• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

क्यानडामा नेपथ्यको दोस्राे कन्सर्टमा रमाए भ्यानकुभरका दर्शक

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०८०  १९:२३
1140x725

काठमाडाैं- सहरको मुटुमै रहेको ‘भोग थिएटर’ मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरु उत्साहका साथ बाहिरिँदै थिए। त्यतिबेलै क्यानाडा बस्दैआएका बिरु महर्जनले भिडियो रेकर्डिङ सुरु गरे।

त्यो लाइभ रेकर्डमा बोल्ने सबै दर्शकहरु खुशीको उत्तेजना प्रकट गरिरहेका देखिन्छन् भने कतिपयले ‘भ्यानकुभरमा आजसम्मकै सबैभन्दा भब्य नेपाली कार्यक्रम’ भनेर प्रतिक्रिया ब्यक्त गरिरहेको पाइन्छ। सबैभन्दा रोचक त झण्डै शतायु पार गरेको हलबाट बाहिरिँदै गरेका पाका उमेरका दर्शकहरु पनि भिडियोमा उत्तिकै खुशी देखिन्छन्। बिरुले यो भिडियो उनको फेसबुकमा राखेका छन्।

यसरी क्यानाडाको श्रृंखलाबद्ध सांगीतिक यात्रामा रहेको लोकरक ब्याण्ड नेपथ्यको दोश्रो कन्सर्ट भ्यानकुभरमा उत्तिकै भब्य एवं सभ्य रुपमा सम्पन्न भएको छ।

कन्सर्टको सुरुवात अघिल्लोपटकजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट भएको थियो भने त्यसलाई वैदेशिक रोजगारीमा गएकाहरुको भावमा उभ्याइएको ‘मैमरि जाउँला’ गीतले निरन्तरता दिएको थियो।

चर्को स्वागतका बीच मञ्चमा नेपथ्य टोली आएपछि भने ‘कोशीको पानी यो जिन्दगानी’ ब्याण्डको पहिलो प्रस्तुती बन्न पुग्यो। गीतमा रहेको ‘आमाको कोखमा बासमात्र लिएँ, कुन देशको मरन हौ हजुर’ गाइरहँदा दर्शकदीर्घामा कतिपय अनुहार भावुक देखिन्थ्यो।

‘नेपथ्यको कन्सर्ट जीवनमा एकपटक हेर्नैपर्छ भन्ने थियो,’ २७ वर्षदेखि नाम्चेबजारबाट क्यानाडा आइ बसोबास गर्दै आएका आङ निमा शेर्पा आफ्नै शैलीमा भनिरहेका थिए, ‘आज हेर्न पाउँदा बबाल रमाइलो लाग्यो।’ कन्सर्टमा त्यसपछि ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो।

त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा अर्थशास्त्र पढाइरहेका खेम दाहाल नेपालमा द्वन्द्व सुरु भएपछि असुरक्षित महशुस गरेर २२ वर्ष पहिले सपरिवार भ्यानकुभर आइपुगेका थिए। ‘झण्डै डेढ दसकयता यो सहरमा नेपाली समुदायको चहलपहल सुरुभएता पनि यति भब्य कार्यक्रम यसअघि आयोजना भएको थिएन,’ दाहालले भने, ‘यो कन्सर्टले टिकटदर र दर्शक उपस्थितीमा मात्र होइन, भ्यानकुभरमा आयोजना हुने नेपाली कार्यक्रमको स्तरमा पनि गुणात्मक वृद्धि गरेको छ।’

आफूलाई ‘रातो र चन्द्रसूर्जे’ अनि गाउँगाउँबाट उठ’ गीतले सबैभन्दा मिठो महशुस गराएको बताउने दाहालले सम्पूर्ण कार्यक्रम नै मनोरञ्जक रहेको र आफू वरपरका सबै दर्शक सुरुदेखि अन्तिमसम्म रमाएको पनि उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

पहिले पहिले बाल बच्चा सबैलाई देश छुटाएर यहाँ ल्याएकोमा अलि न्यास्रो अनुभव हुन्थ्यो, तर अहिले मेरा साथीभाई प्रायस् सबैका छोराछोरी विदेश तिरै छन्। यो देख्दा आफूले गल्ति गरेको बोध हुन छोडेको छ’ उनले आफ्नो अनुभव साट्न भ्याए।

