• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘संघीयतालाई लागू गर्ने हाम्रो इच्छाशक्ति छ कि छैन? विश्लेषण हुनुपर्छ’

सुरेन्द्रराज पाण्डे आइतबार, असोज ७, २०८०  १४:४१
1140x725

मैले अघिल्लो बैठकमा पनि ध्यानाकर्षण गराएको थिएँ। आज पनि गराउन चाहन्छु। अहिले मुलुकमा संघीय व्यवस्था छ। तीन तहको सरकार छ- संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार। 

केन्द्रीय समितिमा संघीय सरकार र संघीय संसद्‌का बारेमा चर्चा, परिचर्चा र विश्लेषण हुन्छ। तर प्रदेश र स्थानीय तहमा पनि हाम्रा सरकारहरू छन्। तिनका गतिविधिका बारेमा, तिनीहरूलाई परेका अप्ठ्यारो, तिनले गर्न सकेको वा नसकेको जस्ता विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनुपर्छ। विश्लेषण हुनुपर्छ। र निर्देशित गर्नुपर्छ भन्ने म दोहोर्‍याउन चाहन्छु।

म दुई वटा विषयमा मात्रै बढी केन्द्रित भएर कुरा राख्न चाहन्छु। अहिले गाउँगाउँबाट युवाहरू पलायन भइरहेका छन्। विकास धेरै हदसम्म गाउँसम्म पुगेको छ। तर मान्छेले रोजगारीको खोजीमा र आयआर्जनको सुनिश्चितताका लागि विदेश पलायन हुने अवस्था छ। गाउँबाट शहर झर्ने र शहरबाट विदेश जाने भइरहेको छ। 

नेपाली कांग्रेसले अब आफ्नो बैठकमा यी अजेण्डाहरूमा प्रवेश गरेर समाधानका उपायहरू के हुन्, हामीले कसरी ‘ट्याकल’ गर्छौं भनेर निर्णय गर्ने बेला भइसक्यो। यसमा ढिला गर्न हुन्न।

मुख्यमन्त्रीका रुपमा मेरो छोटो अनुभव छ। तर अहिले संघीयतालाई लिएर तीन तहको सरकारमध्ये प्रदेश सरकारमाथि प्रहार भइरहेको छ। प्रदेश संरचना हाम्रा लागि नयाँ हो। संघीय संरचना र प्रदेश संरचना पहिला पनि थिए। त्यसलाई मान्छेले यथावत् खोजिरहेको अवस्था छ। तर प्रदेशका रुपमा नयाँ संरचना आएपछि यसको औचित्यमाथि सबैतिरबाट प्रश्न खडा भइरहेको छ। त्यो स्वाभाविक हो जस्तो पनि लाग्छ। किनकि जुन नारा दिएर संघीयता ल्यायौँ, प्रत्येक जनताको घरघरमा सिंहदरबार पुर्यारउँछौँ भन्यौं। तर त्यो पुग्न सकिरहेको छैन।

Ncell 2
Ncell 2

म आफैं प्रदेशको मुख्यमन्त्री छु। तर मैले चाहेर पनि धेरै गर्न सक्ने अवस्था छैन। हामीले संघीयता ल्यायौं। संविधान र कानुन बनायौं। संविधानमा जे कल्पना गरिएको थियो, त्यसअनुसारका कानुन बनाउन सकेका छैनौं। बनाउने रुचि पनि राखेका छैनौं। विगतका सरकारहरूलाई पनि खासै रुचि देखिएको थिएन।

मैले आफैंले पनि मुख्यमन्त्रीहरूको बैठक पोखरामा आयोजना गरेँ। त्यसबाट हामीले केही बुँदाहरू पनि लेखेर दिएका थियौं। प्रतिबद्धता आएको छ। तर त्यसअनुसार कानुन निर्माण गर्ने तहमा हामी पुगेका छैनौं। विशेषगरी तीन वटा कानुन बन्दैन भने प्रदेश सरकारको औचित्य मैले देखिनँ। पहिलो, प्रहरी समायोजनको कुरा व्यवहारिक रुपमा लागू गरिएन भने। दोस्रो, संघीय निजामती कानुनलाई व्यवहारमा ल्याइएन भने। तेस्रो, जग्गा प्राप्तिको अधिकार प्रदेश सरकारले प्राप्त गर्न सक्दैन भने। यस्तो अवस्थामा प्रदेश सरकारले हामीले कल्पना गरे जस्तो काम गर्न सक्ने अवस्थामा रहँदैन।

दिनानुदिनका विकास निर्माणका कामहरू अन्तर्गत खानेपानीका योजनाहरू सञ्चालन गर्ने, दुई चार किलोमिटर बाटो बढाउने हुनसक्छ। तर त्यसले मात्रै नयाँ किसिमबाट परिवर्तन गर्छु भनेर चाहना र आवश्यकता अनुसार गर्नसक्ने अवस्था देखिँदैन। त्यसैले यसबारे हामी प्रष्ट हुनुपर्छ। यो बैठकले त्यो अजेण्डा पनि पारित गरोस् भन्ने चाहन्छु।

संविधानमा लेखिएका अनुसारको बन्नुपर्ने कानुनहरू र संशोधन गर्नुपर्ने कानुनका बारेमा यथाशीघ्र संसद् वा सरकारले पहल लिनुपर्छ।

संघीयताका बारेमा प्रश्न उठिरहेका छन्। यहाँ बोल्ने साथीहरूले पनि प्रश्न उठाउनुभएको छ। अब कांग्रेस यसबारेमा प्रष्ट हुनुपर्छ। संघीयतालाई संविधानमा लेखिएका कारणले आत्मसात् गरेका हौँ या हाम्रो चाहना पनि हो? यसलाई लागू गर्ने हाम्रो इच्छाशक्ति छ कि छैन? त्यसबारेमा अब विश्लेषण हुनुपर्छ।

असन्तुष्टिका जुन स्वरहरू आइरहेका छन्। त्यसको पहिलो प्रहार संघीयतामाथि हुँदैछ। त्यसलाई बहाना बनाएर हाम्रा उपलब्धि सिध्याउने प्रयत्न पनि भइरहेको छ। त्यसले यसबारे हाम्रो प्रष्ट दृष्टिकोण ल्याउनुपर्छ भन्ने मलाई लाग्दछ।

(कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले आइतबार राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्