• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

64x64
रासस शनिबार, असोज १३, २०८०  ०९:०१
1140x725

काठमाडौं- विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन्। संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गरेका छन्।
     
उनले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु नहुने बताए। उनले भने, 'अहिले विभिन्न कारणले मुलुकको अर्थतन्त्र कमजोर हुँदै जाँदा व्यवस्थाप्रतिको नागरिकको भरोसा डगमगाएको हुनसक्छ। यसप्रति शीर्ष राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ। व्यवस्थाप्रति आकर्षण बढाउनुपर्छ।' शीर्ष राजनीतिक नेतृत्व र प्रशासन संयन्त्र गम्भीर भएर व्यवस्थालाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ।

क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रतिनिधित्व गर्दै  उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।  सांसद चौधरी मुख्य गरी विकास, समृद्धि र अर्थतन्त्रसँग जोडिएका विषयमा सदनमा आफ्ना कुरा स्पष्ट ढङ्गले राख्ने नेताका रुपमा परिचित छन्। तर अहिले संसद् प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनजीविकाका कुरा त्यहाँ राख्न नसकेको अभाव खड्किने गरेको उनी बताउछन्।

'बहन गर्नुपर्ने दायित्व र भूमिकाप्रति हामी सबै गैर–जिम्मेवार भयौँ। सरकारले संसद् चलाउन खोज्यो, प्रतिपक्षले अवरोध गर्छ। अवरोध भएपछि जनताको आवाज आउन पाउँदैन', उनी भन्छन्, 'मुलुकलाई निकास दिने दिशामा र जनताका आवाज उठाउने विषयमा न सत्तापक्ष गम्भीर छ, न प्रतिपक्ष नै गम्भीर छ। सत्तापक्षले बल्लतल्ल बैठक आह्वान गर्छ, तर प्रतिपक्षले विरोध र अवरोध गर्छ।'

संसद्लाई प्रभावकारी बनाउन सरकारले प्रतिपक्षसँग निरन्तर सरसल्लाह गर्ने र प्रतिपक्षले पनि विरोध तथा अवरोधको माध्यमबाट नभई विधि र प्रक्रियाबाटै समस्याको समाधान खोज्नतर्फ केन्द्रित हुनुपर्ने उनी बताउछन्। संसद्मा जनताका आवाज उठ्न नसक्नु र उठेका विषयपनि समाधान हुन नसक्नु गम्भीर विषय रहेको उनको बुझाइ छ।

पछिल्लो समय सांसदलाई विधायिकी भूमिकामा भन्दा विकास निर्माण र आयोजनाका काममा बढी केन्द्रित हुन थालेको भन्ने आरोप पनि लाग्ने गरेको छ। सांसद चौधरी पनि यसलाई आंशिकरुपमा स्वीकार्छन्। विकास निर्माणसँग जोडिएका नागरिकका आकांक्षालाई छाडेर सांसदले विधायिकी भूमिका मात्रै निर्वाह गर्नसक्ने अवस्था नरहेको उनी बताउछन्।

'हामी जनप्रतिनिधि भएका कारणले जनताका कुरालाई केन्द्रमा राख्ने हो। जनताले हामीलाई राम्रो कानुन बनाउने, विधान बनाउने कुराभन्दा पनि अहिले बाटो, नहर, स्कुल, राम्रो बनाइदिउन् भन्ने चाहेका छन्', उनी भन्छन्, 'निर्वाचनका बेला हामीले प्रतिबद्धता जनाएका कुरा पनि यीनै हुन्। यसकारण एक विधायकका रुपमा निभाउनुपर्ने विधायिकी भूमिका केही कमजोर भएको मान्न सकिन्छ। यसलाई हामीले सच्याएर जानुपर्छ।'

सन्तुलित विकासको अवधारणा अझै लागू हुन नसकेको धारणा पनि सांसद चौधरीले राखे। शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने र त्यसैअनुसार विकासका काम अघि बढ्ने हुँदा सीमित व्यक्ति मात्रै लाभ पाउने अवस्था रहेको उनको भनाइ छ। बजेटमा विनियोजन कुशलता नदेखिएकै कारण सन्तुलनका लागि संसदीय क्षेत्र विकास कार्यक्रमजस्ता विभिन्न खालका योजना र कार्यक्रम चाहिएको सांसद चौधरी बताउछन्।

