• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पढाइ र कमाइ सँगसँगै

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०७५  १०:१५
1140x725

जमलबाट जावलाखेल जान भनेर ट्याक्सी चढेकी मात्र थिएँ, ट्राफिक प्रहरीले चालकसँग लाइसेन्स माग्न थाले। दिदीले परैबाट रोकेकोले एकैछिन रोकेको हो के सर,छोडिदिनु न। हो कि होइन दिदी भन्दै चालक भाइ त मलाई पो देखाउन थाले। कस्तो आपत् ।

उनी १९/२० वर्षका जस्ता देखिन्थे। माया लागेर मैले पनि हो हो भनेँ। उनी ट्राफिक प्रहरीसँग बिन्ति गर्न थाले। ‘बेलुका भेटौँ न त सर’ उनी यसरी फकाउँदै थिए। तर उनको केही लागेन। ट्राफिक प्रहरीले लाइसेन्स लगे। एक हजार रुपैयाँ तिर्नुपर्ने भयो ती भाइलाई। उनका अनुसार अरु बेला त्यहाँ ट्याक्सी पार्क गरेर राख्न दिए पनि कार्यालय समयमा भने राख्न नपाइने रहेछ।

थाहा पाई-पाई किन राखेको त? घण्टाघर पुग्दै गर्दा मैले सोधेँ। ‘भर्खरै एकैछिन मात्र भएको थियो राखेको, समाती हाल्यो। ठीकै छ सरकारको ढुकुटीमा जान्छ।’ आफैँलाई यसरी चित्त बुझाउँदै थिए उनी।  बेलुका भेट्न मानेको भए तिर्नु पर्दैनथ्यो त? मेरो जिज्ञासा बाँकी नै थियो। सानो स्वरमा उनले भने, ‘अलिकति चिया खर्च दिए पुग्थ्यो। कोही कोही मान्छन्।’

तपाई कति दिनुहुन्छ त दिदी अब?

कति दिने भनेर पहिल्यै तय भइसकेको थियो। उनको यस्तो प्रश्नपछि मैले पनि अलि चर्को स्वरमा सोधिहालेँ, जरिवाना तिर्नुपरेको झोँकमा म सँग असुल्ने हो कि क्या हो?

त्यस्तो त म कहाँ गर्छु र। अलि मुड अफ भयो नि दिदी।

उनले नम्र स्वरमा भने। टाफिक प्रहरीसँग पनि उनी यसरी नै सभ्य रुपमा प्रस्तुत भएका थिए। गफ गर्दै अघि बढ्ने क्रममा थाहा भयो उनी व्याचलर इन बिजिनेस स्टडिज बीबीएस, दोस्रो वर्षका विद्यार्थी रहेछन्। बिहान कलेज जाने र त्यसपछि ट्याक्सी चलाउँदा रहेछन्। ‘कलेज गएर आएपछि कि सुत्ने कि डुल्ने त हो, त्यसैले ट्याक्सी चलाउन थालेको हुँ।’ उनले सुनाए ‘भक्तपुरमा घर छ। बुबा त्यहीँको एक सामुदायिक विद्यालयमा मावि शिक्षक हुनुहुन्छ।’

ट्याक्सी चलाउँछु भन्दा बुबा मान्नुभयो त?

nimb
nimb
Ncell 2
Ncell 2

‘मान्नुभयो। मेरो डिग्रीले पनि के नै भएको छ र भन्नुभयो। ’ उनले जवाफ दिए।

आफन्तबाट सापटी लिएर उनले ट्याक्सी किनेका रहेछन्। कमाइ राम्रो भएको सुनाउँदै उनले गर्वका साथ भने, ‘स्नातक तह सकिँदा मेरो हातमा प्रमाणपत्र पनि हुन्छ र ट्याक्सी पनि आफ्नै भइसकेको हुनेछ। त्यसपछि म आफ्नै व्ययवसाय गर्न पनि सक्छु वा यदी बिहे नै गरेँ भने पनि परिवार पाल्न सक्छु।’

