• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकार भन्छ– मिटरब्याजीबाट जग्गा फिर्ता गरायौं, पीडित भन्छन्– पाएकै छैनौँ

64x64
कल्पना घिमिरे बिहीबार, असोज १८, २०८०  १२:२६
1140x725

काठमाडौं– २०७६ सालको कुरा हो। रौतहट यामुनामाई गाउँपालिकाका विश्वनाथ सहानी वैदेशिक रोजगारीका लागि मलेसियामा थिए। त्यतिबेला उनकी श्रीमती कुन्तीदेवि सहानीलाई घर चलाउन मुस्किल परेपछि श्रीमान्‌कै सल्लाहमा अनुरुद सहानीलाई ६ लाख रुपैयाँमा ८ धुर जमिन बिक्री गरिन्। अनुरुदले बाँकी रकम पछि दिने सर्तमा ४ लाख ८० हजार रुपैयाँ मात्रै बुझाए।

‘१ लाख २० हजार रुपैयाँ पछि दिने कुरा गरेको थियो, तर उल्टै अनुरुदले २४ लाख रुपैयाँ ऋण दिएको भन्दै कपाली तमसुक बनाएर मलाई औंठा छाप लाउन लगाएको रहेछ,’ कुन्तीदेवीले भनिन्।

त्यो समयमा उनका श्रीमान् विदेशबाट आउने कुरा थियो। तर त्यसैबेलामा कोरोना महामारीका कारण देशैभर लकडाउन भयो। श्रीमान् नेपाल आउन पाएनन्। त्यही मौका छोपेर अनुरुदले कपाली तमसुक अदालतमा दर्ता गराए।

मुद्दा हालेपछि कुन्तीको सम्पूर्ण जायजेथा रोक्का भयो। त्यसपछि मात्रै गाउँलेलाई थाहा भयो।

‘गाउँलेले थाहा पाएपछि पञ्च बसे। पञ्चले जग्गा किनेर आफैं पूरा पैसा नदिने अनि ऋण दिएको कागज किन बनाएको भनेर झपारेपछि पञ्चको कुरा मानेजस्तो गर्‍यो। तर फेरि कुरा बङ्ग्यायो,’ कुन्तीले भनिन्, ‘त्यसपछि श्रीमान् आउनुभयो। उहाँ पैसा तिर्न तयार हुनुहुन्थ्यो। हाम्रो जग्गाको बिसाब गरेर सीडीओ कार्यालयमा बुझ्ने भनेपछि अनरुद्ध आएनन्। उनी मुम्बई गए।’

त्यसपछि अनुरुदका बुबा मुद्दा लडिरहेका थिए। त्यसैबेलामा अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोग गठन भयो। सँगै मिटरब्याज पीडितका पक्षमा कानुन पनि बन्यो। कुन्तीले पनि आयोगमा निवेदन हालिन्। आयोगले गत भदौमा दुवै पक्षलाई राखेर सहमति गरायो। बिक्री गर्ने भनिएको ८ धुर जग्गा साहुलाई नै दिने र पीडितले पाउनुपर्ने बाँकी रकम फिर्ता गर्ने सहमति भयो। दुवै पक्षले हस्ताक्षर पनि गरे। तर अनुरुदले फेरि अदालतमा मुद्दा हालेको कुन्तीले बताइन्।

‘बिक्री गरेको जग्गाबाहेक ७ कित्ता जग्गा र एउटा पक्की घर सबै मिलाएर २ करोड रुपैयाँ पर्ने सम्पत्ति रोक्का गरेको छ। त्यो फिर्ता गर्ने सहमति भएको हो, तर फिर्ता गरेको छैन,’ कुन्तीले भनिन्।

आयोगले जमिन फिर्ता गर्ने सहमति गराए पनि अहिलेसम्म जमिन साहुले हडपेको कुन्ती बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

