• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

64x64
रासस शनिबार, असोज १३, २०८०  ०९:०१
1140x725

काठमाडौं- विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन्। संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गरेका छन्।
     
उनले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु नहुने बताए। उनले भने, 'अहिले विभिन्न कारणले मुलुकको अर्थतन्त्र कमजोर हुँदै जाँदा व्यवस्थाप्रतिको नागरिकको भरोसा डगमगाएको हुनसक्छ। यसप्रति शीर्ष राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ। व्यवस्थाप्रति आकर्षण बढाउनुपर्छ।' शीर्ष राजनीतिक नेतृत्व र प्रशासन संयन्त्र गम्भीर भएर व्यवस्थालाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ।

क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रतिनिधित्व गर्दै  उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।  सांसद चौधरी मुख्य गरी विकास, समृद्धि र अर्थतन्त्रसँग जोडिएका विषयमा सदनमा आफ्ना कुरा स्पष्ट ढङ्गले राख्ने नेताका रुपमा परिचित छन्। तर अहिले संसद् प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनजीविकाका कुरा त्यहाँ राख्न नसकेको अभाव खड्किने गरेको उनी बताउछन्।

'बहन गर्नुपर्ने दायित्व र भूमिकाप्रति हामी सबै गैर–जिम्मेवार भयौँ। सरकारले संसद् चलाउन खोज्यो, प्रतिपक्षले अवरोध गर्छ। अवरोध भएपछि जनताको आवाज आउन पाउँदैन', उनी भन्छन्, 'मुलुकलाई निकास दिने दिशामा र जनताका आवाज उठाउने विषयमा न सत्तापक्ष गम्भीर छ, न प्रतिपक्ष नै गम्भीर छ। सत्तापक्षले बल्लतल्ल बैठक आह्वान गर्छ, तर प्रतिपक्षले विरोध र अवरोध गर्छ।'

संसद्लाई प्रभावकारी बनाउन सरकारले प्रतिपक्षसँग निरन्तर सरसल्लाह गर्ने र प्रतिपक्षले पनि विरोध तथा अवरोधको माध्यमबाट नभई विधि र प्रक्रियाबाटै समस्याको समाधान खोज्नतर्फ केन्द्रित हुनुपर्ने उनी बताउछन्। संसद्मा जनताका आवाज उठ्न नसक्नु र उठेका विषयपनि समाधान हुन नसक्नु गम्भीर विषय रहेको उनको बुझाइ छ।

पछिल्लो समय सांसदलाई विधायिकी भूमिकामा भन्दा विकास निर्माण र आयोजनाका काममा बढी केन्द्रित हुन थालेको भन्ने आरोप पनि लाग्ने गरेको छ। सांसद चौधरी पनि यसलाई आंशिकरुपमा स्वीकार्छन्। विकास निर्माणसँग जोडिएका नागरिकका आकांक्षालाई छाडेर सांसदले विधायिकी भूमिका मात्रै निर्वाह गर्नसक्ने अवस्था नरहेको उनी बताउछन्।

'हामी जनप्रतिनिधि भएका कारणले जनताका कुरालाई केन्द्रमा राख्ने हो। जनताले हामीलाई राम्रो कानुन बनाउने, विधान बनाउने कुराभन्दा पनि अहिले बाटो, नहर, स्कुल, राम्रो बनाइदिउन् भन्ने चाहेका छन्', उनी भन्छन्, 'निर्वाचनका बेला हामीले प्रतिबद्धता जनाएका कुरा पनि यीनै हुन्। यसकारण एक विधायकका रुपमा निभाउनुपर्ने विधायिकी भूमिका केही कमजोर भएको मान्न सकिन्छ। यसलाई हामीले सच्याएर जानुपर्छ।'

