• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

जब आशिष गायक बन्न काठमाडौं आइपुगे

64x64
समर्पण श्री आइतबार, असोज १४, २०८०  ०७:३७
1140x725

‘ओरिल्लो...!’

सुदूरपश्चिमेली लवजमा पूर्वेली भाका सुनेपछि आर्टमाण्डूका नवीन चौहान ‘गद्गद्’ भए। त्यसपछि गीत सुनाइरहेका गायक आशिष महरलाई भने, ‘ल सँगै काम गरौँ।’ 

त्यसपछि उनीहरूले ‘पाहुना हजुर’ भित्र्याए। 

भिडिओमा गैरलिम्बुले लिम्बुको कथा भन्नु अनि सुदूरपश्चिमका युवकबाट सुदूरपूर्वका भाका गुन्जनु। गीतबाट आशिषले आफ्नो गायकीजस्तै मीठा प्रतिक्रिया पाए, ‘पश्चिम नेपालको हिरा सुदुरपूर्वमा चम्किरहेको जस्तो लाग्यो...।’ 

आशिषलाई आर्टमाण्डुसँग मिलेर काम गर्न मन थियो। जतिबेला आर्टमाण्डूबाट ‘तीनपाते’ सार्वजनिक भएको थियो। त्यो गीत आशिषको ओठमै झुण्डिएको थियो।

‘आशिष हाम्रो भेट पहिलो पटक कहाँ भएको थियो थाहा छ?’ एकदिन ‘पाहुना हजुर’को तयारीको बेला नवीनले सोधेका थिए।

आशिषले केहीबेर आँखा घुमाए। अनि भने, ‘आर्टमाण्डूमा।’

‘हैन,’ नवीनले टाउको हल्लाउँदै भने, ‘हाम्रो भेट त्यो भन्दा अगाडि नै भएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

आशिष जिल परे। उनी पहिला आफूले भेटेका नयाँ मान्छेहरूको अनुहार सम्झँदै गए। त्यो आकृति यसअघि कतै ठोकिएको फेला परेन। 

‘थाहै पाउन सकिनँ सर,’  आशिषले हार मान्दै भने।

‘तिमी रियालिटी शोमा जानुअघि कहाँ काम गर्थ्यौ सम्झ त,’ नवीनले भने। 

आशिषले सम्झँदै गए, ‘लाइभ म्युजिक। त्यसअघि ठमेलको थकाली।’

‘तिमीसँग त्यही थकालीमा भएको थियो हाम्रो भेट,’ नवीनले भने।

आशिषका आँखा रसाए। परेला भिजे। 

‘३ वर्षअघि तिमीलाई भेट्दा कुन गीत मनपर्छ भनेर सोधेका थियौँ। तिमीले तीनपाते भनेका थियौ। त्यसपछि तिमीले त्यो गीत गाएर सुनाएका थियौ,’ नवीनले सम्झिए, ‘त्यतिबेलै लागेको थियो एकदिन तिमीसँग कुनै गीतमा काम गर्नेछु।’

आशिष थकालीका ती दृश्यहरू सम्झन थाले। जहाँ उनले के चाहिँ गरेनन्? झाडु लगाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने, वेटरिङ गर्नेदेखि लिएर गाह्रकका मन पसन्दका गीत गाउनेसम्म। 

‘नवीन सरले मेरा सबै पृष्ठभूमि जानिसक्नुभएको रहेछ। त्यो सम्झेर म पत्तै नपाइ रोएछु,’ बागबजारस्थित गीतकार हर्क साउदको क्याफेमा गफिँदै आशिष ती क्षण सम्झिरहेका थिए। भर्खरै नयाँ गीतको रेकर्डिङ सकाएर उनी त्यहाँ आइपुगेका थिए। अर्को गीतका लागि उनी पुन: स्टुडियो फर्कनुपर्ने थियो। त्यही क्रममा उनले आफ्ना विगत सुनाएका थिए। 