आयोगले जमिन फिर्ता गराउने सहमति गरे पनि धेरै पीडितले फिर्ता नपाएको मिटरब्याज पीडित संघर्ष समिति रौतहटका एक प्रतिनिधि रघुनाथ सहानी बताउँछन्। ‘आयोगले केही गरेकै छैन। केही पीडित र साहुबीच सहमति गराए पनि पछि कुरा नमिलेको पाइन्छ,’ रघुनाथले भने।

यतिबेला आयोगले मिटरब्याजी साहु र पीडितबीच दुवै पक्ष सँगै राखेर सहमति गराउने, जग्गा फिर्ता गराउने र तथ्याङ्क राख्ने गरिरहेको छ। आयोगले भदौको अन्तिम सातासम्ममा ४ हजार २४ निवेदन फर्छ्यौट भएको जनाएको छ। पीडितका १६३ बिघा ४ कठ्ठा ४ धुर जग्गा साहूबाट निवेदकलाई फिर्ता गराइएको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्की बताउँछन्। 

तर आयोगले सहमति गराए पनि पीडितले पाउनुपर्ने जग्गा फिर्ता नपाएको धेरैजसो गुनासो आइरहेको मिटरब्याजविरुद्धको संघर्ष समितिका सल्लाहकार एवं अभियन्ता नीर्ग नवीनले बताए। सरकारले आयोगका नाममा पीडित र साहुबीच सहमति गराउने नाटक मञ्चन गरिरहेको नवीनको भनाइ छ।

आयोगले अहिले गैरकानुनी काम गराइरहेको उनको भनाइ छ। ‘मिटरब्याजी साहु र पीडितलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कुरा गराउँछन्। जमिन फिर्ता गरायौं भन्छन्। साहुले त्यो जमिन धितो राखेर कर्जा लिएको हुन्छ। पीडितले फिर्ता पाएको छैन,’ नवीनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, फिर्ता भो भनेर सरकारले हल्ला फैलाउने काम मात्रै गरेको उनी बताउँछन्। सरकारले काम गरेजस्तो गरी जनतामाझ भ्रम फैलाइरहेको उनको भनाइ छ। 

‘आयोगले गराएको छलफलबाट न त साहु–महाजनलाई सहमतिमा ल्याउन सकेको छ न त पीडितलाई नै। जमिन फिर्ता गराइएको तथ्याङ्क समाचारमा आउँछन्। क–कसले जमिन फिर्ता गरे, कसले पाए भन्नेबारे सोध्दा आयोगका कर्मचारीले तथ्याङ्क बताउन सक्दैनन्,’ उनले भने।

साहु महाजनले ऋण दिएको प्रमाण २–२ वटा भेटिने, तर पीडितले तिरेको कुनै प्रमाण नहुँदा पीडित थप पीडामा परेको उनी बताउँछन्। यस्तै सरकारले साहु–महाजनलाई तिर्नुपर्ने यति–उति भन्दै हिसाब गरेको र ठूलो रकम बुझाएका पीडितले फिर्ता पाउनुपर्ने हिसाबै नगरेको उनको गुनासो छ। यसर्थ आयोगको काम कतै वैधानिक नभएको पाइएको उनको दाबी छ।

सरकारले साहु–महाजनलाई फाइदा पुग्ने गरी काम गरिरहेको नवीन बताउँछन्। जनतालाई देखाउनकै लागि गलत तथ्याङ्क निकालेर हल्ला फैलाउन थालिएको उनको भनाइ छ। ‘अहिलेका गृहमन्त्रीले मधेसमा भोटर बढाउन तथा जनताको मुखबाट ‘गृहमन्त्री जिन्दावाद’ भनाउन खोजेको पाइएको छ। यो आयोगका नाममा सीडीओ, एसपी र आफ्ना कार्यकर्तालाई घुस खुवाउन गृहले भूमिका खेलेको देखिन्छ,’ उनले आरोप लगाए।

यता आयोगका अध्यक्ष कार्की आयोगले गर्नुपर्ने काम गरिरहेको बताँछन्। ‘आयोगले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा काम गरिरहेको छ। मिटरब्याज र पीडित पक्षलाई सँगै राखेर छलफल गराई जग्गा तथा रकम नै फिर्ता गराउने काम भएको छ,’ कार्कीले भने।

