• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एसएसपी पालको ‘गुड फ्राइडे’ प्रकरण: बर्खास्त सम्मको प्रस्तावमा कारबाही प्रक्रियाका लागि सोधियो स्पष्टीकरण

64x64
नेपाल लाइभ शुक्रबार, असोज १२, २०८०  १४:३५
1140x725

काठमाडौं– प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले यौनहिंसा गरेको छानबिन समितिले निष्कर्ष निकालेपछि त्यसबारे प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेपछि त्यसबारे एसएसपी पाललाई स्पष्टीकरण सोधिएको हो।

प्रतिवेदनअनुसारकै कारबाही प्रक्रियाअन्तर्गत एसएसपी पाललाई स्पष्टीकरण सोधिएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए। प्रहरी नियमावली २०७१ अनुसार छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेपछि कारबाही गर्नुभन्दा पहिला स्पष्टीकरण सोध्नुपर्ने प्रावधानअनुसार एसएसपी पाललाई स्पष्टीकरण सोधिएको डीआईजी कडायतले नेपाल लाइभलाई जानकारी दिए।

‘स्पष्टीकरण नसोधी सिधै कारबाही गर्न प्रहरी नियमावलीले दिँदैन। सोही कारबाहीको प्रक्रियाअनुसार उहाँलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टीकरणमा चित्त नबुझे पुनः सोध्न सकिने र त्यसपछि कारबाहीको लागि सम्बन्धित निकायमा पठाइन्छ,’ डीआईजी कडायतले नेपाल लाइभसँग भने।

प्रहरी नियमावली २०७१ को दफा ११५ मा सजायको आदेश दिनुपूर्व स्पष्टीकरण सोध्नुपर्ने व्यवस्था गरिएको छ। जसअनुसार कुनै प्रहरी कर्मचारीलाई सजाय दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजायसमेत खुलाएर सम्बन्धित व्यक्तिलाई लिखित सूचना दिनुपर्ने हुन्छ।

कुन आरोपमा कारबाही गर्न लागिएको हो र त्यस्तो आरोप कुन तथ्य र कारणमा आधारित छ सो विषय पनि स्पष्टीकरण सोध्दा खुलाइनुपर्छ। यसरी कारबाही गर्नुपर्ने कारण र तथ्यसहित सूचना पाएको मितिले निश्चित समय तोकेर सफाइ पेस गर्ने मौकासमेत दिनुपर्ने नियमावलीमा उल्लेख छ। यसरी पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारणसहित कारबाहीका लागि पठाइने नियमावलीमा उल्लेख छ। 

यो पनि पढ्नुहोस

एसएसपी पालको ‘गुड फ्राइडे’ प्रकरण : यौनहिंसा गरेको समितिको ठहर, बर्खास्तसम्म गर्नुपर्ने प्रस्ताव

डीआईजी मैनाली नेतृत्वको समितिले एसएसपी पालमाथिको छानबिन टुंग्याउँदै भदौको तेस्रो साता प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालयको कानुन शाखामा पुगेको छ। कानुन शाखाले प्रतिवेदन अध्ययन गरिसकेपछि कारबाही प्रक्रियाका लागि स्पष्टीकरण सोधिएको हो।

छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको, आफ्नै सहकर्मी महिलालाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरेको छ। आफ्नै सहकर्मी महिलामाथि कार्यकक्षमै यौनहिंसा गरेको पुष्टि भएपछि बर्खास्त सम्मको प्रस्ताव गर्दै प्रतिवेदन पेस गरिएको समितिका १ जना सदस्यले नेपाल लाइभलाई जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

छानबिनको क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा तथा पीडित महिलासँग सोधपुछ गर्दा यौन हिंसा गरेको पुष्टि भएको समितिले औंल्याएको छ। समितिले गरेको ३ महिना लामो अनुसन्धानका क्रममा यौन हिंसा गरेको पुष्टि भएको हो।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। 

घटना गत जेठ १९ गतेको हो। महिला सहायक हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो।

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भनेका थिए, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं।’

Xtrem

Xtrem

यो पनि पढ्नुहोस

एसएसपीको महिला हवल्दारसँग प्रस्ताव- तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्यूटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना बाहिर आएको थियो।

महिला सहायक हवल्दारको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो। प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धानका विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको थियो।

पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वार्टरमा समेत बोलाइएको थियो। प्रहरी हेडक्वार्टरको सिफारिसमा गृह मन्त्रालयले एसएसपी पाललाई निलम्बन गरेको थियो। उनी अहिले पनि निलम्बनमै छन्।

यो पनि पढ्नुहोस

महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीमाथि थप छानबिन

मैनालीको नेतृत्वमा समिति बनेपछि एसपी र एक महिला डीएसपीलाई २ साता अघि घटनाबारे बुझ्न महेन्द्रनगर पठाइएको थियो। उक्त टोलीले गरेको छानबिन र सोधपुछका क्रममा समेत यौन हिंसा भएको पाइएको थियो। 

अहिले आरोप लागेका पालले सुरुमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुन फाराम भरेका थिए। तर उनी परीक्षामा उत्तीर्ण गर्न सकेनन्। त्यस बेलाको कार्यकर्ता भर्तीकेन्द्र बनेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा पहुँचको आधारमा उनी इन्स्पेक्टर बनेका थिए।

चलखेलबाट पछि नेपाल प्रहरीको इन्स्पेक्टर बन्न सफल भए पनि उनी विवादबाट भने जोगिन सकेनन्। महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा उनी कारबाहीमै परेका थिए।

यसबाहेक सोलुखुम्बुको इन्चार्ज भएको बेलामा त पालमाथि गम्भीर आरोप नै लागेको थियो। यौन दुर्व्यवहारसम्बन्धी आरोप लागेपछि उनको जिम्मेवारी समेत खोसिएको थियो। अहिले फेरि उनीमाथि गम्भीर आरोप लागेको छ।

यसअघि पनि पटक–पटक यस्तै प्रकृतिको गम्भीर आरोप लाग्दा भने पाल सामान्य विभागीय कारबाहीबाट भोगेर चोखिँदै आएका थिए। तर, यसपटक भने उनलाई कडा कारबाहीका लागि सिफारिस गरिएको छ। ‘हामीले प्रहरी नियमावलीअनुसार हदैसम्मको कारबाही गर्न, बर्खास्त समेत गर्न मिल्नेगरी पठाएका छौं,’ समितिका एक सदस्यले भने।

यो पनि पढ्नुहोस

प्रहरी प्रमुखलाई प्रश्न: आरोप फौजदारी, कारबाही विभागीय?

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ !
बालेनको टिप्पणीपछि कांग्रेस नेता तिमिल्सिनाको व्यंग्य: ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीपछि कांग्रेस नेता तिमिल्सिनाको व्यंग्य: ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’ आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्