• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

जब आशिष गायक बन्न काठमाडौं आइपुगे

64x64
समर्पण श्री आइतबार, असोज १४, २०८०  ०७:३७
1140x725

‘ओरिल्लो...!’

सुदूरपश्चिमेली लवजमा पूर्वेली भाका सुनेपछि आर्टमाण्डूका नवीन चौहान ‘गद्गद्’ भए। त्यसपछि गीत सुनाइरहेका गायक आशिष महरलाई भने, ‘ल सँगै काम गरौँ।’ 

त्यसपछि उनीहरूले ‘पाहुना हजुर’ भित्र्याए। 

भिडिओमा गैरलिम्बुले लिम्बुको कथा भन्नु अनि सुदूरपश्चिमका युवकबाट सुदूरपूर्वका भाका गुन्जनु। गीतबाट आशिषले आफ्नो गायकीजस्तै मीठा प्रतिक्रिया पाए, ‘पश्चिम नेपालको हिरा सुदुरपूर्वमा चम्किरहेको जस्तो लाग्यो...।’ 

आशिषलाई आर्टमाण्डुसँग मिलेर काम गर्न मन थियो। जतिबेला आर्टमाण्डूबाट ‘तीनपाते’ सार्वजनिक भएको थियो। त्यो गीत आशिषको ओठमै झुण्डिएको थियो।

‘आशिष हाम्रो भेट पहिलो पटक कहाँ भएको थियो थाहा छ?’ एकदिन ‘पाहुना हजुर’को तयारीको बेला नवीनले सोधेका थिए।

आशिषले केहीबेर आँखा घुमाए। अनि भने, ‘आर्टमाण्डूमा।’

‘हैन,’ नवीनले टाउको हल्लाउँदै भने, ‘हाम्रो भेट त्यो भन्दा अगाडि नै भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

आशिष जिल परे। उनी पहिला आफूले भेटेका नयाँ मान्छेहरूको अनुहार सम्झँदै गए। त्यो आकृति यसअघि कतै ठोकिएको फेला परेन। 

‘थाहै पाउन सकिनँ सर,’  आशिषले हार मान्दै भने।

‘तिमी रियालिटी शोमा जानुअघि कहाँ काम गर्थ्यौ सम्झ त,’ नवीनले भने। 

आशिषले सम्झँदै गए, ‘लाइभ म्युजिक। त्यसअघि ठमेलको थकाली।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘तिमीसँग त्यही थकालीमा भएको थियो हाम्रो भेट,’ नवीनले भने।

आशिषका आँखा रसाए। परेला भिजे। 

‘३ वर्षअघि तिमीलाई भेट्दा कुन गीत मनपर्छ भनेर सोधेका थियौँ। तिमीले तीनपाते भनेका थियौ। त्यसपछि तिमीले त्यो गीत गाएर सुनाएका थियौ,’ नवीनले सम्झिए, ‘त्यतिबेलै लागेको थियो एकदिन तिमीसँग कुनै गीतमा काम गर्नेछु।’

आशिष थकालीका ती दृश्यहरू सम्झन थाले। जहाँ उनले के चाहिँ गरेनन्? झाडु लगाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने, वेटरिङ गर्नेदेखि लिएर गाह्रकका मन पसन्दका गीत गाउनेसम्म। 

‘नवीन सरले मेरा सबै पृष्ठभूमि जानिसक्नुभएको रहेछ। त्यो सम्झेर म पत्तै नपाइ रोएछु,’ बागबजारस्थित गीतकार हर्क साउदको क्याफेमा गफिँदै आशिष ती क्षण सम्झिरहेका थिए। भर्खरै नयाँ गीतको रेकर्डिङ सकाएर उनी त्यहाँ आइपुगेका थिए। अर्को गीतका लागि उनी पुन: स्टुडियो फर्कनुपर्ने थियो। त्यही क्रममा उनले आफ्ना विगत सुनाएका थिए। 