०००

आशिष विसं २०५९मा अछाममा जन्मिए।

उनी १४ महिनाका थिए, जतिबेला उनको परिवारमा ठूलो बज्रपात परेको थियो। जग्गाको निहुँमा छिमेकीले उनको बाको हत्या गरेका थिए। बालाई बचाउन जाँदा उनकी आमा पनि घाइते हुन पुगिन्। उनकी आमाले श्रीमान्सँगै गर्भमा हुर्किरहेकी छोरी एकसाथ गुमाएकी थिइन्। 

‘त्यसपछि ममीलाई मामाघर लगियो रे। त्यसदिनदेखि म मामाघरमै हुर्किएँ,’ आशिष सम्झन्छन्।

१९ वर्षकी आशिषकी आमालाई धेरैले सम्झाउँथे, ‘छोरा सिन्का जस्तै छ। बाँच्दैन। यसको लागि नबस्। बिहे गर।’ तर उनकी आमाले कसैको कुरा सुनिनन्। अर्को विवाह नगर्ने निर्णय गरिन्। बुझ्ने भएपछि आशिषलाई गाउँकाले कहानी सुनाउँथे, ‘तेरी आमा तेरै लागी बसेकी।’

मामाघरमा मामाले क्यासेट किनेर ल्याएका थिए। क्यासेटमा बजेको गीत सुनेपछि उनलाई पनि ‘गाउँ गाउँ’ लाग्थ्यो। कक्षा ६ मा पढ्दा एकदिन शिक्षकले सोधे, ‘कसलाई गीत गाउन आउँछ।’

साथीले आशिषतर्फ औंला तेर्स्याएका थिए। पहिलो पटक ८० जनाको अगाडि आशिषले गीत गाए। ‘त्यसपछि १० हजारको अगाडि गीत गाउने अवसर पाएँ। त्यतिबेला धेरैको आँखा भरियो,’ आशिष सुनाउँछन्।

कक्षा १० सकिनासाथ आशिष आफूभन्दा ठूला दाइहरूको लहैलहैमा लागेर मुम्बई गए। त्यहाँ गएर चाइनिज कुकको हेल्पर भए। साढे ३ महिना काम गरेपछि एउटा मोबाइल र एक जोर लुगा किने। त्यसपछि घर फर्किए।

घर फर्कँदा रिजल्ट आइसकेको थियो। उनी प्लस टु भर्ना भए। सिभिल इन्जिनियरिङ पढ्न थाले। त्यही क्रममा उनले सब इन्जिनियरको काम पनि गर्न थाले। ३ महिना काम गरेपछि उनलाई अनुभूत भएको थियो, ‘मेरो क्षेत्र यो होइन रहेछ।’

त्यहाँ न सम्मान पाए, न इज्जत। ‘म यो विषय पढ्दिनँ,’ घरमा हजुरआमालाई रुँदै फोन गरे।

‘३ लाख रुपैयाँ ऋण काढेको नातीलाई पढ्दिनँ भन्दा हजुरबाले एक शब्द नाइ भन्नुभएन। उहाँले घर बोलाउनुभयो,’ आशिष सुनाउँछन्।
त्यतिबेलासम्म उनले आफ्नो रहरको बाटो रोजिसकेका थिए। सपना देखेका थिए, ‘काठमाडौं जाने। गायक बन्ने।’

घरबाट ६ हजार रुपैयाँ बोकेर उनी ०७६को पुसतिर काठमाडौं आए। यता गेस्ट हाउसमा गाउँका चिनेकै साथी काम गर्थे। उनी उही साथीले काम गर्ने गेस्टहाउसमा बस्न थाले।

त्यसपछि कामका लागि उनी दोहोरी साँझमा धाउन थाले। ‘कतै गीत गाउन लगाएर कल गर्छौँ भन्थे। कतै केटी भए राख्थ्यौँ भन्थे। जति खोजेपनि जागिर पाइनँ,’ आशिष सुनाउँछन्।

