काठमाडौं– गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीति भिडिओ सार्वजनिक गरिएको छ।
‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ।
सुरेन्द्र मल्ल ठकुरी (एसएम)को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडिओमा पुस्कर दाहाल र विमला खुजुम लिम्बु फिचर्ड छन्। पूर्वी धनकुटामा छायाँकन गरिएको यस गीतको भिडिओमा देव दोर्जे लामाको छायाँकन छ।
समिर आचार्यले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ गीत गाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।