काठमाडौं- खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो ‘तिम्रो सबै कुरा मनपर्छ’ सार्वजनिक भएको छ। गायक विशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत रहेको छ।
निरौलाकै युट्युब मार्फत् सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो। खप्तडका सुन्दर दृष्यहरु समेटिएको उक्त म्युजिक भिडियोमा मोडल सनम कठायत र हेमा थापाले अभिनय गरेका छन्।
दीपक गिरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको छ। ’दृश्यमा खप्तड’ अन्तर्गतको अर्को गीत ‘घामजस्तो चम्किलो जुन हुँदैन’ सार्वजनिकको क्रममा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।