काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिम पराजुलीले कोशी प्रदेश सरकारको स्थायित्वका लागि राप्रपासँग निर्णायक वार्ता गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
६ सांसदसहित निर्णायक अवस्थामा रहेको राप्रपालाई विश्वासमा लिन नसक्दा कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापा २ पटक ‘विवादस्पद’ प्रकरणले मुख्यमन्त्री भएर अदालतको फैसालाद्वारा पदमुक्त भएका थिए।
सोही विषयलाई लिएर पराजुलीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा राप्रपालाई विश्वासमा लिनुपर्ने मत अघि सारेका हुन्।
‘कोशी प्रदेशमा सरकारको स्थायित्व खोज्नु हो भने राप्रपासँग निर्णायक वार्ता अघि बढाएर नयाँ समीकरण बनाउनुपर्छ,’ पराजुलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।