• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १, २०८२ Mon, Nov 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी प्रमुखलाई प्रश्न: आरोप फौजदारी, कारबाही विभागीय?

64x64
नारायण अधिकारी शुक्रबार, जेठ २६, २०८०  २०:२०
1140x725

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) को दर्ज्यानी चिह्न लगाएपछि मातहत कर्मचारीलाई निर्देशन दिँदै वसन्तबहादुर कुँवरले भनेका थिए, ‘संगठनको आन्तरिक शुद्धीकरण मेरो कार्यकालको पहिलो र मूल प्राथमिकता हो।’

गत चैत १२ गते प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा कुँवरले मातहतका कर्मचारीलाई निर्देशन दिँदै आन्तरिक शुद्धीकरण गर्दै संगठनको श्रीवृद्धिमा जोड दिने बताएका थिए। 

तुलनात्मक रुपमा कम विवादमा आउने र लो प्रोफाइलमा बसेर काम गर्ने कुँवरको उक्त अभिव्यक्तिपछि प्रहरी संगठनमा केही सुधार आउने आशा गरिएको थियो। आफू ‘एक्सन बेस’ मा काम गर्ने बताउँदै आएका आईजी कुँवरले आचरण विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याएर आन्तरिक शुद्धीकरणमा जोड दिने बताएका थिए। 

तर आईजी कुँवरले भनेजस्तो अहिले आन्तरिक शुद्धीकरणको कुनै नौलो अस्त्र प्रहरी संगठनमा देखिएको छैन। बरु उल्टै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको जस्तो गम्भीर फौजदारी आरोप लागेका आफ्नै संगठनका कर्मचारीलाई विभागीय कारबाही गरेर उन्मुक्ति दिन खोजिएको आरोप लागेको छ।

यो पनि पढ्नुहोस

एसएसपीको महिला हवल्दारसँग प्रस्ताव- तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं

घटना कुनै तल्लो दर्जाका कर्मचारीमाथिको होइन। प्रथम श्रेणीका अधिकृत, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथि लागेको गम्भीर आरोपको हो। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ। 

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। 

घटना गत शुक्रबारको हो। ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। 

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। एसएसपी पालको आदेशपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं।’

Ncell 2
Ncell 2

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको हो। 

आम नागरिकको सुरक्षाको जिम्मा लिएको प्रहरी कार्यालयभित्रै महिला प्रहरी नै असुरक्षित हुँदा समेत उनीमाथि सामान्य विभागीय कारबाही गरेर उन्मुक्ति दिन खोज्नुले आईजी कुँवरले भनेजस्तो आन्तरिक शुद्धीकरण भाषणमा मात्रै सीमित हुने संकेत देखिएको छ। 

आईजी कुँवर अहिले सिंगापुरमा छन्। निमित्त आईजीको जिम्मेवारी सम्हालेका टेकप्रसाद राई भने छानबिनपछि जे देखिन्छ, त्यहीअनुसार कारबाही हुनेमा ढुक्क हुन आग्रह गर्छन्। ‘सेक्सुअल एब्युज (यौन दुर्व्यवहार) मा हामी जिरो टोलरेन्स हौं। केही समयअघि मात्रै एक इन्सपेक्टर यस्तै केशमा अहिले जेलमा छन्। कारबाही हुने कुरामा विश्वस्त हुन म आग्रह गर्दछु,’ निमित्त आईजी राईले नेपाल लाइभसँग भने।

प्रहरी इतिहासमै नौलो घटना, एसएसपीमाथि एसपीको छानबिन 
प्रहरीको आन्तरिक अनुसन्धान कुन हदसम्म दयनीय छ भने भने एसएसपीमाथि छानबिन गर्न एसपीको नेतृत्वमा समिति बनाइएको छ। प्रहरीमा 'चेन अफ कमाण्ड' अर्थात् सिनियर जुनियरको ठूलो अर्थ राख्छ। एक दिन अघि प्रहरीमा भर्ना भएका तथा एक दिन अघि बढुवा भएकाहरु समेत सिनियर हुने हुँदा समान दर्जा भए पनि उनीहरु ज्येष्ठ मानिन्छन्। 

उनीहरुको अण्डरमा रहेर समान दर्जा भए पनि एक दिन ढिलो बढुवा भएकाहरुले सुरक्षा फौजमा काम गर्नुपर्ने हुन्छ। पालको हकमा वरिष्ठताका आधारमा जुनियर–सिनियर होइन दर्जा समेत तल्लो भएकालाई माथिल्लो दर्जाका अफिसरको अनुसन्धान गर्न लगाइएको छ। एसएसपी पालमाथि छानबिन गर्न एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति बनाइएको छ। 

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेपछि छानबिन प्रक्रियामै शंका उत्पन्न भएको छ। 

यसबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवेर कडायत प्रदेश प्रहरीमै बुझ्नुपर्ने बताउँछन्। 

एसएसपी पालको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय तानिएको बारेमा समेत कडायतले भने, ‘यो उ विषय भन्दापनि केही बुझ्नुपर्ने भएकाले बोलाएका हौं।’

यता निमित्त आईजी राई भने छानबिन गर्न दर्जाले कुनै असर नगर्ने दाबी गर्छन्। ‘गल्ती नगर्दासम्मका लागि हो चेन अफ कमाण्ड र पद। गल्ती गरेका अफिसरलाई जवानले नै कारबाही गर्न सक्छ। यसमा दर्जाले कुनै असर गर्दैन,’ निमित्त आईजी राईले भने। 