 काठमाडौंमा केही टुंगो नभइकन उनले म्युजिक क्लास जोइन गरे। उनीसँग चार हजार बाँकी थियो। त्यसबाट एडमिसन गरे। उनीसँग खल्तीमा ३५ रुपैयाँ बाँकी थियो। पहिलो दिन म्युजिक कक्षामा शिक्षकले खुसी हुँदै भने, ‘यो केटाले प्रगति गर्छ।’

जब म्युजिक क्लासबाट बाहिर निस्के,  चिसो हावाले ज्यान सिरिङ्ग बनायो। पेट भोको थियो। उनीसँग न पैसा थियो, न काम। त्यसपछि पुतलीसडकमा पैदल हिँड्दै काम खोज्न थाले। अनामनगरको एउटा रेस्टुरेन्टमा पुगेपछि एक महिलालाई उनको निन्याउरो अनुहारले सहानुभूति जाग्यो। तिनै महिलालले आशिषलाई स्नेही भावमा भनिन्, ‘ठमेलमा मेरो भाउजूको रेस्टुरेन्ट छ। म फोन गरिदिन्छु। त्यकहीँ काम गर।’

आशिष ठमेल पुगे। त्यहाँको थकाली रेस्टुरेन्टमा सञ्चालकसँग भेटे। ‘काम सानो ठूलो हुन्न। बाथरुम सफा गर्ने। झाडु लगाउने। टेबुल पुछ्ने, वेटरिङ गर्ने, भाँडा माझ्ने सबै गर्नुपर्छ,’उनले कामको फेहरिस्त सुनाउँदै भनिन्, ‘तलब १० हजार हुन्छ।’

जस्तो भए पनि आशिषका लागि काम पाउनु नै ठूलो कुरा थियो त्यतिबेला।

‘त्यो दिन साँझ ६ बजेदेखि रातको ११ बजेसम्म काम गरेँ। भोलिदेखि १५ घण्टा काम गर्नुपर्थ्यो,’ उनी सम्झिन्छन्। 

काम सकिएपछि उनलाई होटल साहुनीले सय रुपैयाँ दिँदै भनिन्, ‘पठाओमा जानू है।’

आशिषलाई पठाओ भनेको थाहा थिएन। राति गाडी पनि चल्दैन थियो। उनी पैदल हिँडेरै बालाजु पुगे। बाटामा कुकुहरू झम्टन आउँथे। उनी बारबार जोगिएर जान्थे। 

भोलिपल्ट उनलाई पठाओबारे थाहा त भयो, तर सय रुपैयाँ जोगाउन मन लाग्यो। ‘मसँग पैसा छैन। सय किन खर्च गर्नु। हिँडेर गएर यही पनि बचाउने हो सोचेँ,’ उनी सुनाउँछन्। 

केही समयपछि आशिषको बस्ने ठाउँको टुंगो लागेन। पहिला काम खोजिदिने दिदीलाई फोन गरे। ‘वसन्तनगरमा खान बस्न मिल्ने गेस्टहाउस छ। कुरा गरिदिन्छु। त्यहीँ जाऊ।’ 

आशिष नयाँ कामका लागि उक्त गेस्ट हाउस गए। गेस्टहाउस निकै फोहर थियो। मान्छेहरूको व्यवहार पनि अनुचित। त्यहाँ बिहान ६ बजेदेखि रातको ११ बजेसम्म काम गर्नुपर्थ्यो। १० दिन काम गरेपछि होटलसाहूले भनिन्, ‘कि म्युजिक छाड्। कि काम।’

‘म्युजिकका लागि यो सब गरेको थिएँ। मैले काम छाडिदिएँ,’ आशिष सुनाउँछन्।

दिनको ४ बजेको थियो। हातमा ब्याग लिएर उनी बुद्धमलको अपोजिट साइडमा उभिएका थिए। आँखा सामुन्ने धनगढी लेखिएको बस गइरहेको थियो। सोचे, ‘यो गाउँ जानेछ।’ तर अलपत्र अवस्थामा पनि घर जानुपर्छ भन्ने उनले सोच्दै सोचेनन्। ‘फोन निकालेर पहिला काम गरेको थकालीको म्यामलाई कल गरेँ। उहाँले आइजो भन्नुभयो। त्यसपछि पुन: थकालीको यात्रा सुरु भयो,’ आशिष सुनाउँछन्। 

