नयाँदिल्ली– भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्यूल सेल बस सञ्चालनमा आएको छ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीले बस सेवाको उद्घाटन गरेका हुन्। फ्यूल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ।
डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरुको तुलनामा यो पर्यावरण अनुकुलन हुने विश्वास रहेको छ। यस वर्षको अन्त्य सम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।