• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डिआइजीले १६ महिनासम्म लुकाए एसएसपी विरुद्धकाे यौन शोषणको उजुरी

प्रधानमन्त्री कार्यालय र गृहले निवेदनमै दिएनन् चासो
64x64
नारायण अधिकारी शुक्रबार, माघ १०, २०७६  १९:२०
1140x725

काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहले २ वर्ष अवधिमा तीन महिला प्रहरीको यौन शोषण गरेको निवेदन परेको १६ महिना कट्दा पनि उजुरी लिएको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले वास्तै नगरेको खुलेको छ।

माथिल्लो कार्यालयबाट कुनै विषयमा छानबिनका लागि पत्र आएपछि त्यसकाे निष्कर्षबारे जानकारी दिनु अनिवार्य प्रकृया हो। तर माथिल्लो निकायले चासै नराखेपछि १६ महिनासम्म पनि प्रहरी प्रधान कार्यालयले छानबिनै नगरी पत्र दराजमा थन्काएर राख्यो। 

निवेदकले सो पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गरेका थिए। नेपाल लाइभले सो विषयमा खोजी गर्दा यो अवधीमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका जिम्मेवार अधिकारीले प्रहरी प्रधान कार्यालयसँग उजुरीको अवस्थाबारे कुनै सोधखोजै नगरेको पुष्टि भयो। 

प्रधानमन्त्रीको सचिवालय सिंहदरबारका प्रवक्ता यदुलाल भुषालले निवेदन आएको स्वीकार गर्दै आवश्यक छानबिनका लागि गृहमा पठाएको तर सो निवेदनमाथि के भयो जानकारी नभएको बताए।

‘उजुरी आएपछि हामीले सम्बन्धित निकायमा पठाउँछौं। यसको प्रक्रिया त्यही हो,’ उनले भने‘ प्रकृयाअनुसारै हामीले सो पत्र पनि गृहमन्त्रालयमा पठायौ । त्यसपछि के भयो भन्नेबारे हामीलाई जानकारी आएको छैन।’

निवेदनमा तत्कालीन एसपी सिंहले कार्यालयमा कार्यरत महिलालाई करकाप र दबाबमा पारेर यौनशोषण गर्ने गरेको दाबी छ। निवेदनमा उल्लेख गरिएको विषय गम्भीर भए पनि छानबिन टुंग्याउन १६ महिनै लाग्ने प्रकृतिको भने हैन। 

यत्रो लामो समय बित्दा पनि निवेदनपछि के भयो जानकारी नआउँदा प्रधानमन्त्री कार्यालय किन निष्कृय बस्यो भन्ने जिज्ञामा भुषालले तयारी जवाफ दिए, ‘यस्ता उजुरी धेरै आउँछन् । बुझिराख्न भ्याउने कुरा पनि भएन। यसको छानबिन भयो-भएन भनेर बुझ्ने जिम्मा गृह मन्त्रालयको हो ।’

निवेदनमा दाबी गरिएजस्तै गम्भीर अपराधमा सिंह संलग्न हुन् या हैनन् भन्ने जानकारी डेढ वर्षसम्म पनि नआउँदा गृहले प्रहरी प्रधान कार्यालयसँग पनि चासो राखेन। पत्र पठायो र निस्कृय बस्यो । 

Ncell 2
Ncell 2
nimb
nimb

किन त ? यही जिज्ञासा बोकेर गृहमा पुग्दा प्रवक्ता केदारनाथ शर्मा र सह प्रवक्ता उमाकान्त अधिकारी भेटिएनन्। बुझ्दा यी दुबै सुरक्षा गोष्ठीमा सहभागी हुन डोटी पुगेको खुल्यो। दुबैसँग मोवाइलमा सम्पर्क गर्ने प्रयास सफल भएन।  

निवेदनको गोलचक्कर
गृहको रेकर्डअनुसार सो पत्र साउन ९ को मितिमा प्रहरी प्रधान कार्यालयमा आवश्यक कार्यार्थ भन्दै पठाएको देखिन्छ। प्रहरी महानिरीक्षकको सचिवालयमा सो पत्र सोही दिन ९८ नम्बरमा दर्ता भएर कानुन शाखामा पुगेको थियो।

