• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी प्रमुखलाई प्रश्न: आरोप फौजदारी, कारबाही विभागीय?

64x64
नारायण अधिकारी शुक्रबार, जेठ २६, २०८०  २०:२०
1140x725

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) को दर्ज्यानी चिह्न लगाएपछि मातहत कर्मचारीलाई निर्देशन दिँदै वसन्तबहादुर कुँवरले भनेका थिए, ‘संगठनको आन्तरिक शुद्धीकरण मेरो कार्यकालको पहिलो र मूल प्राथमिकता हो।’

गत चैत १२ गते प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा कुँवरले मातहतका कर्मचारीलाई निर्देशन दिँदै आन्तरिक शुद्धीकरण गर्दै संगठनको श्रीवृद्धिमा जोड दिने बताएका थिए। 

तुलनात्मक रुपमा कम विवादमा आउने र लो प्रोफाइलमा बसेर काम गर्ने कुँवरको उक्त अभिव्यक्तिपछि प्रहरी संगठनमा केही सुधार आउने आशा गरिएको थियो। आफू ‘एक्सन बेस’ मा काम गर्ने बताउँदै आएका आईजी कुँवरले आचरण विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याएर आन्तरिक शुद्धीकरणमा जोड दिने बताएका थिए। 

तर आईजी कुँवरले भनेजस्तो अहिले आन्तरिक शुद्धीकरणको कुनै नौलो अस्त्र प्रहरी संगठनमा देखिएको छैन। बरु उल्टै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको जस्तो गम्भीर फौजदारी आरोप लागेका आफ्नै संगठनका कर्मचारीलाई विभागीय कारबाही गरेर उन्मुक्ति दिन खोजिएको आरोप लागेको छ।

यो पनि पढ्नुहोस

एसएसपीको महिला हवल्दारसँग प्रस्ताव- तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं

घटना कुनै तल्लो दर्जाका कर्मचारीमाथिको होइन। प्रथम श्रेणीका अधिकृत, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथि लागेको गम्भीर आरोपको हो। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ। 

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। 

घटना गत शुक्रबारको हो। ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। 

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। एसएसपी पालको आदेशपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं।’

Ncell 2
Ncell 2
nimb
nimb

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको हो। 

आम नागरिकको सुरक्षाको जिम्मा लिएको प्रहरी कार्यालयभित्रै महिला प्रहरी नै असुरक्षित हुँदा समेत उनीमाथि सामान्य विभागीय कारबाही गरेर उन्मुक्ति दिन खोज्नुले आईजी कुँवरले भनेजस्तो आन्तरिक शुद्धीकरण भाषणमा मात्रै सीमित हुने संकेत देखिएको छ। 

आईजी कुँवर अहिले सिंगापुरमा छन्। निमित्त आईजीको जिम्मेवारी सम्हालेका टेकप्रसाद राई भने छानबिनपछि जे देखिन्छ, त्यहीअनुसार कारबाही हुनेमा ढुक्क हुन आग्रह गर्छन्। ‘सेक्सुअल एब्युज (यौन दुर्व्यवहार) मा हामी जिरो टोलरेन्स हौं। केही समयअघि मात्रै एक इन्सपेक्टर यस्तै केशमा अहिले जेलमा छन्। कारबाही हुने कुरामा विश्वस्त हुन म आग्रह गर्दछु,’ निमित्त आईजी राईले नेपाल लाइभसँग भने।

प्रहरी इतिहासमै नौलो घटना, एसएसपीमाथि एसपीको छानबिन 
प्रहरीको आन्तरिक अनुसन्धान कुन हदसम्म दयनीय छ भने भने एसएसपीमाथि छानबिन गर्न एसपीको नेतृत्वमा समिति बनाइएको छ। प्रहरीमा 'चेन अफ कमाण्ड' अर्थात् सिनियर जुनियरको ठूलो अर्थ राख्छ। एक दिन अघि प्रहरीमा भर्ना भएका तथा एक दिन अघि बढुवा भएकाहरु समेत सिनियर हुने हुँदा समान दर्जा भए पनि उनीहरु ज्येष्ठ मानिन्छन्। 

Xtrem

Xtrem

उनीहरुको अण्डरमा रहेर समान दर्जा भए पनि एक दिन ढिलो बढुवा भएकाहरुले सुरक्षा फौजमा काम गर्नुपर्ने हुन्छ। पालको हकमा वरिष्ठताका आधारमा जुनियर–सिनियर होइन दर्जा समेत तल्लो भएकालाई माथिल्लो दर्जाका अफिसरको अनुसन्धान गर्न लगाइएको छ। एसएसपी पालमाथि छानबिन गर्न एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति बनाइएको छ। 

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेपछि छानबिन प्रक्रियामै शंका उत्पन्न भएको छ। 

यसबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवेर कडायत प्रदेश प्रहरीमै बुझ्नुपर्ने बताउँछन्। 

एसएसपी पालको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय तानिएको बारेमा समेत कडायतले भने, ‘यो उ विषय भन्दापनि केही बुझ्नुपर्ने भएकाले बोलाएका हौं।’

