• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
केन्द्रीय सदस्यद्वारा आफ्नै मन्त्रीलाई प्रश्नः महंगी र आर्थिक संकट कसरी ‘मोचन’ हुन्छ? 
64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०८०  २०:३६
1140x725

काठमाडौं– ‘हाम्रो नै मन्त्री हुनु भएकोले अहिलेको महंगी वृद्धि कसरी भइरहेको छ? कालोबजारी कसरी भइरहेको छ? कार्टेलिङ कसरी भइरहेको छ? यसमा मन्त्रीले अुनगमन गर्नुपर्नेछ। हेर्नुपर्नेछ, म मन्त्रीज्यूलाई आग्रह गर्दछु,’ केन्द्रीय सदस्य रमा कोइराला पौडेलले धारणा रख्नेक्रममा आफ्नै मन्त्रीहरुलाई प्रश्न गरिन्। 

मौजुदा सरकारमा अर्थ, उद्योगसहित ९ वटा मन्त्रालय लिएर नेपाली कांग्रेस प्रमुख सत्तासाझेदारका रुपमा रहेको छ। तर जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने मन्त्रालयको नेतृत्व लिए पनि अपेक्षाकृत लाभ नपाउँदा स्वयं कांग्रेसकै नेता कार्यकर्ता दिग्दारीमा छन्। जुन बागमती किनारमा रहेको सानेपाको केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरुले अभिव्यक्त गरिरहेका छन्। 

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका दैनिक समस्यामा कांग्रेसले विज्ञप्ति निकालेर पन्छिने गरेको टिप्पणी गरे। उनले पार्टीले आफ्ना मन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने माग गरे। ‘खाद्यान्नमा महंगी १४ प्रतिशतले बढेको छ। एक बोरा चामलमा ३ सय रुपैयाँसम्म बढेको छ। चाडबाडको नजिकमा हामी छौं। यसमा सरकारले कुनै काम गरेका स्थिति छैन। बैठकको निर्णय प्रेस विज्ञप्तिमा सिमित राख्नु भएन। सरकारलाई निर्दिशत गर्नुपर्‍यो,’ सांसदसमेत रहेका केन्द्रीय सदस्य पौडेलले भने। 

कांग्रेस सरकारमा सहभागी भएको पछिल्लो ६ महिनालाई मूल्यांकन गर्दै पौडेलले अघाडि भने,‘हाम्रो साथीहरु मन्त्रीमण्डलमा हुनुहुन्छ। कुनै पनि साथीले राम्रो काम गरेको भाषण गर्न पाइन। सरकारमा बस्नु उपलब्धि होइन। लोकप्रिय काम गर्न सक्नुपर्छ।’

साथै, उनले बैंकमा पैसा भएर बजारमा नआउनुमा अर्थमन्त्री जिम्मेवार हुनुपर्ने बताए। ‘त्यसैले आज लगानी गर्ने वातावरण किन बनिरहेको छैन। बैंकमा अथाह पैसा छ तर त्यो बजारमा आउन किन सकिरहेको छैन। अर्थमन्त्रालय हाम्रो नेतृत्वमा छ। हामी सहभागी भएको सरकार छ। यो भन्दा आर्थिक संकट अर्को हुनै सक्दैन,’ पौडेलले भने। 

केन्द्रीय सदस्य कर्णबहादुर बुढाले महंगीले जनता मारमा परेको कुरा कांग्रेसले बुझेको छ कि छैन भन्दै प्रश्न गरेका छन्। ‘दसैं आएको छ। तिहार आएको छ। बुद्ध धर्म मान्नेहरुको ल्होसार आएको छ। यो अवस्थामा गरिबको चुल्हो बल्ने अवस्था भएको छैन। महंगीले जनता अत्यन्त मारमा पर्ने अवस्था आएको छ। यो हामी नेपाली कांग्रेले बुझ्ने कि नबुझ्ने?’