कार्कीले नेपालको पूर्वी क्षेत्रमा बढी निवेदन फर्छ्यौट भएको र त्यहाँ सहमति भइसकेका निवेदनमा समस्या नरहेको बताए। पूर्वतिर पीडितको जग्गा फिर्ता गराएको, तर पश्चिमतिर दुवैपक्षबीच सहमति गराउन खोज्दा विवाद हुँदा सहमति गराउनै नसकेको उनको भनाइ छ। 

राजनीतिक पार्टीसँग ‘कनेक्सन’ भएकालाई हुँदैन कारबाही 
राजनीतिक पार्टीसँग कनेक्सन रहेका मिटरब्याजी साहुलाई कारबाहीको दायरामा ल्याउन नसकेको नवीन बताउँछन्। ‘साहु कुनै राजनीतिक पार्टीका कार्यकर्ता तथा नेता भएको खण्डमा सरकारले कारबाही गर्न सकेको छैन। उदाहरणका लागि रौतहटका शिवप्रसाद नामक मिटरब्याजी साहु माधवकुमार नेपालको पार्टीका मान्छे भएकै कारण उनलाई आयोगले केही गर्न सकेको छैन। काठमाडौंकै कुरा गर्ने हो भने कलंकीकी कविता नामक मिटरब्याजी साहुले पीडितका थुप्रै घरजग्गा हडपेको पाइएको छ। तर सरकारले उसलाई कारबाहीको दायरामा ल्याउन प्रयासै गरेको छैन। किन कि उनको ठूला राजनीतिक पार्टीसँग कनेक्सन छ,’ नवीनले भने।

सरकारले केही साना मिटरब्याजी साहुलाई कारबाहीको दायरामा ल्याए पनि राजनीतिक दलको कनेक्सनमा रहेका ठूला महाजनलाई कारबाही गर्न नसक्दा मिटरब्याज पीडितले न्याय नपाइरहेको नवीनको भनाइ छ। सरकारको अहिलेको प्रबन्धले मिटरब्याजको समस्या समाधान हुन नसक्ने उनको दाबी छ।

तर, आयोगका अध्यक्ष कार्की राजनीतिक पार्टीको कनेक्सन भएका र नभएका भनेर नछुट्याएको बताउँछन्। ‘जोसुकै रानीतिक पार्टी होस् निवेदन परेका मिटरब्याजी साहूलाई कारबाही प्रक्रिया अगाडि बढिरहेको छ,’ कार्कीले भने।

अदालतमा मुद्दा परेका पीडितलाई प्रशासनले हेर्दैन
यस्तै, अहिले साहुले आयोगमा उजुरी दर्ता गर्ने ५० प्रतिशत पीडितविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको नवीन बताउँछन्। यसरी अदालतमा दर्ता भइरहेका मुद्दाहरु जिल्ला प्रशासनले नहेर्ने नीति रहेको र पीडितले न्याय पाउने सक्ने अवस्था नदेखिएको उनी बताउँछन्।

काठमाडौंको सन्दर्भमा पीडितलाई चेक बाउन्स भनी बैंकिङ कसुरमा अदालतमा मुद्दा परेको र उनीहरुलाई जिल्ला प्रशासनले कारबाही गर्न नमिल्ने हुँदा पीडित थप मर्कामा पर्ने नवीन बताउँछन्।

यता आयोगका अध्यक्ष कार्की भने अदालतमा गएर मुद्दा हाल्नेलाई रोक्न नसकिने बताउँछन्। आयोगमा निवेदन हाल्ने पीडितमाथि अदालतमा मुद्दा परे जिल्ला प्रशासनले हेर्न नमिल्ने कार्कीको भनाइ छ। 

‘कसैलाई अदालत नजा भनेर रोक्न सकिँदैन, रोक्ने भन्ने पनि हुँदैन। त्यो उसको अधिकार हो। यसरी अदालतमा मुद्दा परेपछि आयोगले केही पनि गर्न मिल्दैन। जे गर्नुपर्ने हो, अदालतले गर्छ,’ कार्कीले भने।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्