काठमाडौं– सामुहिक बलात्कार मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चितवनको भरतपुर महानगरपालिका–८ गौरीगंजका ५८ वर्षीय अमरेश कँडेललाई पक्राउ गरेको हो।
कँडेललाई बलात्कार मुद्दामा जिल्ला अदालत ललितपुरले २०६५ फागुन ४ गते बलात्कार कसुरमा ५ वर्ष र सामुहिक बलात्कार कसुरमा ५ वर्ष गरी १० वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता उनी फरार हुँदै आएका थिए।
फरार कडेललाई गौरीगंजबाट सोमबार पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनले २०६४ पुस ५ गते राति साढे ९ बजे मदिरा सेवन गरेर ललितपुरको ठैबस्थित लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा खाना नास्ता बनाउने बालिकालाई बलात्कार तथा सामुहिक बलात्कार गरेका थिए।
यही कसुरमा संलग्न रहेका अर्जुन कार्की भने पक्राउ परेर सजाय भुक्तान गरिसकेका छन्। पक्राउ परेका कँडेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।