• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

क्यानडामा गुन्जियो नेपथ्य, क्यालगरीबाट पहिलो कार्यक्रम सुरु

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०८०  १२:०४
1140x725

क्यानडा– क्यालगरीको स्थानीय प्यालेस थिएटरमा नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ।

सन् २०२२ मा ‘जीवन्त सहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेश्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल अनुभूत गर्न सकिन्थ्यो। स्थानीय टेलिभिजन सिबिसी लगायतका सञ्चारमाध्यमहरुमा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्तिहरु देखापर्न थालेका थिए।  

आइतबार बेलुकी शो सुरु हुनु भन्दा अगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिए।

ती दर्शकहरु क्यालगरी मात्र नभइ अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्याली लगायतका सहर र बस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएको यहाँस्थित नेपाली समाजका सक्रिय अग्रज ध्रुव राई बताइरहेका थिए।

निर्धारित समयअनुसार बेलुकीको ठीक सातबजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेट स्वरुप ‘सा कर्णाली’ म्यूजिक भिडियो गुञ्जिन सुरु भयो। दर्शकहरुबाट चर्को स्वागतकै बीच मञ्चमा नेपथ्य टोली देखापरेपछि भने त्यस साँझको पहिलो प्रस्तुती ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो। एक दशकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए। त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरु क्रमशः ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’ले निरन्तरता दिएको थियो।

कन्सर्ट हेर्न आएका दर्शकहरुको भीँडमा परिचित गायिका मीना निरौला पनि थिइन्। छोटो समयमै नेपाली सिनेमा जगतलाई ‘ठमेल बजार’ र ‘काले दाइ’जस्ता गीतहरु दिएकी मीना पछिल्लो समय क्यानाडामै बसोबास गर्दै आएकी छिन्।

‘मलाइ त तीज दशैंजस्ता चाडबाडका बेला माइती नै आएको जस्तो लागिरहेको छ,’ स्वरमा मीना भनिरहेकी थिइन्, ‘मञ्चमा बसेर गाउने बानी त छँदै थियो, आज चाहिँ दर्शक दीर्घामा बसेर चिच्याउँदा चिच्याउँदै स्वर नै गयो।’

गायक अमृतले त्यसपछि पनि ‘चरि म¥यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरुले ल्याएको ‘नैनाताल’जस्ता गीतहरु सुनाउँदै गए।

Ncell 2
Ncell 2
nimb
nimb

‘तपाईंहरूले विदेशमा कमाएको सीप, पैसा अनि तपाइहरुको मेहनतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ,’ सदा झैँ गीतको बीचमा सन्देश समेत दिँदै गायक अमृतले भनेका थिए, ‘नेपालमा सडक आश्रितहरुको आवाजलाइ साथ दिने र समाजमा मानवता प्रवर्दनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले 'मानवताको लागि संगीत' अभियानलाई अघि बढाउँदै आइरहेको छ।’

उनले क्यानाडाको यो श्रृंखलावद्ध भ्रमण पनि सो उदेश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी दिए।

नेपथ्यको कन्सर्ट हेर्नका निम्ति अल्बर्टा राज्यभन्दा परदेखि जम्माभएका दर्शकमा दुइ हजार किलोमिटर लामो यात्रा गरेर उत्तर पश्चिमी राज्यको सहर येलो नाइफदेखि आइपुगेका मानिक दुगड पनि थिए।

‘क्यालगरीको हलमा नेपाली गीत गुञ्जिरहँदा उभिने ठाउँ पनि नभेटिनेगरि टनाटन दर्शक देखेर म त दङ्ग परेँ,’ ३७ बर्ष देखि क्यानाडामा बसोबास गर्दैआएका मानिक भनिरहेका थिए, ‘नेपालीपन भरिएका प्रत्येक गीत कण्ठस्थै भएजसरी गाउँदै रमाएका विभिन्न उमेरका दर्शक देख्दा असाध्यै रमाइलो महशुस गर्न पाएँ।’ कन्सर्ट हेरेपछि यसका लागि आफुले गरेको लामो यात्रा सार्थक भएको अनुभूति पनि मानिकले सुनाए।

Xtrem

Xtrem

अर्कोतिर कन्सर्ट हेर्न एडमन्टनदेखि तीनघन्टा सवारी हाँकेर आएका वातावरण योजनाविद अच्यूत अधिकारी पनि थिए। अच्यूतले अलबर्टा राज्यकै उक्त सहरबाट आफुजस्तै यात्रा गरेर करिब दुइ सयजना क्यालगरी आइपुगेको उनको अड्कल थियो। ‘कन्सर्ट अवधिभर नेपथ्यको गीतमार्फत् वाल्यकालको यात्रा फेरि गरेको जस्तो अनुभव भइरह्यो,’ अच्यूत भन्दै थिए, ‘दुइ घन्टा बितेको पत्तै भएन।’ यो क्षणको अनुभवकालागि आफूहरुले लामो प्रतीक्षा गरेको जानकारी पनि उनले दिए।

दर्शकदीर्घामै क्यानाडामा पुनर्स्थापित झापाको बेलडाँगी शिबिरमा जन्मे हुर्केका भुटानी शरणार्थी विकास रसाइली पनि उपस्थित थिए। नेपाल रहँदैको प्रिय ब्याण्ड नेपथ्य अनुभव गर्ने हिसाबले मात्र नभइ क्यानाडामै रहेको नेपाली भाषी समुदायसँग पनि नजिकिन यो अवसर सहयोगी हुनपुगेको प्रतिक्रिया विकासले दिए।

कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालिक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाइएको थियो।

‘नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महशुस गरिरहेका छौं,’ स्थानीय आयोजक टोलीका जगदीश कँडेलको प्रतिक्रिया थियो, ‘यहाँको नेपाली समुदायबाट नेपथ्यले पाएको माया र सद्भावबाट हामी पनि उत्साहित छौँ।’

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्डले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा आफुलाई उभ्याउँदैछ। त्यसपछि अन्तिम शो ८ तारिख आइतबारका दिन मुलुककै पूर्ववर्ती ब्यापारिक सहर टोरन्टोस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।

यी कन्सर्टहरुमा क्यानाडामा रहेका विद्यार्थीहरुको निम्ति विशेष छुटको ब्यवस्था गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्