प्रहरी महानिरीक्षकको सचिवालयले सोही दिन सो पत्र कानुन शाखामा पठाएको थियो । कानुन शाखाले पनि साउन ९ मै २६ औं नम्बरमा सो पत्र दर्ता गरेको नेपाल लाइभसँग रहेको पत्रले देखाउँछ।

कार्यालय समयबाहेक बिदाका दिनमा समेत तल्लो दर्जाका महिला प्रहरीलाई फोन गर्दै शारीरिक सम्पर्कका लागि दबाब दिएको भनेर पीडित महिलाले उजुरी दिएका थिए । महिला प्रहरी र एसएसपी सिंहबीचको फोन संवादको अडियोसहित परेको उजुरीउपर प्रधानमन्त्री कार्यालयदेखि, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालयले समेत चासो नदेखाएको पाइएको छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरी प्रधान कार्यालयमा आफ्ना कर्मचारीविरुद्ध कुनै उजुरी परे त्यसको छिनोफानो गर्ने निकाय हो उजुरी तथा छानबिन  शाखा । यो शाखा प्रहरी निरीक्षणालयमातहत रहन्छ ।
प्रधान कार्यालयको सांगठनिक प्रकृयाअनुसार छानबिन शाखाले आवश्यक अनुसन्धान गरी निरीक्षणालयमा पठाउने, निरीक्षणालयले कानुन शाखालाई जानकारी दिने, छानबिन  शाखाको निष्कर्षअनुसार कानुन शाखाले प्रहरी महानिरीक्षकको सचिवालयमा जानकारी गराउने र कानुनी प्रकृया अगाडि बढाउनुपर्ने देखिए सचिवालयको निर्देशनअनुसार कानुन शाखाले प्रकृया अगाडि बढाउने गर्दै आएको छ।

पत्र कहाँ पुगेर अड्कियो भन्ने खोज्दै जाँदा छानबिन समितिका प्रहरी कर्मचारीले सो बारे निरीक्षणालयका प्रमुख डिआइजी मनोज नेउपाउनेलाई जानकारी गराएपछि उनले पत्र सहितको फाइल लिएर आफ्नो ड्रअरमा थन्काएर राखेको खुल्यो।

सचिवालयमा माथिल्लो सरकारी निकायबाट आएको पत्रको कारबाही प्रकृयाबारे जानकारी माग्ने जिम्मेवारी सचिवालयकै प्रहरी अधिकारीको हो। प्रहरी महानिरीक्षककाे सचिवालयका कामकारबाहीको अनुगमन र सोधखोज गर्ने जिम्मेवारीका लागि डिआइजी तहका प्रहरी अधिकारी खटिने गरेका छन्। 

आफ्नै कर्मचारी यौनशोषणमा परेको निवेदन आवश्यक छानबिनका लागि कानुन हुँदै निरीक्षणालयमा पठाएको १६ महिनासम्म सचिवालयका जिम्मेवार अधिकारीले के भयो भनेर सोधखोज गरेको देखिएन।

रोचक के भने यो निवेदनबाहेक अन्य निवेदनमा गरिएको दावी टुंग्याउन निरीक्षणालय निक्कै सक्रिय देखियो । प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रधानमन्त्रीको कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा १३ वटा निवेदन पुगेका थिए। तीमध्ये १२ वटा निवेदन प्रकृया अनुसार टुंगियो। तर यही यौन शोषणको निवेदन मात्र पेन्डिङमा छ।

यो निवेदन मात्र किन रोकेको ?
प्रहरी महानिरीक्षकको सचिवालयको काम कारबाहीकाे अनुगमनको समेत जिम्मेवारीमा रहेका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले ‘यस विषयमा अझै अनुसन्धान नै भइरहेको’ मात्र भने । १६ महिनासम्म अनुसन्धान नटुंगिनुको कारणबारे सोध्दा उनले ‘यो अलि जटील विषय छ । हामी अनुसन्धानमै छौं’ भनेर टुंग्याए। 

