काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) अनुसार गठन गरिएको संसद् समन्वय बोर्डको पहिलो बैठक बस्ने तयारी गरिएको छ।
निर्धारित कार्यक्रमअनुसार उक्त बैठक २०८३ वैशाख २२ गते मंगलबार दिउँसो ३ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आयोजना गरिने जनाइएको छ।
सम्बन्धित पदाधिकारीका अनुसार बैठकमा बोर्डका सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा विधानको धारा २१ बमोजिम गठित बोर्डको प्रारम्भिक बैठकमार्फत समन्वयका विषयमा आवश्यक छलफल अघि बढाइने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।