त्यसपछि उनले साथीसँग सेयर गरेर बालाजुमा डेरा लिए। त्यसपछि डेराबाट ठमेल, पुतलीसडक होस् वा राति फर्किएर बालाजु। हिँड्दा उनका खुट्टाको छाला निस्किरहेका हुन्थे।

थकालीमै उनी गीत गुन्गुनाउन थाले। ग्राहकहरू उनको गीत सुन्न पनि त्यहाँ आउँथे। उनी खाना हाल्दै गीत सुनाइदिन्थे।

त्यहीँ उनले थुप्रै मान्छे भेटे। साथीहरू बनाए। त्यहाँको भेट र सम्बन्ध आशिषका लागि फलदायी थियो। 

कोरोनाको पछिल्लो लकडाउनमा उनले रियालिटी शो ‘नेपाल आइडल’मा डिजिटल अडिसन दिएका थिए। डिजिटलमा छनोट भए पनि अर्को चरणमा फालिए। त्यो अनुभव उनको लागि उति मीठो रहेन।

त्यसपछि थकालीको काम छाडेर आशिष लाइभ म्युजिकतर्फ लागे। त्यही क्रममा ‘भ्वाइस अफ नेपाल–४’को अडिसन सुरु भयो। उनले अडिसन दिए।

‘फिजिकलको लागि कल आयो। अपेक्षा थिएन सेलेक्ट हुन्छु भनेर। गाएँ, चार जना जज फर्किनुभयो,’ आशिष त्यो खुसीको क्षण सुनाउँछन्। यो चरणमा छनोट हुनु नै आशिष र उनको ममीको लागि अनपेक्षित थियो। ‘यतिमै खुसी छौँ बाबु। हामीलाई त पुग्यो,’ ठूला सपना नदेखेका ममी र मामाले खुसी हुँदै भने।

तर आशिष हरेक राउन्डमा छनोट हुँदै गए। भोटिङ राउन्डमा पुगे। लाग्यो, ‘अब खर्च गर्ने पैसा छैन। सुरुमै फालिन्छु।’ 

तर उनलाई माया गर्नेहरूको संख्याई बढ्दै गयो। सुदूरपश्चिम मात्र हैन, पूर्वका प्रशंसकहरूबाट पनि उनले भोट बटुले। उनी ‘टप ६’मा पुगेर फालिए। घरमा हाँसीहाँसी स्वीकारे। किनकि अपेक्षा न आशिषसँग थियो, न परिवारसँग।

त्यसयता आशिष निरन्तर गाइरहेका छन्। उनले ८ महिनाअघि सार्वजनिक गरेको ‘चौतारीको पर पिपलु’ १२ लाख भन्दा बढी पटक हेरिएका छन्। आर्टमाण्डूसँगको ‘पाहुना हजुर’पछि पनि उनका नयाँ गीत आइरहेका छन्। दर्शक स्रोताले रुचाइरहेका छन्। महोत्सबहरूमा स्टेज चढ्दा हुटिङ पाइरहेका छन्। 

यतिबेला आशिषलाई चुनौती पनि छ, ‘अब त मैले म्युजिक नै गरेर खानुपर्छ।’ उनले बेला बेला ‘गाह्रो’ अनुभूत नगरेका पनि हैनन्। तर उनी संघर्षबाट कहिल्यै भाग्न चाहन्नन्।

‘संगीत मेरो प्यासन हो। प्यासनका लागि यतिको संघर्ष त गरियो। बाँकी पनि स्वीकार्य छन्,’ आशिष दृढ सुनिन्छन्।

तस्बिर : आशिष महरको फेसबुक पेज

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
भारतीय गायिका आशा भोसलेको निधन मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । आइतबार, चैत २९, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
ताजा समाचारसबै
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्