'हामी सन्तुलित विकासको कुरा गरिरहँदा प्रधानमन्त्री, अर्थमन्त्री र मुख्य नेताको क्षेत्रमा धेरै बजेट जाने, तर जसको पहुँच छैन त्यस्ता नेताको क्षेत्रमा बजेट नपर्ने अवस्था छ। बजेट शून्य हुने अवस्था छ', सांसद चौधरी भन्छन्, 'संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले थोरै भएपनि विनियोजनमा सन्तुलनका लागि सहयोग पुग्छ।'

Ncell 2
Ncell 2

सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अहिलेको अवस्थामा यस्तो कार्यक्रममार्फत अघि बढ्ने परियोजनामा भने पुँजीगत खर्च पनि बढी हुने उनको भनाइ छ। सरकारको पुँजीगत खर्च बढाउनका लागि यो कार्यक्रम आवश्यक रहेको सांसद चौधरीले बताए। त्यस्तै, यस्ता कार्यक्रमबाट हुने खर्च सांसदले आफू अनुकूल खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रका नागरिको विकास आवश्यकता पहिचान गरेर सोहिअनुसार योजना तथा कार्यक्रम तय गरिदिने मात्रै रहेको उनले स्पष्ट पारे।

'विगतका अभ्यास हेर्दा यस्ता आयोजनामा ८० देखि ९० प्रतिशतसम्म बजेट खर्च भएको देखिन्छ। जबकि, अरु आयोजनामा मुस्किले ५० प्रतिशत पनि खर्च भएको देखिँदैन', उनले भने,  'अर्को भनेको यो बजेट सांसदले खर्च गर्ने होइन। सांसदले सिफारिस गर्ने हो। आफ्नो क्षेत्रको विकासका आवश्यकता सांसदलाई थाहा हुन्छ।'

यस्ता कार्यक्रमको अभ्यास अन्तर्राष्ट्रियरुपमा पनि प्रयोगमा रहेको उनको भनाइ छ। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अहिले अदालतको आदेशका कारण रोकिएको अवस्थामा छ तर चाँडै नै यसले निकास पाउने विश्वास उनले व्यक्त गरे। 'कसैले निवेदन हालेपछि त्यसबारे बुझ्नका लागि अदालतले रोकेको होला। संसद्ले बजेट बनाउने तर अदालतले रोक्ने भन्ने हुँदैन', सांसद चौधरीले भने, 'कानुनी प्रक्रिया मिलेको छ वा छैन, कार्यान्वयन भएको छ वा छैन तथा त्यस्तो बजेटको गलत प्रयोग भएको छ कि जस्ता विषय अदालतले हेर्ने हो। यो विषयमा चाँडै नै फैसला आउला।' अरु विभिन्न देशमा पनि सांसदले बजेटमा केहि स्वविवेक प्रयोग गर्न पाउने अभ्यास रहेको उनको भनाइ छ।

पछिल्ला समय सांसदबाटै संसदीय मर्यादा उल्लङ्घनका घटना पटक पटक दोहोरिन थालेका छन्। संसदीय अभ्यास र संसद्को सर्वोच्चताका लागि यस्ता यस्ता विषयमा पनि सचेत हुनुपर्ने उनको भनाइ छ।

'मर्यादा उल्लङ्घनका घटना दोहोरिनु भनेको बोल्दाखेरी ध्यान नपुर्याउँदा यस्तो स्थिति आउँछ। कुनै शब्द, कुन वाक्य बोल्ने भन्नेकुरा सांसदको हातमा भरपर्छ। राम्रो तयारी गरेर, सोचेर, लेखेर बोल्दा यस्तो अवस्था दोहोरिँदैन थिए।', उनी भन्छन्।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ । बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी ‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेक... बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ । बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्