विभागीय कारबाहीको उपज– महिलामाथि बारम्बार यौन दुर्व्यवहार  
प्रहरी प्रधान कार्यालयको गम्भीर कमजोरीकै कारण एसएसपी पालबाट पटक–पटक महिलाहरुमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ। यसअघि पनि एसएसपी पालले महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरे पनि सामान्य विभागीय कारबाही गरेर छाडिएको थियो। 

अहिले त्यसैको उपज स्वरुप पटक–पटक महिलामाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ। यसअघि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको इन्चार्ज भएका बेला पालले आफ्नै महिला कर्मचारीमाथि यौन दुव्यर्वहार गरेको घटना सार्वजनिक भएको थियो। 

त्यतिबेला पनि उनीमाथि सामान्य विभागीय कारबाही गर्दै उन्मुक्ति दिइएको थियो। त्यतिबेला उनको जिम्मेवारी खोस्नु बाहेक अन्य कारबाही गरिएको थिएन। त्यसैको उपज अहिले फेरि एसएसपी पालबाट आफूमाथि यौन दुव्यर्वहार भएको भन्दै महिला प्रहरी हवल्दारले उजुरी दिएकी छन्। 

महिला प्रहरीले उजुरी नै दिए पनि एसएसपी पालमाथि अहिलेसम्म भने कुनै कारबाही भएको छैन। फौजदारी आरोप लागेपछि सोहीअनुसार हिरासतमा लिएर अनुसन्धान गर्नुपर्नेमा उनीमाथि विभागीय कारबाही गरेर चोख्याउने खेल भएको भन्दै प्रहरीभित्रै असन्तुष्टि छ। 

यसअघि पनि महेन्द्रनगरमै हुँदा एसएसपी पालले अन्य महिला प्रहरी कर्मचारी माथि पनि यौन दुर्व्यवहार गर्ने गरेको खुलेको छ। यद्यपि माथिल्लो दर्जाका हाकिम भएकाले यसबारे कुनै महिला प्रहरीले बोल्न सकेका थिएनन्। 

गम्भीर फौजदारी आरोपित अधिकृतलाई सधैं उन्मुक्ति?
एसएसपी पाल मात्रै होइन, गम्भीर फौजदारी आरोप लागेका प्रहरीका हाकिमहरुलाई यसअघि पनि उन्मुक्ति हुँदै आएको छ। गत पुस ११ गते मात्रै सुन लुटपाट घटनामा संलग्न रहेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले यसैगरी उन्मुक्ति पाएका थिए। 

यो पनि पढ्नुहोस

‘कर्मकाण्ड’ गरेर डीएसपी ठगबहादुरलाई उन्मुक्ति?

बर्दीको आडमा ३५ तोला सुन ‘लुटेका’ डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए। रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुग्यो। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। 

लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनीबाट बरामद भयो। बर्दीको आडमा लुटिएको सुन र पैसा (प्रमाण तथा दसी) सहित पक्राउ परे पनि उनीमाथि भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया मात्रै अघि बढायो। 

घटना विभागीय कारबाहीबाटै सामसुम पार्न लागिएको थियो। पछि चौतर्फी दबाब आएपछि लुटपाटमा आफैं कारबाही गर्ने ठाउँ हुँदाहुँदै महिनौं दिनपछि अख्तियारलाई छाबिन गर्न भन्दै पत्र पठाएर प्रहरी प्रधान कार्यालयले ‘झारा टार्ने’ काम गरेको थियो। 

यसअघि पनि योभन्दा गम्भीर अपराधको आरोप प्रहरीको विधि विज्ञान प्रयोगशालाका एसएसपी राकेश सिंहविरुद्ध लागेको थियो। २०७५ साउन ६ गते प्रहरी प्रधान कार्यालयमा एउटा उजुरी आएको थियो। 

यो पनि पढ्नुहोस

डिआइजीले १६ महिनासम्म लुकाए एसएसपी विरुद्धकाे यौन शोषणको उजुरी

उक्त उजुरीमा एसएसपी सिंहले पदीय दुरुपयोग गर्दै महिला प्रहरीमाथि यौन शोषण गरेको भन्दै कारबाहीका लागि माग गरिएको थियो। पछि एसएसपीले यौन प्रस्ताव राखेको अडिओसहित समाचार नेपाल लाइभले प्रकाशित पनि गर्‍यो। तर प्रहरी प्रधान कार्यालय भने एसएसपी सिंहमाथि उदार देखियो। उनीमाथि फौजदारी कारबाहीको त परको कुरा, सामान्य विभागीय कारबाही समेत भएन। बरु यो उजुरी परेका बेला एसपी भएका उनी बढुवा हुँदै एसएसपी भएका थिए।

यो पनि पढ्नुहोस

प्रहरी ल्याबका एसएसपीमाथि नै यौन शोषणको आरोप

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ। सोमबार, मंसिर १, २०८२
अवैध लागुऔषध सहित २ जना पक्राउ हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचन... आइतबार, कात्तिक ३०, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ हाउजिङमा बस्ने उनीहरुको व्यावसायिक भिसा भएपनि आफ्नो व्यवसायबारे उनीहरुले बताउन सकेका छैनन् । आरोपीहरूले नेपाली किशोरीहरुलाई टिकटक बन... शनिबार, कात्तिक २९, २०८२
ताजा समाचारसबै
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश सोमबार, मंसिर १, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
खेलको दुई घण्टा अघि नै कीर्तिपुरमा समर्थकको भिड, २ हजार बढी सुरक्षाकर्मी परिचालित सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्