जावलाखेलमा उत्रिने क्रममा उनले मलाई आफ्नो कार्ड दिए। पहिलोपटक यसरी कुनै ट्याक्सी चालकले मलाई आफ्नो कार्ड दिएका थिए। ट्याक्सी भाडामा चाहिए सम्पर्क गर्नका लागि उनले कार्ड बनाएका रहेछन्। विज्ञापनका लागि पैसा खर्च गर्न नपर्ने। यात्राका क्रममा चालकको व्यवहार थाहा पाइहालिने। अनि उत्रिने बेला कार्ड दिएर बिदा माग्ने। कस्तो राम्रो आइडिया। किताबका पाठले भन्दा कामको अनुभवले उनलाई कति धेरै सिकाइसकेको रहेछ।

यस्तै २ हप्ताअघि एक संस्थाले गोकर्णेश्वर नगरपालिकास्थित सुन्ताखान माध्यमिक विद्यालयमा आयोजना गरेको नाटक प्रदर्शनीमा जाँदा केही विद्यार्थीसँग भेट भयो। भारतीय शिक्षाकर्मी गिजुभाइको प्रसिद्ध कृति 'दिवा स्वप्न'मा आधारित नाटक भन्नेबित्तिकै सुन्ताखान जान तुरन्तै तयार भइहालेँ। किनकी विद्यार्थीलाई पढाइ सिकाइमा उत्साहित गर्न शिक्षकले कक्षाकोठामा हुने क्रियाकलापहरुलाई कसरी रोचक बनाउन सक्छन् र कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई धेरै सिकाउन सकिन्छ भन्ने मूल विषयवस्तुमा केन्द्रित 'दिवा स्वप्न' म आफैँलाई असाध्यै मन परेको कृति हो। नाटकमा भाग लिने सबै कलाकार विद्यार्थी भएका कारण पनि नाटक हेर्ने मन थियो।

उनीहरु काभ्रेस्थित कुशादेवी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्। उनीहरुको अभिनय आत्मविश्वासले भरिपूर्ण र सशक्त थियो। नाच्न गाउन मादल बजाउन उति नै सीपालु। बिहान क्याम्पसको पढाइपछि उनीहरु रिहर्सलका लागि समय निकाल्छन् र पढाइ प्रभावित नहुने गरी विद्यालयमा नाटक मन्चन गर्छन्। र अलिअलि कमाउँछन् पनि।

‘आफ्नै कमाइले कलेजको फी तिरेँ’, स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थी पुष्पा थापा भन्छिन्। अहिलेसम्म काठमाण्डौ र काभ्रेका तीन वटा सामुदायिक विद्यालयमा तीन शाे गर्दाको अनुभवले उनमा आत्मविश्वास जगाएको छ। पहिले उनलाई दर्शकको नजिकै गएर अभिनय गर्न डर लाग्थ्यो। अब लाग्दैन, ज्यादै रमाइलो लाग्न थालेको छ। ‘पिटेर हैन माया र फरक तरिका प्रयोग गरेर राम्ररी सिकाउन सकिन्छ भन्ने सन्देश दिँदै शिक्षकलाई प्रेरित गर्न सकेकोमा ठूलो सन्तोष लागेको छ।’ अहिलेसम्म आफ्ना दर्शक अर्थात शिक्षक तथा विद्यार्थीबाट पाएको प्रतिक्रियाबाट उनी यसरी खुसी प्रकट गर्छिन्।

१२ कक्षा पास गर्नेबित्तिकै ऋण खोजेर हुन्छ कि के गरेर हुन्छ, सके अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलिया, नसके जापान, कोरिया त्यो पनि नसके खाडी मुलुकमा पैसा कमाउने मुख्य उद्देश्यसहित जाने अनि आफ्नो देशमा कुनै भविष्य नदेख्ने सोच विकसित हुँदै गएको छ। साथीभाइ गइसके, म मात्र बाँकी छु भनेर उनीहरुमाथि दबाब पनि छ। यस्तोमा पढाइसँगै कमाइ गर्ने र यहीँ रमाउने यी विद्यार्थीलाई भेट्दा खुसी लाग्नु स्वाभाविकै हो।