सन्तुलित विकासको अवधारणा अझै लागू हुन नसकेको धारणा पनि सांसद चौधरीले राखे। शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने र त्यसैअनुसार विकासका काम अघि बढ्ने हुँदा सीमित व्यक्ति मात्रै लाभ पाउने अवस्था रहेको उनको भनाइ छ। बजेटमा विनियोजन कुशलता नदेखिएकै कारण सन्तुलनका लागि संसदीय क्षेत्र विकास कार्यक्रमजस्ता विभिन्न खालका योजना र कार्यक्रम चाहिएको सांसद चौधरी बताउछन्।

'हामी सन्तुलित विकासको कुरा गरिरहँदा प्रधानमन्त्री, अर्थमन्त्री र मुख्य नेताको क्षेत्रमा धेरै बजेट जाने, तर जसको पहुँच छैन त्यस्ता नेताको क्षेत्रमा बजेट नपर्ने अवस्था छ। बजेट शून्य हुने अवस्था छ', सांसद चौधरी भन्छन्, 'संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले थोरै भएपनि विनियोजनमा सन्तुलनका लागि सहयोग पुग्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अहिलेको अवस्थामा यस्तो कार्यक्रममार्फत अघि बढ्ने परियोजनामा भने पुँजीगत खर्च पनि बढी हुने उनको भनाइ छ। सरकारको पुँजीगत खर्च बढाउनका लागि यो कार्यक्रम आवश्यक रहेको सांसद चौधरीले बताए। त्यस्तै, यस्ता कार्यक्रमबाट हुने खर्च सांसदले आफू अनुकूल खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रका नागरिको विकास आवश्यकता पहिचान गरेर सोहिअनुसार योजना तथा कार्यक्रम तय गरिदिने मात्रै रहेको उनले स्पष्ट पारे।

'विगतका अभ्यास हेर्दा यस्ता आयोजनामा ८० देखि ९० प्रतिशतसम्म बजेट खर्च भएको देखिन्छ। जबकि, अरु आयोजनामा मुस्किले ५० प्रतिशत पनि खर्च भएको देखिँदैन', उनले भने,  'अर्को भनेको यो बजेट सांसदले खर्च गर्ने होइन। सांसदले सिफारिस गर्ने हो। आफ्नो क्षेत्रको विकासका आवश्यकता सांसदलाई थाहा हुन्छ।'

यस्ता कार्यक्रमको अभ्यास अन्तर्राष्ट्रियरुपमा पनि प्रयोगमा रहेको उनको भनाइ छ। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अहिले अदालतको आदेशका कारण रोकिएको अवस्थामा छ तर चाँडै नै यसले निकास पाउने विश्वास उनले व्यक्त गरे। 'कसैले निवेदन हालेपछि त्यसबारे बुझ्नका लागि अदालतले रोकेको होला। संसद्ले बजेट बनाउने तर अदालतले रोक्ने भन्ने हुँदैन', सांसद चौधरीले भने, 'कानुनी प्रक्रिया मिलेको छ वा छैन, कार्यान्वयन भएको छ वा छैन तथा त्यस्तो बजेटको गलत प्रयोग भएको छ कि जस्ता विषय अदालतले हेर्ने हो। यो विषयमा चाँडै नै फैसला आउला।' अरु विभिन्न देशमा पनि सांसदले बजेटमा केहि स्वविवेक प्रयोग गर्न पाउने अभ्यास रहेको उनको भनाइ छ।

पछिल्ला समय सांसदबाटै संसदीय मर्यादा उल्लङ्घनका घटना पटक पटक दोहोरिन थालेका छन्। संसदीय अभ्यास र संसद्को सर्वोच्चताका लागि यस्ता यस्ता विषयमा पनि सचेत हुनुपर्ने उनको भनाइ छ।

'मर्यादा उल्लङ्घनका घटना दोहोरिनु भनेको बोल्दाखेरी ध्यान नपुर्याउँदा यस्तो स्थिति आउँछ। कुनै शब्द, कुन वाक्य बोल्ने भन्नेकुरा सांसदको हातमा भरपर्छ। राम्रो तयारी गरेर, सोचेर, लेखेर बोल्दा यस्तो अवस्था दोहोरिँदैन थिए।', उनी भन्छन्।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्