०००

आशिष विसं २०५९मा अछाममा जन्मिए।

उनी १४ महिनाका थिए, जतिबेला उनको परिवारमा ठूलो बज्रपात परेको थियो। जग्गाको निहुँमा छिमेकीले उनको बाको हत्या गरेका थिए। बालाई बचाउन जाँदा उनकी आमा पनि घाइते हुन पुगिन्। उनकी आमाले श्रीमान्सँगै गर्भमा हुर्किरहेकी छोरी एकसाथ गुमाएकी थिइन्। 

‘त्यसपछि ममीलाई मामाघर लगियो रे। त्यसदिनदेखि म मामाघरमै हुर्किएँ,’ आशिष सम्झन्छन्।

१९ वर्षकी आशिषकी आमालाई धेरैले सम्झाउँथे, ‘छोरा सिन्का जस्तै छ। बाँच्दैन। यसको लागि नबस्। बिहे गर।’ तर उनकी आमाले कसैको कुरा सुनिनन्। अर्को विवाह नगर्ने निर्णय गरिन्। बुझ्ने भएपछि आशिषलाई गाउँकाले कहानी सुनाउँथे, ‘तेरी आमा तेरै लागी बसेकी।’

मामाघरमा मामाले क्यासेट किनेर ल्याएका थिए। क्यासेटमा बजेको गीत सुनेपछि उनलाई पनि ‘गाउँ गाउँ’ लाग्थ्यो। कक्षा ६ मा पढ्दा एकदिन शिक्षकले सोधे, ‘कसलाई गीत गाउन आउँछ।’

साथीले आशिषतर्फ औंला तेर्स्याएका थिए। पहिलो पटक ८० जनाको अगाडि आशिषले गीत गाए। ‘त्यसपछि १० हजारको अगाडि गीत गाउने अवसर पाएँ। त्यतिबेला धेरैको आँखा भरियो,’ आशिष सुनाउँछन्।

कक्षा १० सकिनासाथ आशिष आफूभन्दा ठूला दाइहरूको लहैलहैमा लागेर मुम्बई गए। त्यहाँ गएर चाइनिज कुकको हेल्पर भए। साढे ३ महिना काम गरेपछि एउटा मोबाइल र एक जोर लुगा किने। त्यसपछि घर फर्किए।

घर फर्कँदा रिजल्ट आइसकेको थियो। उनी प्लस टु भर्ना भए। सिभिल इन्जिनियरिङ पढ्न थाले। त्यही क्रममा उनले सब इन्जिनियरको काम पनि गर्न थाले। ३ महिना काम गरेपछि उनलाई अनुभूत भएको थियो, ‘मेरो क्षेत्र यो होइन रहेछ।’

त्यहाँ न सम्मान पाए, न इज्जत। ‘म यो विषय पढ्दिनँ,’ घरमा हजुरआमालाई रुँदै फोन गरे।

‘३ लाख रुपैयाँ ऋण काढेको नातीलाई पढ्दिनँ भन्दा हजुरबाले एक शब्द नाइ भन्नुभएन। उहाँले घर बोलाउनुभयो,’ आशिष सुनाउँछन्।
त्यतिबेलासम्म उनले आफ्नो रहरको बाटो रोजिसकेका थिए। सपना देखेका थिए, ‘काठमाडौं जाने। गायक बन्ने।’

घरबाट ६ हजार रुपैयाँ बोकेर उनी ०७६को पुसतिर काठमाडौं आए। यता गेस्ट हाउसमा गाउँका चिनेकै साथी काम गर्थे। उनी उही साथीले काम गर्ने गेस्टहाउसमा बस्न थाले।

त्यसपछि कामका लागि उनी दोहोरी साँझमा धाउन थाले। ‘कतै गीत गाउन लगाएर कल गर्छौँ भन्थे। कतै केटी भए राख्थ्यौँ भन्थे। जति खोजेपनि जागिर पाइनँ,’ आशिष सुनाउँछन्।