क्षेत्री यो प्रकरणबारे त्यति खुल्न नचाहे पनि प्रधान कार्यालय स्रोतका अनुसार नेपाल लाइभले विहीबार एसएसपी सिंहमाथिको गम्भीर आरोपबारे समाचार प्रकाशित गरेपछि सचिवालयका वरिष्ठ प्रहरी कर्मचारीबीच यस विषयमा छलफल भएको थियो। 

शुक्रबारसमेत सचिवालयमा कानुन शाखा र निरीक्षणालय, र उजुरी छानबिन समितिका प्रहरीबीच  एसएसपी सिंहमाथि लागेको गम्भीर आरोपबारे छलफल भएको थियो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अहिले उपत्यकाबाहिर छन्। स्रोतका अनुसार ‘प्रहरी महानिरीक्षक फर्किएपछि थप कुरा गर्ने’ भन्दै छलफल टुंगिएको थियो।

डिआइजीको बदनियत
१६ महिनासम्म छानबिन अगाडि नै नबढ्नुको मुख्य कारक देखिए प्रहरी निरीक्षणालयका प्रमुख डिआइजी मनोज नेउपाने । नेपाललाइभको खोजमा छानबिन शाखाका प्रहरी कर्मचारीले निवेदन र निवेदनको गम्भिरताबारे उनलाई जानकारी गराएका थिए। उनले ती प्रहरी कर्मचारीलाई पछि हेरौला भनेर फर्काए। यो १६ महिनाको बीचमाउनले कहिल्यै सो निवेदनमा गरिएको दावी सत्य हो हैन भन्ने खुलाउन छानबिनै अगाडि बढाएनन्। पत्र सहितको फाइल आफ्नै टेवलको ड्रअरमा ताल्चा लगाएर राखिरहे। 

गम्भीर आरोप लगाइएको पत्र यत्रो लामो समय किन पेन्डिङमा राखेको भन्ने नेपाललाइभको जिज्ञासाबारे उनले जसरी हचुवा प्रतिकृया दिएकाले यसले पनि उनी सो निवेदन टुंग्याउने पक्षमा नरहेको देखाउँछ नै। उनले पत्रबारे जिज्ञासा राख्दा बिहीबार भनेका थिए ‘अब यस्ता उजुरी धेरै आउँछन्, अनुसन्धान भइराख्या होला ।’ 

नेउपानेले जसरी हल्का जवाफ दिए सो निवेदनमा एसएसपी सिंहमाथि लागेको आरोप त्यति हल्का थिएन। यी सबै घटनाक्रमले निवेदन पेन्डिङमा राख्नुमा डिआइजी नेउपानेको बदनियत रहेको प्रष्टै देखिन्छ।  

जानकारस्रोतका अनुसार निवेदनबारे चासो राख्ने प्रहरी कर्मचारीलाई उनले ‘म पीडित भएको हुँ भनेर कोही नआउन्जेल कारबाही गर्न मिल्दैन भन्ने जवाफ दिने गरेका छन्। तर अडियो संवादमा एसएसपी सिंह र एक महिला कर्मचारीबीचकाे कुराकानीमा तीन महिला प्रहरीको नामै लिइएको छ। यदी समस्यापीडित महिला खोज्नबाटै शुरु भएको हो भने सो अडियोमा नाम लिइएका महिला प्रहरीको आधारमा छानबिन सहजै अगाडि बढ्न सक्छ । तर नेउपानेले त्यसमा चासै राखेनन्।

विश्वस्त स्रोतका अनुसार निवेदन आएलगत्तै नेउपाने र तत्कालीन एसपी सिंहबीचउनकै कार्यकक्षमा पटक–पटक भेट भने भएको थियो। सिंहसँग नेउपानेले एक्लै भेट्ने गरेका थिए।

यो पनि :

प्रहरी ल्याबका एसएसपीमाथि नै यौन शोषणको आरोप

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्