सबैका छोराछोरी विदेश गइसके आफ्ना मात्र जान सकेनन् भनेर कति आमाबाबु पनि हीनताबोध गर्छन्। अभिभावकका लागि छोराछोरी विदेश जानु प्रतिष्ठाको विषयसमेत बनेको छ। जबकी त्यहाँ धेरैले कुन खालको काम र कति संघर्ष गर्नुपर्छ, थाहा नभएको कहाँ हो र।

म सरसफाइको काम गर्छु, प्रतिघण्टा यति डलर हुन्छ भन्दा मख्ख पर्छौ हामी अभिभावक। त्यहाँ गर्ने काम यहाँ गर्ने हो भने लाज हुन्छ र यहाँ कमाइ कम हुन्छ। हामीमध्ये धेरैको सोच यही छ। जति कमाइ धेरै, अभिभावक उतिनै दंग। हो, यहाँ व्याप्त भ्रष्टाचार, दण्डहीनता र राजनीतिक आस्थाका भरमा मात्र पाइने अवसर जस्ता कारणले कतिपयलार्ई देश छाड्न मन लाग्छ। तर विदेशमा चाहिं हिरामोती बर्सिन्छ र?

मुख्य कुरा हाम्रो शिक्षा प्रणालीले पाठ्यक्रममा आधारित भएर पढाइलाई सिकाइमा अनि सीपमा जोड्न सकेको छैन। किताब घोकेर राम्रो अंक वा ग्रेड ल्याउन बढी जोड दिइन्छ। बुझे पनि नबुझे पनि घोक्यो। जाँच हुन्जेल घोकेको याद रहन्छ, त्यसपछि सकियो। यस्तो शिक्षा कामै छैन। त्यसैले त उच्च शिक्षाको डिग्री हात पर्दा पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता छ। कतै निवेदन हाल्दा न्यूनतम यति वर्षको अनुभव हुनुपर्छ भनिन्छ। कामै नगरी केही सीप नजानी कहाँबाट अनुभव ल्याउनु? अनि बिरक्तिएर विदेशिनु नै उत्तम लाग्न सक्छ।

विद्यार्थीसँग जाडो गर्मीको लामो बिदा वा अन्य खाली समय हुन्छ। विद्यालय वा क्याम्पसहरुले यस्ता समयको सदुपयोग हुने गरी काम सिक्न, कामसँगै केही आर्जन गर्न विद्यार्थीहरुलाई प्रेरित गर्नुपर्छ। १२ कक्षापछि कमाउँदै पढ्न विदेश पठाउन सक्ने वा तयार हुने हामी अभिभावककले पनि साथ दिनुपर्छ।

वित्तीय संस्था, गैरसकारी संस्था, होटल लगायत अन्य व्यवसायीले पनि पढ्दै गरेका विद्यार्थीलाई काम सिक्ने अवसर सृजना गर्नुपर्छ। यसले गर्दा थोरै नै सही कमाइ त हुन्छ नै। त्योभन्दा बढी उनीहरु गल्ती वा कमीकमजोरीबाट सिक्दै अनुभव र आत्मविश्वास बटुल्न थाल्छन्। घर परिवारको साथमै रहेर घर र शिक्षालयभन्दा बाहिरको संसारको बारेमा थाहा हुन्छ। त्यहाँ टिक्ने र सफल हुने कायदा जान्ने अवसर मिल्छ। यस्तो मौका विश्वविद्यालयबाट लिइने उपल्लो कोटिको प्रमाणपत्र भन्दा कम कहाँ हुन्छ र?

[[email protected]]

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्