 काठमाडौंमा केही टुंगो नभइकन उनले म्युजिक क्लास जोइन गरे। उनीसँग चार हजार बाँकी थियो। त्यसबाट एडमिसन गरे। उनीसँग खल्तीमा ३५ रुपैयाँ बाँकी थियो। पहिलो दिन म्युजिक कक्षामा शिक्षकले खुसी हुँदै भने, ‘यो केटाले प्रगति गर्छ।’

जब म्युजिक क्लासबाट बाहिर निस्के,  चिसो हावाले ज्यान सिरिङ्ग बनायो। पेट भोको थियो। उनीसँग न पैसा थियो, न काम। त्यसपछि पुतलीसडकमा पैदल हिँड्दै काम खोज्न थाले। अनामनगरको एउटा रेस्टुरेन्टमा पुगेपछि एक महिलालाई उनको निन्याउरो अनुहारले सहानुभूति जाग्यो। तिनै महिलालले आशिषलाई स्नेही भावमा भनिन्, ‘ठमेलमा मेरो भाउजूको रेस्टुरेन्ट छ। म फोन गरिदिन्छु। त्यकहीँ काम गर।’

आशिष ठमेल पुगे। त्यहाँको थकाली रेस्टुरेन्टमा सञ्चालकसँग भेटे। ‘काम सानो ठूलो हुन्न। बाथरुम सफा गर्ने। झाडु लगाउने। टेबुल पुछ्ने, वेटरिङ गर्ने, भाँडा माझ्ने सबै गर्नुपर्छ,’उनले कामको फेहरिस्त सुनाउँदै भनिन्, ‘तलब १० हजार हुन्छ।’

जस्तो भए पनि आशिषका लागि काम पाउनु नै ठूलो कुरा थियो त्यतिबेला।

‘त्यो दिन साँझ ६ बजेदेखि रातको ११ बजेसम्म काम गरेँ। भोलिदेखि १५ घण्टा काम गर्नुपर्थ्यो,’ उनी सम्झिन्छन्। 

काम सकिएपछि उनलाई होटल साहुनीले सय रुपैयाँ दिँदै भनिन्, ‘पठाओमा जानू है।’

आशिषलाई पठाओ भनेको थाहा थिएन। राति गाडी पनि चल्दैन थियो। उनी पैदल हिँडेरै बालाजु पुगे। बाटामा कुकुहरू झम्टन आउँथे। उनी बारबार जोगिएर जान्थे। 

भोलिपल्ट उनलाई पठाओबारे थाहा त भयो, तर सय रुपैयाँ जोगाउन मन लाग्यो। ‘मसँग पैसा छैन। सय किन खर्च गर्नु। हिँडेर गएर यही पनि बचाउने हो सोचेँ,’ उनी सुनाउँछन्। 

केही समयपछि आशिषको बस्ने ठाउँको टुंगो लागेन। पहिला काम खोजिदिने दिदीलाई फोन गरे। ‘वसन्तनगरमा खान बस्न मिल्ने गेस्टहाउस छ। कुरा गरिदिन्छु। त्यहीँ जाऊ।’ 

आशिष नयाँ कामका लागि उक्त गेस्ट हाउस गए। गेस्टहाउस निकै फोहर थियो। मान्छेहरूको व्यवहार पनि अनुचित। त्यहाँ बिहान ६ बजेदेखि रातको ११ बजेसम्म काम गर्नुपर्थ्यो। १० दिन काम गरेपछि होटलसाहूले भनिन्, ‘कि म्युजिक छाड्। कि काम।’

‘म्युजिकका लागि यो सब गरेको थिएँ। मैले काम छाडिदिएँ,’ आशिष सुनाउँछन्।

दिनको ४ बजेको थियो। हातमा ब्याग लिएर उनी बुद्धमलको अपोजिट साइडमा उभिएका थिए। आँखा सामुन्ने धनगढी लेखिएको बस गइरहेको थियो। सोचे, ‘यो गाउँ जानेछ।’ तर अलपत्र अवस्थामा पनि घर जानुपर्छ भन्ने उनले सोच्दै सोचेनन्। ‘फोन निकालेर पहिला काम गरेको थकालीको म्यामलाई कल गरेँ। उहाँले आइजो भन्नुभयो। त्यसपछि पुन: थकालीको यात्रा सुरु भयो,’ आशिष सुनाउँछन्। 