केन्द्रीय सदस्य अर्जनुप्रसाद जोशीले जनताले भोगेका समस्या केन्द्रीय समितिको बैठकको छलफलको विषय हुनुपर्ने माग राखे। ‘आम मनिसको जीवन कष्टकर भएको छ। यो छलफलको विषय हुनुपर्छ। महंगीका विषयमा, रोजगारीका विषयमा, युवा पलायनका विषयमा कांग्रेसले छलफल गर्नुपर्छ। विज्ञप्ति निकालेर मात्र हुँदैन,’ उनले पार्टीले विज्ञप्ति निकालेर टार्ने गरेको टिप्पणी गरे। 

यस्तै केन्द्रीय सदस्य लक्ष्मी परियारले समस्यामा परेका जनतालाई राहत पुर्‍याउनुपर्ने माग राखिन्। ‘यो आर्थिक संकटलाई कसरी पार लाउन सक्छौं? चाडबाडको बेलामा जनतालाई कसरी सुलभरुपमा जीवनयापन गर्न सक्छन् भन्ने कुरमा ध्यान दिनुपर्दछ,’ आफ्नो पार्टी सरकारमा रहको स्मरण गर्दै परियारले भनिन्,‘हामी सरकारमा छौं। हाम्रै अर्थमन्त्री हुनुहुन्छ। तीनिहरुलाई कसरी राहत प्रदान गर्न सक्छौं भन्नेमा ध्यान पुर्‍याउनुपर्छ।’

Ncell 2
Ncell 2

त्यस्तै, अर्की केन्द्रीय सदस्य कल्याणी रिजालले पनि उद्योगमन्त्री आफ्नै पार्टीको हुँदा पनि कालोबजारी र महंगीले चरम रुप लिएकोमा दु:ख व्यक्त गर्दै अनुगमन नभएको बताइन्। उनले भनिन्,‘महंगी चरमरुपमा बढेको छ। इन्धनको मूल्य पटक–पटक बढेको छ। कालोबजारी मौलाएको छ। अनुगमन छैन। अखाद्य वस्तुको बिक्री बढेको छ। बजार अनुगमन हुनुपर्ने र वस्तुहरु सस्तो र सुलभरुपमा पाउनुपर्ने जनताको माग छ।’

केन्द्रीय गोमाकुमारी भट्टराईले विद्यमान आर्थिक र महंगीको संकटलाई कांग्रेसले हल गर्न कस्तो पहल लिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गरिन्। ‘जनताहरु निराश छन्। अहिले संकटको अवस्था। महंगी त्यति नै बढिरहेको छ। कालोबजारी बढिरहेको छ। यसलाई नेपाली कांग्रेसले कसरी निकास दिन्छ भनेर जिल्ला जिल्लाबाट साथीहरुले सोधिरहनु भएको छ,’ उनले नेता कार्यकर्ताको चासो पार्टी नेतृत्वलाई साझा गरिन्।

यस्तै आफ्नो मन्त्व्य राख्नेक्रममा सदस्य भिम पराजुलीले देशमा भ्रष्टचार र अनियमितता हुँदा पनि कांग्रेस मौन रहेको आरोप लगाए। ‘आज देशमा भ्रष्टचार र अनियमितता विकराल स्वरुपमा पुग्दा नेपाली कांग्रेस मौन छ भन्ने बुझाइ जनतामा छ,’ पराजुलीले भने। 

नेपाली कांग्रेसको असोज ४ गते बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार ३२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। यसअघि शुक्रबार ४५ जना र बिहीबार ११ जना केन्द्रीय सदस्यहरुले आफ्नो धाराण राखेका थिए। महामन्त्री गगनकुमार थापाले प्रस्ताव गरेका अजेण्डा वरिपरि रहेर आफ्नो धारणा राख्नेक्रममा अधिकांश केन्द्रीय सदस्यहरु समसामयिक र सरकारले अपेक्षाकृत काम गर्न नसकेकोमा आफ्नो धारणा राखिरहेका छन्। 

shivam cement

shivam cement

केन्द्रीय कार्यसमितिको अर्को बैठक ८ गते सोमबार ११ बस्ने गरी स्थगित भएको छ। 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्त... शुक्रबार, वैशाख २६, २०८२
नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो । यस दु... शुक्रबार, वैशाख २६, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकअघि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत दुई पार्टीकाबाट सहभागी केही मन्त्रीको छलफल भएक... बिहीबार, वैशाख २५, २०८२
ताजा समाचारसबै
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
आज ७३औँ कानुन दिवस शुक्रबार, वैशाख २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्