यता निमित्त आईजी राई भने छानबिन गर्न दर्जाले कुनै असर नगर्ने दाबी गर्छन्। ‘गल्ती नगर्दासम्मका लागि हो चेन अफ कमाण्ड र पद। गल्ती गरेका अफिसरलाई जवानले नै कारबाही गर्न सक्छ। यसमा दर्जाले कुनै असर गर्दैन,’ निमित्त आईजी राईले भने। 

विभागीय कारबाहीको उपज– महिलामाथि बारम्बार यौन दुर्व्यवहार  
प्रहरी प्रधान कार्यालयको गम्भीर कमजोरीकै कारण एसएसपी पालबाट पटक–पटक महिलाहरुमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ। यसअघि पनि एसएसपी पालले महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरे पनि सामान्य विभागीय कारबाही गरेर छाडिएको थियो। 

अहिले त्यसैको उपज स्वरुप पटक–पटक महिलामाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ। यसअघि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको इन्चार्ज भएका बेला पालले आफ्नै महिला कर्मचारीमाथि यौन दुव्यर्वहार गरेको घटना सार्वजनिक भएको थियो। 

त्यतिबेला पनि उनीमाथि सामान्य विभागीय कारबाही गर्दै उन्मुक्ति दिइएको थियो। त्यतिबेला उनको जिम्मेवारी खोस्नु बाहेक अन्य कारबाही गरिएको थिएन। त्यसैको उपज अहिले फेरि एसएसपी पालबाट आफूमाथि यौन दुव्यर्वहार भएको भन्दै महिला प्रहरी हवल्दारले उजुरी दिएकी छन्। 

महिला प्रहरीले उजुरी नै दिए पनि एसएसपी पालमाथि अहिलेसम्म भने कुनै कारबाही भएको छैन। फौजदारी आरोप लागेपछि सोहीअनुसार हिरासतमा लिएर अनुसन्धान गर्नुपर्नेमा उनीमाथि विभागीय कारबाही गरेर चोख्याउने खेल भएको भन्दै प्रहरीभित्रै असन्तुष्टि छ। 

यसअघि पनि महेन्द्रनगरमै हुँदा एसएसपी पालले अन्य महिला प्रहरी कर्मचारी माथि पनि यौन दुर्व्यवहार गर्ने गरेको खुलेको छ। यद्यपि माथिल्लो दर्जाका हाकिम भएकाले यसबारे कुनै महिला प्रहरीले बोल्न सकेका थिएनन्। 

गम्भीर फौजदारी आरोपित अधिकृतलाई सधैं उन्मुक्ति?
एसएसपी पाल मात्रै होइन, गम्भीर फौजदारी आरोप लागेका प्रहरीका हाकिमहरुलाई यसअघि पनि उन्मुक्ति हुँदै आएको छ। गत पुस ११ गते मात्रै सुन लुटपाट घटनामा संलग्न रहेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले यसैगरी उन्मुक्ति पाएका थिए। 

यो पनि पढ्नुहोस

‘कर्मकाण्ड’ गरेर डीएसपी ठगबहादुरलाई उन्मुक्ति?

बर्दीको आडमा ३५ तोला सुन ‘लुटेका’ डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए। रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुग्यो। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। 

लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनीबाट बरामद भयो। बर्दीको आडमा लुटिएको सुन र पैसा (प्रमाण तथा दसी) सहित पक्राउ परे पनि उनीमाथि भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया मात्रै अघि बढायो। 

घटना विभागीय कारबाहीबाटै सामसुम पार्न लागिएको थियो। पछि चौतर्फी दबाब आएपछि लुटपाटमा आफैं कारबाही गर्ने ठाउँ हुँदाहुँदै महिनौं दिनपछि अख्तियारलाई छाबिन गर्न भन्दै पत्र पठाएर प्रहरी प्रधान कार्यालयले ‘झारा टार्ने’ काम गरेको थियो। 

यसअघि पनि योभन्दा गम्भीर अपराधको आरोप प्रहरीको विधि विज्ञान प्रयोगशालाका एसएसपी राकेश सिंहविरुद्ध लागेको थियो। २०७५ साउन ६ गते प्रहरी प्रधान कार्यालयमा एउटा उजुरी आएको थियो। 

यो पनि पढ्नुहोस

डिआइजीले १६ महिनासम्म लुकाए एसएसपी विरुद्धकाे यौन शोषणको उजुरी

उक्त उजुरीमा एसएसपी सिंहले पदीय दुरुपयोग गर्दै महिला प्रहरीमाथि यौन शोषण गरेको भन्दै कारबाहीका लागि माग गरिएको थियो। पछि एसएसपीले यौन प्रस्ताव राखेको अडिओसहित समाचार नेपाल लाइभले प्रकाशित पनि गर्‍यो। तर प्रहरी प्रधान कार्यालय भने एसएसपी सिंहमाथि उदार देखियो। उनीमाथि फौजदारी कारबाहीको त परको कुरा, सामान्य विभागीय कारबाही समेत भएन। बरु यो उजुरी परेका बेला एसपी भएका उनी बढुवा हुँदै एसएसपी भएका थिए।

यो पनि पढ्नुहोस

प्रहरी ल्याबका एसएसपीमाथि नै यौन शोषणको आरोप

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्