काठमाडौं– शंखमुलस्थित फ्लाइङ ट्याप एजुकेशन एन्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक विष्णु केसी पक्राउ परेका छन्। अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ परेको हो। ४५ वर्षीय केसीले पवनराज दाहाललाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
उनले मासिक २ लाख आम्दानी हुने भन्दै १७ लाख ७९ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीको भनाइ छ। अर्घाखाँचीको भुमिकासथन नगरपालिका–८ घर भएका केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।