कार्यक्रमस्थलमा नेपालबाट पढ्नका लागि भर्खरै क्यानाडा आइपुगेका सिर्जन भण्डारी पनि थिए। यहाँ आएर नेपालीहरुसँग संगत गर्न पाए अलिक सहज हुन्थ्यो भनेर सोचिरहेको बेला नेपथ्य कन्सर्टले साथी मात्र नभइ दाजुभाइ दिदीबहिनीसमेत बनाउने मौका जुराइदिएको प्रतिक्रिया सिर्जनले दिए।

कन्सर्ट हेर्नका निम्ति क्यानाडामा पर परसम्म बसोबास गरिरहेका दर्शकहरु आएका थिए। दर्शक भीडमै कतिपय छिमेकी मुलुक अमेरिकादेखि आउनेहरु पनि देखिन्थे। तीनैमध्ये थिए, सियाटलबाट आउने सुमन चौधरी र पोर्टल्याण्डबाट आउने प्रदिप बानियाँ। ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दैआएका प्रदिपले उतै हुर्किएकी आफ्नी ठूली छोरी पनि नेपथ्यको प्रशंसक रहेको जानकारी दिए। दुवैले नेपथ्य हेर्न आफूले तय गरेको लामो यात्रा सार्थक रहेको अनुभव सुनाए।

कन्सर्टको दशौं प्रस्तुतीका रुपमा ब्याण्डले ‘यो जिन्दगानी’ गीत सुनाएको थियो। दर्शक तालीकै बीच गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्याण्डले थालेको ‘मानवताका लागि संगीत’ अभियानबारे पनि बोले।

Xtrem

Xtrem

‘सडकमा अलपत्र परेर बाँचिरहेका मानिसहरु देख्दा दिक्क लाग्थ्यो,’ अमृतले थपे, ‘केहि वर्षयता मानवसेवा आश्रमले त्यस्ता मानिसहरुको देशैभरि उद्धार गरिरहेको थाहा पाएपछि हामी पनि यो पवित्र उद्देश्यमा जोडिन पुगेका छौं।’ अमृतले कन्सर्टकै क्रममा नेपाल भित्रको जटिल परिस्थितीबारे बोल्दै सबैलाई मिलेर बस्न आव्हान पनि गरेका थिए।

पोखरामा हुर्किएकी अनि सानैदेखि नेपथ्यको प्रशंसक भएता पनि आशिमा पुनले नेपथ्यको कन्सर्ट भने हेर्न पाएकी थिइनन्। क्यानडा आएको डेढ महिना नबित्दै अनि त्यसमा पनि दशैंको मुखमा यसरी आफूले चाहेको नेपाली कन्सर्ट हेर्न पाउँदा असाध्यै खुशी लागेको उनले सुनाइन्।

‘अझ मेरो वरपरका कतिपय दर्शकले त नेपालमा भिडियो कल गरेरै हल भित्रको दृश्य देखाइरहेका थिए,’ आशिमाले भनिन्, ‘क्यानाडामा राती परिरहँदा त्यतिबेलै विहान सबेरै उठ्ने नेपालीहरु पनि नेपथ्य हेरेरै रमाइरहेको क्षण देख्दा अचम्म लाग्यो।’

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्नेरु’ भनेर प्रश्न गरेका थिए। त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए। यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि कार्यक्रम ठिक ९ बजे अन्त्य भएको थियो।

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

भ्यानकुभरको दोश्रो कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्ड ८ तारिख आइतबारका दिन टोरन्टोमा प्रस्तुत हुने भएको छ। शोका निम्ति टोली टोरन्टो पुगिसकेको छ। त्यहाँस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा कन्सर्ट आयोजना हुँदैछ।

यी कन्सर्टहरुमा क्यानाडामा रहेका विद्यार्थीहरुको निम्ति विशेष छुटको ब्यवस्था गरिएको छ। अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइट बाटै पनि उपलब्ध गराउने बन्दोबस्त मिलाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्