काठमाडौं– चीन भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता भएको छ।
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा २ नेताबीच भेटवार्ता भएको हो। भेटमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सरोकार र हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नै आफ्ना चिनियाँ समकक्षी (चिनियाँ प्रधानमन्त्री) लि छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।