त्यसपछि उनले साथीसँग सेयर गरेर बालाजुमा डेरा लिए। त्यसपछि डेराबाट ठमेल, पुतलीसडक होस् वा राति फर्किएर बालाजु। हिँड्दा उनका खुट्टाको छाला निस्किरहेका हुन्थे।

थकालीमै उनी गीत गुन्गुनाउन थाले। ग्राहकहरू उनको गीत सुन्न पनि त्यहाँ आउँथे। उनी खाना हाल्दै गीत सुनाइदिन्थे।

त्यहीँ उनले थुप्रै मान्छे भेटे। साथीहरू बनाए। त्यहाँको भेट र सम्बन्ध आशिषका लागि फलदायी थियो। 

कोरोनाको पछिल्लो लकडाउनमा उनले रियालिटी शो ‘नेपाल आइडल’मा डिजिटल अडिसन दिएका थिए। डिजिटलमा छनोट भए पनि अर्को चरणमा फालिए। त्यो अनुभव उनको लागि उति मीठो रहेन।

त्यसपछि थकालीको काम छाडेर आशिष लाइभ म्युजिकतर्फ लागे। त्यही क्रममा ‘भ्वाइस अफ नेपाल–४’को अडिसन सुरु भयो। उनले अडिसन दिए।

‘फिजिकलको लागि कल आयो। अपेक्षा थिएन सेलेक्ट हुन्छु भनेर। गाएँ, चार जना जज फर्किनुभयो,’ आशिष त्यो खुसीको क्षण सुनाउँछन्। यो चरणमा छनोट हुनु नै आशिष र उनको ममीको लागि अनपेक्षित थियो। ‘यतिमै खुसी छौँ बाबु। हामीलाई त पुग्यो,’ ठूला सपना नदेखेका ममी र मामाले खुसी हुँदै भने।

तर आशिष हरेक राउन्डमा छनोट हुँदै गए। भोटिङ राउन्डमा पुगे। लाग्यो, ‘अब खर्च गर्ने पैसा छैन। सुरुमै फालिन्छु।’ 

तर उनलाई माया गर्नेहरूको संख्याई बढ्दै गयो। सुदूरपश्चिम मात्र हैन, पूर्वका प्रशंसकहरूबाट पनि उनले भोट बटुले। उनी ‘टप ६’मा पुगेर फालिए। घरमा हाँसीहाँसी स्वीकारे। किनकि अपेक्षा न आशिषसँग थियो, न परिवारसँग।

त्यसयता आशिष निरन्तर गाइरहेका छन्। उनले ८ महिनाअघि सार्वजनिक गरेको ‘चौतारीको पर पिपलु’ १२ लाख भन्दा बढी पटक हेरिएका छन्। आर्टमाण्डूसँगको ‘पाहुना हजुर’पछि पनि उनका नयाँ गीत आइरहेका छन्। दर्शक स्रोताले रुचाइरहेका छन्। महोत्सबहरूमा स्टेज चढ्दा हुटिङ पाइरहेका छन्। 

यतिबेला आशिषलाई चुनौती पनि छ, ‘अब त मैले म्युजिक नै गरेर खानुपर्छ।’ उनले बेला बेला ‘गाह्रो’ अनुभूत नगरेका पनि हैनन्। तर उनी संघर्षबाट कहिल्यै भाग्न चाहन्नन्।

‘संगीत मेरो प्यासन हो। प्यासनका लागि यतिको संघर्ष त गरियो। बाँकी पनि स्वीकार्य छन्,’ आशिष दृढ सुनिन्छन्।

तस्बिर : आशिष महरको फेसबुक पेज

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्