निस्कने पानी प्रशोधन गरी खोलामा जाने गरेको प्रमुख कार्यकारी निर्देशक डीएन पाण्डेले बताए। उनले भने, ‘यहाँ प्रयोगमा ल्याइएका सम्पूर्ण कच्चा पदार्थहरु विक्री वितरण भइरहन्छन्। कुनै पनि फोहोर सामग्री तथा रसायनहरु यहाँ उत्पादन हुँदैनन्।’

उनले मिलबाट प्रशोधित भइ खोलामा जाने पानीमा कुनै पनि रसायन नहुने र खेतीका लागि उपयुक्त हुने गरेको बताए। उनले भने, ‘उख्खुबाट फोहोरका रुपमा आउने सामग्रीहरु मलका रुपमा प्रयोग ल्याउने गरिन्छ। पानी पनि प्रशोधन गरिएको हुँदा खेतीमा कुनै असर पार्दैन।’

उनले किसानहरु नकारात्मक नभए पनि मिललाई बन्द गराउन चाहने केही व्यक्तिहरुले अफवाह फैलाइरहेको बताए। त्यसको पुष्टि उनले प्रयोगशालामा भएको परीक्षणले पनि गरेको बताए।

चिनी उद्योगहरूबाट निस्कने फोहोरको लागि उद्योग विशिष्ट मापदण्ड २०६० मा सान्दर्भिक मापदण्ड र अनुमतियोग्य सीमाहरू तोकिएको छ। सो कम्पनीले ती मापदण्डविपरित कुनै काम नगरेको पाइएको प्रतिक्रिया दिए।

dhan11696654344.jpg

विज्ञ नहुँदा समस्याः कृषि ज्ञान केन्द्र
दूषित पानीका कारण धानबाली नष्ट भएको पुष्टि भएपनि यस प्रमुख कारण पत्ता लाग्न नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ‘हामीले काठमाडौंबाट यस विषयमा विज्ञ व्यक्ति माग गरेका छौँ’ ज्ञान केन्द्रका जोशीले भने, ‘दूषित पानीले त धानबाली नष्ट भएको पुष्टि भएको छ तर, प्रमुख कारण के हो भन्ने पत्ता लाग्न सकेको छैन।’

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना घाइते भएका छन्। एक जना बेपत्ता भएका छन्। पहिरोले दुई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्