काठमाडौं– गैंडाको सिकार गरी खाग तस्करी गरेको आरोप लागेका एक व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको साविक आरुपोखरी गाविस–२ घर भई हाल चितवनको कालिका नगरपालिका- २ बस्ने ४४ वर्षीय यमबमादुर बानियाँ छन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आइतबार चितवनको भरतपुर महानगरपालिका–१० चौबिसकोटीबाट पक्राउ गरेको हो।
२०५५ कात्तिक २८ गते चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गैंडा मारी खाग तस्करी गरेको आरोप उनलाई लागेको थियो। उक्त घटनामा बन्यजन्तु कसुर मुद्दामा २०५७ माघ २५ गते बानियाँ दोषी ठहर भएका थिए।
उनलाई १० वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाइएको थियो। दोषी ठहर भएपछि फरार हुँदै आएका बानियाँ २५ वर्षपछि पक्राउ परेका हुन्। पक्राउ परेका बानियाँलाई कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।