काठमाडौं– पोखराको मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले सुरु गरेको नाराबाजी र तोडफोडलाई नियन्त्रणमा लिने क्रममा चार जना प्रहरी घाइते भएका छन्।
लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दूराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा सोमबार मृत्यु भएको थियो। मृत्युपछि आफन्तले चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोडसमेत गरेका थिए।
प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चार जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
घाइते हुनेहरुमा वडा प्रहरी कार्यालय बगरका प्रहरी वरिष्ठ हवल्दार काले परियार (निधारमा तीनवटा टाँका), जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार बालकृष्ण रानाभाट, कृष्णबहादुर विक र प्रहरी जवान अनिता राजवंशी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।